Notice Park
Chumnubri Rural Municipality
Guidelines

चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३ ८३/८४ 09/29/2026 - 18:51 चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३

Summary

नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, खानेपानी तथा सरसफाइ ऐन, २०७९ तथा प्रचलित अन्य कानूनले स्थानीय तहलाई खानेपानी तथा सरसफाइसम्बन्धी सेवा, योजना, मापदण्ड, नियमन तथा व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chumnubri Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खण्ड ९ संख्या २० स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० ०० स्थानीय राजपत्र खण्ड: ९ संख्या : २० मिति : २०८३/०६/१३ भाग-२ चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३ चुमनुव्री गाउँपालिका सिर्दिवास, गोरखा गण्डकी प्रदेश खण्ड ९ संख्या २० स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, खानेपानी तथा सरसफाइ ऐन, २०७९ तथा प्रचलित अन्य कानूनले स्थानीय तहलाई खानेपानी तथा सरसफाइसम्बन्धी सेवा, योजना, मापदण्ड, नियमन तथा व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ लागू रहेको सन्दर्भमा चुमनुव्री गाउँपालिकाभित्र सुरक्षित, स्वच्छ, पर्याप्त, गुणस्तरीय तथा भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन आवश्यक भएको छ | चुमनुब्री गाउँपालिकाको उच्च हिमाली भौगोलिक अवस्था, छरिएका तथा दुर्गम बस्ती, मौसमी पानीका स्रोत, हिमपात, हिमपहिरो, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम, पर्यटन गतिविधि तथा सीमित पूर्वाधारलाई समेत ध्यानमा राखी खानेपानीका स्रोतको संरक्षण, खानेपानी प्रणालीको दिगो सञ्चालन तथा मर्मतसम्भार, पूर्ण सरसफाइ, फोहोरमैला तथा फोहोरपानी व्यवस्थापन र स्वच्छता प्रवर्द्धन गरी जनस्वास्थ्य तथा वातावरण संरक्षण गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको छ। परिच्छेद--१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस मापदण्डको नाम “चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३” रहेको छ। (२) यो मापदण्ड गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. उद्देश्य यस मापदण्डका उद्देश्य देहायबमोजिम हुनेछन्‌ :- (क) सबै नागरिकलाई सुरक्षित, स्वच्छ, पर्याप्त तथा गुणस्तरीय खानेपानीमा पहुँच सुनिश्चित गर्ने, (ख) खानेपानीका स्रोतको संरक्षण तथा दिगो उपयोग गर्ने, (ग) खानेपानीजन्य रोग तथा प्रदूषणको जोखिम न्यूनीकरण गर्ने, (घ) गाउँपालिकामा पूर्ण सरसफाइको अवस्था कायम गर्ने, (ङ) सुरक्षित शौचालय, फोहोरमैला तथा फोहोरपानी व्यवस्थापनलाई व्यवस्थित गर्ने, (च) व्यक्तिगत, घरायसी तथा सामुदायिक स्वच्छता प्रवर्द्धन गर्ने, (छ) खानेपानी आयोजनाको दिगो सञ्चालन तथा मर्मतसम्भार सुनिश्चित गर्ने, (ज) विद्यालय, स्वास्थ्य संस्था, कार्यालय, सार्वजनिक तथा पर्यटकीय स्थलमा WASH सुविधा सुधार गर्ने, (झ) चुमनुव्रीको भौगोलिक तथा प्राकृतिक विपद्को जोखिमअनुकूल खानेपानी तथा सरसफाइ प्रणाली विकास गर्ने। ३. कार्यक्षेत्र

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.