लिखित खरिद आदेश/कार्यादेश बिना खरिद कार्य नगर्न/नगराउन थप स्पष्ट पारिएको सम्बन्धमा ।

Summary
सम्बन्धमा पत्रसाथ योजना व्यवस्थापन सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव आवश्यक कार्यार्थ पठाइएको बेहोरा विदितै छ । सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम ४ मा "अधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना कसैले कुनै खरिद गर्न गराउन हुदैन" भन्ने र माण्डवी गाउँपालिकाको कार्यसञ्चालन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9991f01a-b1a8-4576-995b-91931933b710.jpgJPEG · 662×910 · 92 KBOpen
Key details
- Organization
- Mandavi Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 areal गाउँपालिका ®) 5 = coe Pt 5 गाउँ कार्यपालिकाको कार्यालय 2३ सम Aa Ae, नेपाल 2 iho gen ingen: x ae — nn ene : २०८३।०६।१९ ने. सं.११४६ विषयः लिखित खरिद आदेश / कार्यादेश बिना खरिद कार्य नगर्न/ नगराउन थप स्पष्ट लिखित खरिद आदेश / कार्यादेश बिना खरिद कार्य नगर्न/ नगराउन थप स्पष्ट पारिएको सम्बन्धमा | श्री विषयगत शाखाहरू (सबै), श्री वडा कार्यालयहरू (सबै), दु श्री सेवा केन्द्र (सबै), माण्डवी गाउँपालिका, प्यूठान | प्रस्तुत विषयमा यस कार्यालयको प.सं. २०८३/०८४, च.नं.८१ मिति २०८३।०४।२९ गतेको कार्यान्वयन गर्ने गराउने सम्बन्धमा पत्रसाथ योजना व्यवस्थापन सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव आवश्यक कार्यार्थ पठाइएको बेहोरा विदितै छ । सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम ४ मा "अधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना कसैले कुनै खरिद गर्न गराउन हुदैन" भन्ने र माण्डवी गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७को दफा १६ को उपदफा (१) मा "प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीको लिखित आदेश बिना कसैले कुनै मालसामान खरिद गर्न गराउन हुदैन" भन्ने प्रावधान रहेको । ऐ, निर्देशिकाको दफा २० मा कार्यालयले स्वीकृत कार्यक्रम अन्तर्गत कुनै कार्यक्रम, तालिम, गोष्टी आदि सञ्चालन गर्दा सार्वजनिक खरिद तथा आर्थिक कार्यविधि सम्बन्धी कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट निर्णय गरेर मात्र सञ्चालन गर्नुपर्नेछ | अधिकारप्राप्त अधिकारीको स्वीकृति बेगर गरेको खर्च भुक्तानी हुने छैन" भन्ने कानुनी प्रावधान रहेको छ। अत: उल्लिखित प्रावधान बमोजिम तहाँ शाखा, वडा कार्यालय, सेवा केन्द्रले लिखित कार्यादेश, खरिद आदेश, मर्मत आदेश, प्रस्तावना स्वीकृत वा कार्यादेश बिना कुनै पनि खरिद (मालसामान, निर्माण कार्य, परामर्श सेवा, अन्य सेवा, कार्यक्रम) सञ्चालन नगर्न नगराउनु हुन जानकारी गराइन्छ | साधै यसरी आदेश बिना गरिएका खरिद कार्यको भुक्तानी गर्न ऐ. नियम बमोजिम कार्यालय बाध्य नहुने र यसरी भुक्तानी हुन नसकेमा सम्बन्धित कर्मचारी, सरोकारवाला व्यक्ति, व्यवसायी, संस्था नै जवाफदेही हुने कुरा समेत सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। ‘ (भुवन कुमार शाही) सादर अवगतार्थ प्रमुख प्रशासकीय अधिकृत श्री अध्यक्षज्यू , माण्डवी गाउँपालिका जस्पुर, प्यूठान | श्री उपाध्यक्षज्यू , माण्डवी गाउँपालिका जस्पुर, प्यूठान | बोधार्थः श्री सम्बन्धित सरोकारवाला ( व्यवसायी, फर्म, कम्पनी, उपभोक्ता समिति, टोल विकास संस्था, सेवा प्रदायक संस्था/ समूह, आपुर्तीकर्ता, निर्माण व्यवसायी र नागरिक) सबै: जानकारीका लागि | हम??? । । । ।। नितिजितित समाजबादको आघार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार: माण्डवी बासीको मौलिक अधिकार ।