चुमनुब्री गाउँपालिका गाउँ शिक्षा क्षेत्र योजना २०८२।८३ - २०८६।८७
Summary
विश्वमा स्थानीय सरकारको सफलता नागरीकलाई प्रदान गरीने शिक्षाको गुणस्तरले पनि निर्धारण गर्दछ। त्यसैले चुमनुव्री गाउँपालिकाले शिक्षालाई सामाजिक सेवा मात्र नभई मानव पूँजी विकास, सुशासन, आर्थिक समृद्धि र दिगो विकासको प्रमुख आधारका रूपमा लिएको छ। यस विश्वासका साथ हामीले गाउँ शिक्षा क्षेत्र योजना २०८२/०८३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 22452a56-66ca-43a9-a74a-edb1f8589b26.pdfPDF · 112 pages · 2.6 MBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समावेशी, गुणस्तरीय र सिपमुलक शिक्षाको अधिकार समुद्ध र Mad चुमनुब्रीको आधार” चुमनुब्री गाउँपालिका गाउँ शिक्षा क्षेत्र योजना २०८२/०८३-२०८६/०८७ चुमनुब्री गाउँपालिका १७ <a गाउँ कार्यपालिकाको कार्यालय सिद्धिबास, गोरखा = ५ गण्डकी प्रदेश, नेपाल गाउँपालिका अध्यक्षको भनाइ शिक्षामार्फत समृद्ध चुमनुव्री निर्माणप्रति अध्यक्षको प्रतिबद्धता समृद्ध गाउँपालिकाको आधार गुणस्तरीय शिक्षा हो। आजको ज्ञान, सीप र प्रविधिमा आधारित विश्वमा स्थानीय सरकारको सफलता नागरीकलाई प्रदान गरीने शिक्षाको गुणस्तरले पनि निर्धारण गर्दछ। त्यसैले चुमनुव्री गाउँपालिकाले शिक्षालाई सामाजिक सेवा मात्र नभई मानव पूँजी विकास, सुशासन, आर्थिक समृद्धि र दिगो विकासको प्रमुख आधारका रूपमा लिएको छ। यस विश्वासका साथ हामीले गाउँ शिक्षा क्षेत्र योजना २०८२/०८३ - २०८६/०८७ तयार गरेका छौँ। यो योजना केवल आगामी पाँच वर्षका कार्यक्रमहरूको सूची होइन, चुमनुव्रीको शैक्षिक भविष्य निर्माण गर्ने साझा मार्गचित्र हो। योजनाले संविधान, राष्ट्रिय शिक्षा नीति, विद्यालय शिक्षा क्षेत्र योजना तथा दिगो विकास लक्ष्यहरूको भावनालाई स्थानीय आवश्यकता, सम्भावना र प्राथमिकतासँग जोड्दै स्पष्ट दिशा प्रदान गरेको छ। आगामी पाँच वर्षमा सिकाइ उपलब्धिमा सुधार, प्रारम्भिक बालविकासको सुदृढीकरण, आधारभूत साक्षरता तथा गणितीय दक्षताको विकास, शिक्षकको पेशागत क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षण, विद्यालय सुशासन, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, प्रभावकारी शैक्षिक व्यवस्थापन र नतिजामा आधारित अनुगमनलाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गरीनेछ। शिक्षा क्षेत्रमा गरीने प्रत्येक लगानीले प्रत्यक्ष रूपमा बालबालिकाको भविष्य र गाउँपालिकाको समृद्धिमा योगदान पुर्याउने हाम्रो विश्वास छ | यस योजनाको सफल कार्यान्वयन स्थानीय सरकारको एकल प्रयासबाट सम्भव हुँदैन। विद्यालय, शिक्षक, अभिभावक, समुदाय, निजी क्षेत्र, विकास साझेदार तथा सबै सरोकारवालाबिचको सहकार्य, पारदर्शिता, जवाफदेहिता र साझा स्वामित्व यसको सफलताको आधार हो। हामी शिक्षा क्षेत्रमा नवप्रवर्तन, तथ्यमा आधारित निर्णय प्रक्रिया र प्रभावकारी स्रोत व्यवस्थापनलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ | यो योजना निर्माणका क्रममा महत्वपूर्ण सुझाव, अनुभव र सहयोग प्रदान गर्नुहुने सबै सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै चुमनुव्रीलाई गुणस्तरीय, समावेशी, प्रविधिमैत्री र उपलब्धिमूलक शिक्षाको नमुना गाउँपालिका बनाउने हाम्रो दृढ संकल्प रहेको छ । अन्त्यमा, यस अभियानमा सम्पूर्ण गाउँपालिकावासीको निरन्तर सहयोग, विश्वास र सक्रिय सहभागिताको अपेक्षा गर्दै स्थानीय शिक्षा विकास योजना सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्दछु। निमा लामा अध्यक्ष चुमनुब्री गाउँपालिका, गोरखा गाउँपालिका उपाध्यक्षको भनाइ शिक्षामा समान अवसर र समावेशितामार्फत समुन्नत चुमनुव्री निर्माण शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो। कुनै पनि बालबालिका आर्थिक अवस्था, बि जातजाति, भाषा, लिङ्ग, अपाङ्गता वा भौगोलिक कठिनाइका कारण गुणस्तरीय शिक्षाबाट ॥ वञ्चित हुनुहुँदैन भन्ने मान्यतामा चुमनुव्री गाउँपालिका दृढ रहेको छ। समावेशी, समानतामूलक र बालमैत्री शिक्षा प्रणाली निर्माण गर्नु स्थानीय सरकारको साझा जिम्मेवारी हो। यसै उद्देश्यलाई आत्मसात गर्दै तयार गरिएको गाउँ शिक्षा क्षेत्र योजना २०८२/०८३ - २०८६/०८७ ले शिक्षालाई विद्यालयभित्र सीमित नराखी परिवार, समुदाय र स्थानीय सरकारको = साझा उत्तरदायित्वका रूपमा परिभाषित गरेको छ। बालबालिकाको सिकाइ, सुरक्षा, स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, सामाजिक संरक्षण र सकारात्मक पारिवारिक वातावरण एकअर्कासँग अन्तरसम्बन्धित विषय हुन्। त्यसैले शिक्षाको विकासमा समुदायको सक्रिय सहभागिता अपरिहार्य छ। यस योजनाले विशेष गरी विद्यालय बाहिर रहेका तथा जोखिममा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, बालिका शिक्षा प्रवर्द्धन गर्ने, अपाङ्गता भएका तथा विपन्न समुदायका बालबालिकाका लागि आवश्यक सहयोग सुनिश्चित गर्ने, बालमैत्री तथा लैङ्गिकमैत्री विद्यालय वातावरण निर्माण गर्ने, अभिभावकको सहभागिता बढाउने तथा विद्यालय र समुदायबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। हामी विश्वास गर्छौँ कि गुणस्तरीय शिक्षा तब मात्र सम्भव हुन्छ, जब प्रत्येक अभिभावक आफ्ना बालबालिकाको सिकाइमा सहभागी हुन्छन्, प्रत्येक शिक्षक प्रेरणादायी मार्गदर्शक बन्छन्, प्रत्येक विद्यालय समुदायप्रति उत्तरदायी हुन्छ र स्थानीय सरकारले आवश्यक सहयोग तथा समन्वयको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्छ। सामाजिक समावेशिता, समान अवसर, उत्तरदायित्व र सहकार्य यस योजनाका प्रमुख आधार Al यस योजना निर्माणमा आफ्नो अमूल्य समय, अनुभव र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। विशेष रूपमा विद्यालय, अभिभावक, महिला समूह, युवा, सामाजिक संघसंस्था तथा विकास साझेदारहरूको योगदानले यस योजनालाई अझ व्यवहारमुखी र समावेशी बनाउन महत्वपूर्ण सहयोग पुगेको छ। अन्त्यमा, प्रत्येक बालबालिकाले सम्मानका साथ सिक्ने, आफ्नो क्षमता विकास गर्ने र उज्ज्वल भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु हाम्रो साझा दायित्व हो। यस योजनाको सफल कार्यान्वयनमा सबै पक्षको निरन्तर सहयोग, सहकार्य र प्रतिबद्धताको अपेक्षा गर्दै सम्पूर्ण गाउँपालिकावासीमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। लक्ष्मी गुरूङ उपाध्यक्ष चुमनुब्री गाउँपालिका, गोरखा प्रमुख प्रशासकिय अधिकृतको भनाइ योजनादेखि उपलब्धिसम्म : प्रभावकारी कार्यान्वयनको संकल्प