अधिवेशन-२१, सङ्क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -५२, २०८३-०६-१६ (New)
Summary
(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको बाउन्नौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा अपराह् १:१८ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b5b2f6c3-3290-4542-9646-457a7293361c.pdfPDF · 5 pages · 274 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा बैठक प्रारम्भ : १:१८ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :४:१८ बजे & बैठक-५२ सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वत्-११४६ २०८३ असोज १६ गते शुक्रबार सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको बाउन्नौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा अपराह् १:१८ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयोः माननीय सदस्य गोमा देवी तिमल्सिनाले भोटेकोशी बाढीका कारण रोकिएका कन्टेनर कोरोला नाका मार्फत काठमाडौ ल्याउन सडकमार्गको स्तरोन्नती गरिनुपर्ने जसले प्रभावित व्यापारीलाई राहत दिने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य जगत बहादुर पार्कीले चाँदनी-दोधारा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा स्थानीय नागरिक प्रभावित भएकाले तत्काल मर्मत सम्भार तथा पुननिर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य नर बहादुर विष्टले देशैभरिका सडकमार्गको निर्माणमा ढिलाइ भइरहेको एवम् अवस्था कमजोर रहेकाले समयमै मर्मत सम्भार सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य भुवन बहादुर सुनारले राष्ट्रिय दलित आयोगको सक्रियतामा दलित समुदायको थर सूचीकृत गरी मन्त्रीपरिषद्मा पेश हुँदा स्वीकृत भएकोमा विभागीय मन्त्रीज्यूलाई धन्यवाद ज्ञापन गर्दै दलित अधिकार तथा विकास सम्बन्धी कानून छिटो बन्ने अपेक्षा व्यक्त गर्नुभयो | माननीय सदस्य मदन कुमारी शाह (गरिमा)ले सीमा विवाद सम्बन्धी सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रतिनिधि सभाको रेकर्डबाट उक्त भनाइ हटाउन सम्माननीय सभामुखलाई आग्रह गर्नुभयो। माननीय सदस्य युवराज शर्माले संयुक्त राष्ट्रसंघको मञ्चमा विश्वव्यापी सवालहरु शक्ति राष्ट्रको छाँयामा परेको जनाउँदै असाधारण व्यक्तित्व महात्मा गान्धीको जन्म जयन्तीको अवसरमा उहाँलाई स्मरण गर्नुभयो। माननीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले विपद्जन्य घटनाका कारण केलादी, मिर्मी-हर्मिचौर लगायत पुल बगाएकाले विकल्पको बारे सोच्न एवम् प्रभावित किसानलाई क्षतिपूर्ती प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य सुरेश कुमार आलेमगरले राष्ट्रिय सभाको दैनिक कार्यसूचीमा नेपाल सम्वत् सम्बन्धी महिना र तिथीको सम्पूर्ण बेहोरा उल्लेख हुनुपर्ने माग गर्दै चाडवाडको सम्मुखमा विपद्बाट प्रभावित सडकमार्ग सुचारु गर्नका लागि शीघ्र कार्य अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो | त्यसपछि, माननीय सदस्य जगत तिमिल्सिनाले सोध्नुभएको अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेको तर्फवाट माननीय गृहमन्त्री सुधन गुरुङले सभा समक्ष टेबुल गर्नुभयो। तत्पश्चात, माननीय सदस्य पदम बहादुर परियार, माननीय सदस्य विष्णु कुमारी सापकोटा र माननीय सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले सोध्नुभएको गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर माननीय गृह मन्त्री सुधन गुरुङले सभा समक्ष टेबुल गर्नुभयो। तदुपरान्त, पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित माननीय सदस्य मदन कुमारी शाह (गरिमा) र माननीय सदस्य पदम बहादुर परियारले सोध्नुभएको मौखिक प्रश्नहरूको उत्तर र माननीय सदस्य सोमनाथ पोर्तेलले सोध्नुभएको लिखित प्रश्नको उत्तर माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको तर्फबाट माननीय गृहमन्त्री सुधन गुरुङले सभा समक्ष टेबुल गर्नुभयो। त्यसपछि, सम्माननीय अध्यक्षले माननीय मन्त्रीबाट टेबुल गरिएका लिखित तथा मौखिक प्रश्नहरूको उत्तरको प्रति पिजन होलमा राखिएको बेहोरा जानकारी गराउनुभयो | तत्पश्चात, सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले “महालेखा परीक्षकको त्रिसट्टिऔँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग, नेपालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र मुस्लिम आयोग, नेपालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन" पेस गर्नुभयो। agreed, विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले “विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्नुभयो | तत्पश्चात, माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र संचालन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | त्यसपछि, उक्त प्रस्तावमाथिको छलफलमा देहाय बमोजिम माननीय सदस्यहरूले भाग लिनुभयोः- १. माननीय सदस्य कृष्ण बहादुर रोकाय २. माननीय सदस्य सुरेश कुमार आलेमगर ३. माननीय सदस्य सोनाम गेल्जेन शेर्पा agreed, माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुभयो। त्यसपछि, सम्माननीय अध्यक्षले, माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र संचालन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो।