E pension र E sheetroll सम्बन्धी सार्वजनिक सूचना ।
Summary
राष्ट्रिय किताबखानाबाट प्रवाह हुने सेवाहरूमा कर्मचारीहरूको सरल, सहज तथा प्रभावकारी पहुँच सुनिश्चित गर्ने उद्देश्यले सेवाहरूलाई क्रमशः विद्युतीय (अनलाइन) प्रणालीमा रूपान्तरण गर्ने कार्य भइरहेको छ। यस क्रममा राष्ट्रिय किताबखाना अन्तर्गत निजामती शाखाबाट E-sheetroll तथा E-pension Worett सफलतापूर्वक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d1021a0e-2abb-4299-8622-c48ae576fa72.pdfPDF · 1 page · 540 KBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
E Pension र E sheetroll सम्बन्धी सार्वजनिक सूचना राष्ट्रिय किताबखानाबाट प्रवाह हुने सेवाहरूमा कर्मचारीहरूको सरल, सहज तथा प्रभावकारी पहुँच सुनिश्चित गर्ने उद्देश्यले सेवाहरूलाई क्रमशः विद्युतीय (अनलाइन) प्रणालीमा रूपान्तरण गर्ने कार्य भइरहेको छ। यस क्रममा राष्ट्रिय किताबखाना अन्तर्गत निजामती शाखाबाट E-sheetroll तथा E-pension Worett सफलतापूर्वक कार्यान्वयनमा आइसकेको बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। अतः राष्ट्रिय किताबखाना निजामती शाखा तर्फबाट सम्पादन हुने निवृत्तभरण, उपदान, संचित बिदा एवं औषधी उपचार रकम किटानी र सिटरोल सम्बन्धी सेवाहरू मितिः २०८३ कार्तिक १ गतेदेखि अनिवार्य रूपमा अनलाइन (Online) प्रणाली मार्फत् हुने भएकोले तपशिल बमोजिमका निर्देशन अनुसार गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। तपशिल ० E-sheetroll को सम्बन्धमा सम्बन्धित कर्मचारीले विभागको वेबसाइट pis.gov.np मा गई निर्देशन भएअनुसार गर्नुहुन। ० E-pension को हकमा सम्बन्धित कार्यालयले E-pension apply, user credential अनुरोधका लागि क.सं.नं., नाम, पद इमेल id, फोन नं. खुलाईएको पत्र यस विभागको इमेल ठेगाना: [email protected]/ [email protected] मार्फत् अनुरोध गर्नुहुनु। नोटः ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट समेत E-pension सम्बन्धी कार्यहरू भइरहेको जानकारी गराइन्छ। tra rote