Notice Park
National Assembly, Nepal
Reports

अधिवेशन-२१, सङ्‌क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -५१, २०८३-०६-१५ (New)

Summary

(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्‌, राष्ट्रिय सभाको vase अधिवेशनको एकाउन्नौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ARTS १:२८ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Assembly, Nepal
Industry
Federal
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ राष्ट्रिय सभा बैठक प्रारम्भ : १:२८ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :३:५२ बजे & बैठक-५१ सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वत्‌:- ११४६ २०८३ असोज १५ गते बिहीबार सङ्घीय संसद्‌, राष्ट्रिय सभाको vase अधिवेशनको एकाउन्नौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ARTS १:२८ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयोः माननीय सदस्य खम्म बहादुर खातीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.रालाई गैरकानूनी रुपमा पक्राउ गरेको विषषयमा सरकासँग जवाफ माग गर्नुभयो। माननीय सदस्य चन्द्र बहादुर के.सीले सम्माननीय प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद भनाई रेकर्डबाट हटाउन तथा कालीगण्डकी करिडोरका सडकमार्ग एवम्‌ चाँदनी-दोधारा पुलको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदीको बाँधको दुवैतीरको भाग हाँचो भएकाले जोखिम बढिरहेको जनाउँदै उचाई बढाउन माग गर्नुभयो। माननीय सदस्य महन्थ ठाकुरले पूर्व प्रधानन्यायाधीशको पक्राउलाई राजतन्त्र पुनर्स्थापनासँग जोड्दै सरकारका गतिविधिमाथि प्रश्न गर्नुभयो | माननीय सदस्य राम कुमारी झाक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.राको पक्राउको आधार, कारण र जवाफदेहीता नदेखिएको उल्लेख गर्दै कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकामाथि प्रहार गर्ने गरेको जिकिर गर्नुभयो | माननीय सदस्य रेखा कुमारी झाले विपद्जन्य घटनामा सरकारले प्रभावकारी व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मूल्य वृद्धि नियन्त्रण गरी जनजीवन सहज तुल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रोश्नी मेचेले मोबाइल बैंकिङ तथा बैंकिङ प्रणालीको सुरक्षाप्रति प्रश्न उठाउँदै बैंकलाई उत्तरदायी बनाउन एवम्‌ सुरक्षित प्रणाली निर्माणमा ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य सम्झना देवकोटाले असोज ९-११ गते सम्म भएको अविरल वर्षाले गोरखा जिल्ला अत्याधिक प्रभावित रहेको, पर्यटक, पर्वतारोही तथा स्थानीयवासी फसेर बसेकाले छिटो उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य सोमनाथ पोर्तेलले झापाको कचनकवल गाउँपालिकामा रहेको धान खेतीमा जङ्गली हात्तीले क्षति पुन्याएको उल्लेख गर्दै खेतीका आधारमा क्षतिपूर्ती एवम्‌ मानव जाति माथि हुने आक्रमण न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | त्यसपछि, सम्माननीय अध्यक्षले बिशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य किरण बाबु श्रेष्ठले मुलुकमा भएका विभिन्न मानव सृजित तथा प्राकृतिक घटनाबारे चर्चा गर्दै असोज ८ देखि ११ सम्म भएको अविरल वर्षाका कारण पुगेको क्षति प्रति दुःख व्यक्त गर्दै पर्यटनको मेरुदण्डको रुपमा रहेको गण्डकी प्रदेशमा पुगेको विवरण उल्लेख गर्नुभयो। पूर्वानुमान तथा पूर्व सूचनाका बीच पूर्वतयारी व्यवस्थित हुन नसकेको, तीन तहका सरकारबीच समन्वय हुन नसकेको जनाउनुभयो | कोरोला नाका प्रभावित हुँदा आपूर्ती