अधिवेशन-२१, सङ्क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -५०, २०८३-०६-१२ (New)
Summary
(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको पचासौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:१९ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले आकस्मिक समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 961f48bf-e90b-48db-a026-5cd59d332ca7.pdfPDF · 4 pages · 165 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा बैठक प्रारम्भ : १:१९ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :३:०५ बजे & बैठक- ५0 सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वत्:- ११४६ २०८३ असोज १२ गते सोमबार सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको पचासौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:१९ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले आकस्मिक समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले असोज ८ गते देखि परेको अविरल वर्षाका कारण देशभर विपद्का घटना आइलागेको उल्लेख गर्दै मुख्यतः पाल्पा जिल्लाका विभिन्न स्थानीय तहका परेको प्रभाको विवरण जानकारी गराउँदै केलादी, हुँगी, राम्दी, मिर्मी-हर्मिचौर लगायतका पुलमा क्षति पुगेको बताउनुभयो । त्यसैगरी, बागलुङ् जिल्लामा वडा कार्यालयको भवन बगाएको, पाल्पाको रानी महल डुबानमा परेको, रामपुर, माँडी, अर्गली फाँटमा खेती नष्ट भएको जनाउँदै यस विपत्तिमा सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य सम्झना देवकोटाले चार दिनको अविरल वर्षाका कारण परेको प्रभावको चर्चा गर्दै सम्पर्क विहीन भएका पर्वतारोही एवम् प्रभावित नागरिकको खोजी तथा उद्धारमा केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभयो। मर्स्याङ्दी नदी थुनिएर बनेको बाँधलाई सतर्कतापूर्वक फुटाएर नदीलाई सही वहावमा ल्याउन तथा प्रभावित संरचना, सडक तथा पुलहरुको निर्माणलाई छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य पुजा चौधरीले असोज ८ गते देखि ११ गते सम्म परेको अविरल वर्षाका कारण पुगेको क्षतिको विवरण उल्लेख गर्दै राष्ट्रिय सभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको एवम् पटक-पटक सचेत गराएको वताउनुभयो। विपद्मा परेकाको छिटो उद्धार, प्रभावकारी राहत वितरण, प्रभावित बालबालिकाको पठनपाठन, महङ्गी नियन्त्रण, पुननिर्माण, पुनस्थापना लगायत विषयमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेश जलसङ्कट एवम् खाद्य सङ्कटले मरुभूमीकरण हुने जोखिम औंल्याउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो | त्यसपछि, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य घनश्याम रिजालले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.राको पक्राउ एवम् रिहाइप्रति प्रश्न उठाउँदै सरकार अधिनायकवादको बाटोतर्फ हिड्न खोजेको आरोप लगाउनुभयो | माननीय सदस्य रुकमिणी कोइरालाले आधारभूत आवश्यकताका वस्तुमा भएको मूल्यवृद्धि, असुरक्षित सडकमार्ग, हत्यामा संलग्नलाई धरौटीमा छाडिएको लगायतका विषय उल्लेख गर्दै सरकारले सुशासन कायम गर्न नसकेको जिकिर गर्नुभयो। माननीय सदस्य विष्णु देवी पुडासैनीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.रालाई अकारण पुर्जी बीना पक्राउ गर्ने कार्य सुशासन एवम् प्रचलित कानून विरुद्धको कार्यको रुपमा व्यख्या गर्दै त्यस्तो कार्य नगर्न सरकारलाई सचेत गराउनुभयो | माननीय सदस्य विष्णु बहादुर विश्वकर्माले खाना पकाउने ग्याँसको अभावबाट सृजित समस्याको चित्रण गर्दै दैलेखको जलजलमा रहेको मिथेन ग्याँसको छिटो उत्खननका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | असोज ८ गते बाट भएको वर्षाले पारेको प्रभाव बारे चर्चा गर्दै भोटेकोशी बाढीबाट मृत्यु भएकाहरुको मृत्युदर्ताका लागि स्पष्ट कानूनी प्रबन्ध तथा किरिया खर्च, क्षतिपूर्ती, अस्थायी र स्थायी बसोबासको प्रबन्धका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो माननीय सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले असोज ८ गते बाट भएको वर्षाले पारेको प्रभाव बारे चर्चा गर्दै भोटेकोशी बाढीबाट मृत्यु भएकाहरुको मृत्युदर्ताका लागि स्पष्ट कानूनी प्रबन्ध तथा किरिया खर्च, क्षतिपूर्ती, अस्थायी र स्थायी बसोबासको प्रबन्धका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य सावित्री मल्लले भोटेकोशी बाडी तथा असोज ८ देखि ११ सम्म देशभर आएको बाढी, पहिरो, gam प्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतको व्यवस्था, प्रभावित संरचनाको पुननिर्माण, सहज आवतजावतको सुनिश्चितता एवम् उपभोग्य वस्तुको ढुवानीको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | त्यसपछि, सम्माननीय अध्यक्षले बिशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य आनन्द प्रसाद ढुंगानाले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.रा एवम् नेपाल सरकारका बहालवाला सचिव कृष्णहरी पुष्करलाई पक्राउ गरेका घटनाक्रम कानून बमोजिम नभएको उल्लेख गर्दै सरकार निरकुशतातर्फ अगाडी बढेको उल्लेख गर्दै सरकारको जवाफ माग गर्नुभयो। राष्ट्रिय घटनाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने, सङ्घीय संसद्मा गठित संसदीय विशेष समितिमा राष्ट्रिय सभा सदस्य समेत रहनुपर्ने जनाउँदै ३५ वर्षमा भएको विकासका गतिविधिमा भोटेकोशी बाढीले क्षति पुच्याएको बताउनुभयो। विगतका राजनीतिक घटना स्मरण गर्दै लोकतान्त्रिक प्रक्रिया एवम् विधिको शासन अनुरुप नागरिक विश्वास कायम गर्दै शासकीय गतिविधि सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य जयन्ती देवी राईले चार दिनको अविरल वर्षाले पारेको प्रभाव उल्लेख गर्दै खोजी, उद्धार, राहत वितरण, प्रभावितको व्यवस्थापनलाई छिटो छरितो तुल्याउन सम्पूर्ण राज्य संयन्त्र परिचालित हुनुपर्ने बताउनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र समशेर ज.व.राको पक्राउलाई गैरकानूनी कार्यको रुपमा उल्लेख गर्दै सरकार तानाशाही बाटोमा लागेको जनाउँदै निजामती कर्मचारी सम्बन्धी प्रस्तावित कानून अध्यादेशबाट ल्याउन नहुने उल्लेख गर्नुभयो। बढ्दो आत्महत्या एवम् आत्मदाहका घटना न्यूनीकरण गर्न सरकार गम्भिर हुनुपर्ने बताउनुभयो | माननीय सदस्य मीनासिंह रखालले भोटेकोशी बाढीले पुन्याएको क्षतिको विवरण उल्लेख गर्दै कर्णाली प्रदेशमा सम्भावित जोखिमबारे चर्चा गर्नुभयो। नेपाल सरकारका मन्त्री एवम् जिम्मेवार पदाधिकारी