चुमनुब्री गाउँपालिका बाँझो तथा उपयोगविहिन जग्गा उपयोग रणनीति, २०८३
Summary
खण्ड९ संख्या १९ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० Nv स्थानीय राजपत्र भाग-२ ATA गाउँपालिका बाँझो तथा उपयोगविहीन जग्गा उपयोग रणनीति, चुमनुव्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड९ संख्या १९ स्थानीय राजपत्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e54f7653-1e77-4f8c-887b-c884576399ed.pdfPDF · 15 pages · 357 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्ड९ संख्या १९ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० Nv स्थानीय राजपत्र खण्ड: ९ संख्या: १९ मिति: २०८३/०६/१३ भाग-२ ATA गाउँपालिका बाँझो तथा उपयोगविहीन जग्गा उपयोग रणनीति, २०८३ चुमनुव्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड९ संख्या १९ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना चुमनुव्री गाउँपालिकाको भौगोलिक अवस्था, हिमाली वातावरण, सीमित कृषि योग्य भूमि, श्रमशक्तिको अभाव, बसाइँसराइ, कृषि पूर्वाधारको कमी, उत्पादन लागत, बजार तथा ढुवानीको कठिनाइ लगायतका कारण विगतमा खेती हुँदै आएका कतिपय कृषि भूमि हाल बाँझो वा न्यून उपयोगमा रहेको अवस्था छ। उत्पादनयोग्य भूमि लामो समयसम्म उपयोगविहीन रहँदा स्थानीय उत्पादन तथा रोजगारीमा कमी आउनुका साथै स्थानीय तथा रैथाने बाली, कृषि ज्ञान र परम्परागत उत्पादन प्रणालीसमेत प्रभावित हुने अवस्था देखिन्छ। a अ अर्कोतर्फ चुमनुव्री गाउँपालिकाको भौगोलिक तथा जलवायु विविधताका कारण स्थानीय तथा रैथाने बाली, उच्च मूल्यका हिमाली बाली, फलफूल, जडीबुटी, पशुपालन, चरन व्यवस्थापन, बीउ संरक्षण तथा कृषि-पर्यटनको पर्याप्त सम्भावना रहेको छ। भूमिको उपयुक्तता र भू-उपयोग वर्गीकरणअनुसार भूमि उपयोग गर्ने, कृषि भूमिलाई उत्पादनमा ल्याउने, निजी जग्गाधनीको स्वामित्व अधिकारको सम्मान “गर्ने तथा इच्छुक कृषक, समूह, सहकारी र निजी क्षेत्रको सहभागितामा बाँझो तथा उपयोगविहीन जग्गालाई उत्पादन र आयआर्जनसँग अभिप्रायले चुमनुव्री गाउँ कार्यपालिकाले यो रणनीति स्विकृत गरी लागु गरेको छ। परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस रणनीतिको नाम “चुमनुब्री गाउँपालिकाको बाँझो तथा उपयोगविहीन जग्गा उपयोग रणनीति, २०८३” रहनेछ। (२) यो रणनीति गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस रणनीतिमा-- (क) “गाउँपालिका” भन्नाले चुमनुव्री गाउँपालिकालाई सम्झनुपर्छ |