शृंखलामा थप दबाब परेको जनाउँदै राहत वितरण, वैकल्पिक सम्पर्कबारे तयारी तथा प्रभावित सडक निर्माणको पुनःनिर्माण लगायतका विषयमा धारणा व्यक्त गर्नुभयो। सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको, संसद्‌मा उठेका प्रश्नप्रति सरकार उत्तरदायी हुन नसकेको, अध्यादेशको दुरुपयोग गरेको विषय चर्चा गर्दै सरकारलई प्रचारमुखी नभई परिणाममुखी हुन तथा कार्यशैली सच्चाउन आग्रह गर्नुभयो। विगतका त्याग र इतिहासलाई सम्मान गर्दै राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने मत व्यक्त गर्नुभयो। सत्ता र सरकार अस्थायी हुने जनाउँदै विधिको शासन बमोजिम सरकार अगाडी बढोस्‌ भनि सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो। माननीय सदस्य सुरेश कुमार आलेमगरले मुख्यतः गण्डकी प्रदेशमा घटेका बाढीजन्य गतिविधिप्रति दुःख व्यक्त गर्नुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.राको गिरफ्तारी एवम्‌ त्यसपछिका गतिविधि पारदर्शी हुनुपर्ने जनाउँदै सरकार कानूनी शासनको विरुद्ध स्वेच्छाचारिता र अधिनायकवाद तर्फ अगाडी बढेको आरोप लगाउनुभयो। सम्माननीय प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणमा आवश्यक पूर्वतयारी हुने नसकेको जनाउँदै महासभामा सम्बोधन मात्र पर्याप्त नहुने जनाउँदै प्रकृतिबाट सृजित विपद्‌ समाधानको उपाय आदिवासी समुदायसँग रहने बताउनुभयो। सरकारको हस्तक्षेपका कारण /1६:0 निलम्बनमा परेको उल्लेख गर्दै फुकुवा लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। माननीय सदस्य राम कुमारी झाक्रीले भोटेकोशी बाढीप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार कार्यमा संलग्न सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। हाम्रो विपद प्रतिकार्य राहत वितरणमा मात्र केन्द्रित हुने गरेको उल्लेख गर्दै वेपत्ता नागरिकको खोजी र पीडित परिवारको अवस्था, राहत तथा पुनर्स्थापना, प्रभावित नागरिकको जीविकोपार्जन, पुननिर्माणका लागि राष्ट्रिय कार्ययोजना, भविष्यको विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, व्यवस्थित वस्ती विकास, पुनःस्थापना लगायतमा ध्यान दिनुपर्ने बताउनुभयो। बाढी पश्चात सार्वजनिक क्षति तथा प्रभावित नागरिकको विवरण तथा तथ्याङ्कको विश्वसनीयता सुनिश्चित हुनुपर्ने माग गर्नुभयो। प्रस्तावित कानूनी प्रावधानले स्थायी सरकारको रुपमा रहने निजामती प्रशासनलाई हतोत्साहित गराउन खोजेको उल्लेख गर्दै राज्य सञ्चालन गर्ने कार्यमा जिम्मेवार हुन र परिणाममार्फत जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य घनश्याम रिजालले सरकारले राष्ट्रिय सभामा उठाएका सवाललाई उपेक्षा गर्ने गरेको, महङ्गी वृद्धि, खाना पकाउने ग्याँसको अभाव, सुकुम्बासी वस्ती व्यवस्थापन, सरकारका मन्त्रीहरुको विवादास्पद अभिव्यक्ति माथि प्रश्न गर्दै सरकारको प्रतिवद्धता र कार्यशैलीमा खाडल रहेको बताउनुभयो। अध्यादेशमार्फत शासन, सम्माननीय प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी विवादास्पद अभिव्यक्ति, जेन- जीलाई उत्तेजित बनाउने गतिविधि, सम्माननीय प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमणमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग साइड लाइन बैठक हुन नसकेको, प्रेस स्वतन्त्रतामा अंकुश, निःशूल्क स्वास्थ्य सेवाको सुनिश्चितता, विद्युतीय शासनको व्यवहारिक अभ्यास लगायतका विषय चर्चा गर्दै सरकारले चित्त बुझ्दो परिणाम दिनुका साथै सुशासन कायम गर्न ध्यानाकर्षण गराउनुभयो । २

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.