चुमनुब्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३ ८३/८४ 09/29/2026 - 18:50 चुमनुब्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३
Summary
गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका, वडा नम्बर ६ स्थित ढुल्चे देखि नाप्ला (नाक्पोला) सम्मको क्षेत्रमा फैलिएको लगभग आठ सय (८००) वर्ष पुरानो ऐतिहाँसिक धरोहरको रुपमा रहेको लुडटाङ गुम्बाको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक, पुरातात्विक तथा वास्तुकला र धार्मिक महत्वलाई मध्यनजर गरी उक्त गुम्बा क्षेत्रलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 827be7cf-73cb-4a78-b22c-15dfd70bd9e9.pdfPDF · 5 pages · 229 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्ड ९ संख्या २६ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चुमनुव्री गाउँपालिका स्थानीय राजपत्र खण्ड: ९ संख्या : २६ मिति : २०८३/०६/१३ भाग-२ चुमनुव्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३ चुमनुब्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड ९ संख्या २६ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका, वडा नम्बर ६ स्थित ढुल्चे देखि नाप्ला (नाक्पोला) सम्मको क्षेत्रमा फैलिएको लगभग आठ सय (८००) वर्ष पुरानो ