अधिवेशन-२१, सङ्क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४९, २०८३-०६-०८ (New)
Summary
(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको उनन्पचासौँ बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२३ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ed0258dd-6e98-46f2-8576-be732119c539.pdfPDF · 5 pages · 217 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा बैठक प्रारम्भ: १:२३ बजे एक्काइसौं अधिवेशन बैठक स्थगितः ३:०० बजे बैठक-४९ बैठक पुनःप्रारम्भ: ३:४२ बजे ७०७ बैठक स्थगितः ४:४० बजे सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वत्:- ११४६ २०८३ असोज ८ गते बिहीबार सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको उनन्पचासौँ बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२३ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य जगत बहादुर Wate विभिन्न पदहरुमा नियुक्ति तथा कर्मचारीहरुको सरुवामा लेनदेन भएको भनी माननीय कृषि, वन तथा पर्यावरण मन्त्री तथा गृहमन्त्री समेत जोडिएको भनि सार्वजनिक अडियोको गम्भिरतापूर्वक छानबिनका लागि ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य तुल प्रसाद विश्वकर्माले भोटेकोशी बाढीमा प्रभावितलाई प्रभावकारी रुपमा राहत वितरण तथा राष्ट्रिय सभामा समेत विपद् सम्बन्धी संसदीय विशेष समिति गठनको माग गर्नुभयो। माननीय सदस्य नर बहादुर विष्टले चौकुने गाउँपालिकामा भएको समाजिक अपराधका घटनाको चर्चा गर्दै सर्पदेसका कारण नागरिकले ज्यान गुमाइरहेकाले औषधी, खोप तथा सर्पदंस केन्द्रको स्थापनको माग गर्नुभयो। माननीय सदस्य भुवन बहादुर सुनारले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोमा विरोध जनाउँदै सरकार अलोकतान्त्रिक र अधिनायकवादी बाटोमा हिड्न खोजेको जिकीर गर्नुभयो। माननीय सदस्य मदन कुमारी शाह (गरिमा)ले जापानका लागि प्रस्तावित राजदूतले उक्त मुलुकको स्थायी आवासीय अनुमति लिएको विषयलाई स्पष्ट पार्न एवम् राष्ट्रिय सभामा समेत संसदीय विशेष समिति गठनको माग गर्नुभयो। माननीय सदस्य युवराज शर्माले सरकार आफ्नै गतिविधिका कारण असफलतातर्फ उद्धत भएको उल्लेख गर्दै समयमै कार्यशैली सुधार गर्न ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य राजेन्द्र लक्ष्मी Re त्रिपुरेश्वरमा भएको सार्वजनिक बस आगजनीको घटना उल्लेख गर्दै सुरक्षा निकायले विवाद समाधानमा संवाद गरी निर्णय लिनुपर्ने उल्लेख गर्नुभयो | माननीय सदस्य सुरेश कुमार आलेमगरले भोटेकोशी बाढीको पूर्ण विवरण सार्वजनिक नहुँदै अन्य विपद्का घटनाहरुको प्रक्षेपण भइरहेको उल्लेख गर्दै जलवायू परिवर्तनका कारण विपद्जन्य गतिविधि बढिरहेकाले समाधानका लागि आदिवासीहरुसँग रहेको ज्ञान, सीप तथा अनुभवको उपयोग गर्नुपर्ने बताउनुभयो | माननीय सदस्य सोनाम गेल्जेन शेर्षाले अत्यावश्यक वस्तुहरुको सहज आपूर्ती तथा बजारलाई नियमन गर्न एवम् मौसम विभागको पूर्वानुमान अनुरुप बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो | तत्पश्चात, सम्माननीय अध्यक्षले विशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य खम्म बहादुर खातीले भोटेकोशी बाढीसँग सम्बन्धित संसदीय विशेष समितिमा राष्ट्रिय सभाका सदस्यहरु समेतको प्रतिनिधित्व हुनुपर्ने उल्लेख गर्दै जेन-जी आन्दोलन पश्चात गठित सरकारले आफ्नो प्रतिबद्धता अनुरुप कार्य गर्न नसकेको बताउनुभयो। सुशासन, रोजगारी सृजना, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, संस्थागत सबलीकरण, सामाजिक सञ्जालको व्यवस्थित प्रयोग लगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। प्राथमिकताका आधारमा कानून निर्माण एवम् प्रभावकारी कार्यान्वयन मार्फत परिणाम देखिनुपर्ने जनाउँदै संविधान संशोधनमा सर्वदलीय सहमती तथा सहकार्य कायम गर्नुपर्ने उल्लेख गर्नुभयो। सङ्घीय संसद्को अधिवेशन अन्त्यको समय नजिकिँदै गर्दा निजामती, शिक्षा लगायत महत्वपूर्ण विधेयक दर्ता हुन नसकेको तथा अध्यादेशमार्फत कानून आउने चर्चा एवम् प्रस्तावित प्रावधानहरुको बारेमा आलोचना गर्दै महत्वपूर्ण कानून निर्माण हुँदा सङ्घीय संसद्मा वृहत छलफल हुनुपर्ने लगायत विषयमा धारणा व्यक्त गर्नुभयो। माननीय सदस्य नर बहादुर विष्टले भोटेकोशी बाढी पश्चात सङ्घीय संसद् अन्तर्गत गठित संसदीय विशेष समितिमा दुवै सदनका सदस्य रहनुपर्नेमा राष्ट्रिय सभालाई उपेक्षा गरिएको उल्लेख गर्दै राष्ट्रिय सभामा समेत विशेष समिति गठन गर्न आह्वान गर्नुभयो। कारागार कार्यालय तथा राष्ट्रिय निकुञ्जमा कर्मचारी व्यवस्थापन गर्दा लेनदेन भएको भनि सार्वजनिक अडियोको छानबिनको माग गर्दै सरकारको सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न उठाउनुभयो। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको भ्रमणमा जाने क्रममा विदाइको परम्परा उल्लङ्घन गरेको, औपचारिक पोशाकलाई वेवास्ता गरेको, अनावश्यक प्रचारबाजीमा लागेको, कुटनीतिक भेटवार्ताका लागि पहल नगरेको लगायतका विषयमा धारणा व्यक्त गर्नुभयो। भोटेकोशी बाढी पश्चात सङ्कलित राहत रकमको प्रभावकारी वितरण तथा पुनर्निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य सोनाम गेल्जेन शेर्षाले नेपालमा रहेका हिमतालको विवरण उल्लेख गर्दै जोखिमयुक्त हिमताल सम्बन्धी परम्परागत अनुसन्धान पर्याप्त नुहुने बताउनुभयो। अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुँदा नेपालका प्रतिनिधिहरुको कमजोर आन्तरिक गृहकार्यका कारण जलवायू परिवर्तनबाट हाम्रा हिमालमा परेको प्रभावको बारेमा प्रभावकारी ढंगले आवाज उठाउन नसकिएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणले यसमा सहयोग पुगेको बताउनुभयो। सोलुखुम्बुको थामेमा गएको पहिरो सम्बन्धी विपद्को प्रतिवेदन तयार गर्न ६ महिना लागेको उल्लेख गर्दै हाम्रो प्रणाली एवम् कर्मचारीतन्त्रको कार्यशैलीप्रति आलोचना गर्दै भोटेकोशी बाढीको विस्तृत विवरण समयमै तयार हुनुपर्ने जनाउनुभयो। बाढी प्रभावित तीन तहका सरकारको समन्वयमा नगद सहायता प्रदान गर्ने, वास्तविक पीडितलाई राहत वितरण गर्नुपर्ने उल्लेख गर्दै व्यवस्थित वस्ती विकास एवम् संरचना निर्माणमा वहस गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। माननीय सदस्य पुजा चौधरीले त्रिपुरेश्वर चोकमा बसमा आँफै आगजनी गरी मृत्यु भएका अर्जुन दोम तामाङ्, आत्मदाह गरेका गणेश नेपाली, भक्तपुरको सुकुम्बासी होल्डिङ् सेन्टरमा आत्महत्या गरेका हिरालाल पासवानको उदाहरण दिँदै कानून कार्यान्वयनका क्रममा नागरिकमाथि सृजना हुने मानसिक दवावलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताउनुभयो। मानसिक स्वास्थ्यको अवस्था एवम् महत्तवबारे उल्लेख गर्दै प्रणालीगत सुधार तथा नागरिकको जीवनलाई सहज बनाउनु सरकारको दायित्व रहेको Bal