स्थानीय सरकारको योजना तब मात्र सफल मानिन्छ, जब त्यसले कागजमा सीमित नरही नागरीकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। यही विश्वासका साथ चुमनुव्री गाउँपालिकाको गाउँ शिक्षा क्षेत्र योजना २०८२/०८३ - २०८६/०८७ कार्यान्वयनको मार्गदर्शन गर्ने एक महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय दस्तावेजका रूपमा तयार गरिएको Bl यस योजनाले गाउँपालिकाको शिक्षा क्षेत्रको विद्यमान अवस्था, सिकाइ उपलब्धि, जनसांख्यिक अवस्था, पूर्वाधार, शिक्षक व्यवस्थापन, वित्तीय स्रोत, संस्थागत क्षमता तथा भावी आवश्यकताहरूको fessor आधारमा स्पष्ट प्राथमिकता, रणनीति र कार्ययोजना र निर्धारण गरेको छ। यसले शिक्षा क्षेत्रका सबै कार्यक्रमहरूलाई एउटै साझा दिशामा अघि बढाउन, १ र तथा उपलब्धिको नियमित समीक्षा गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ। गाउँपालिकाको प्रशासनिक संयन्त्रको प्रमुख जिम्मेवारी नीति र योजनालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्नु हो। त्यसका लागि वार्षिक योजना तथा बजेटसँग शिक्षा योजनाको एकीकरण, समयमै कार्यक्रम सञ्चालन, वित्तीय अनुशासन, सार्वजनिक खरिद तथा स्रोत व्यवस्थापन, तथ्यमा आधारित निर्णय प्रक्रिया, नियमित अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाइनेछ। साथै, कार्यसम्पादनका स्पष्ट सूचकहरूका आधारमा प्रगतिको मूल्याङ्कन गर्दै आवश्यक सुधारका उपायहरू अवलम्बन गरीनेछ। शिक्षा क्षेत्रको दिगो सुधारका लागि प्रशासनिक दक्षता, अन्तर शाखा समन्वय, विद्यालयसँग नियमित संवाद, सूचना व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा तथ्याङ्कको गुणस्तर सुधार अपरिहार्य छन्। त्यसैले गाउँपालिकाले सूचना प्रविधिको प्रयोग, अभिलेख व्यवस्थापन, संस्थागत सिकाइ तथा प्रमाणमा आधारित योजना निर्माणलाई निरन्तर सुदृढ गर्दै जानेछ। यस योजना कार्यान्वयनमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, योजना, वित्त, पूर्वाधारलगायत सम्बन्धित सबै शाखाहरूबिच प्रभावकारी समन्वय स्थापित गरीनेछ। साथै, संघ तथा प्रदेश सरकार, शिक्षा सम्बन्धी निकायहरू, विकास साझेदार, विद्यालय तथा समुदायसँग सहकार्य गर्दै योजनाका लक्ष्यहरू समयमै प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। यस योजना निर्माण प्रक्रियामा मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडा अध्यक्षहरू, गाउँ कार्यपालिकाका सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विकास साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। उहाँहरूको सक्रिय सहभागिताले योजनालाई यथार्थपरक, कार्यान्वयनयोग्य र स्थानीय आवश्यकतामा आधारित बनाउन महत्वपूर्ण योगदान पुच्याएको छ। अन्त्यमा, यो योजना प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, पारदर्शी वित्तीय व्यवस्थापन र नतिजामुखी प्रशासनमार्फत चुमनुव्री गाउँपालिकाको शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्दछु। यस अभियानमा सम्पूर्ण प्रशासनिक संयन्त्र, विद्यालय तथा सरोकारवालाहरूको निरन्तर सहकार्य र प्रतिबद्धताको अपेक्षा गर्दछु। मनोज लामिछाने प्रमुख प्रशासकिय अधिकृत चुमनुब्री गाउँपालिका, गोरखा iv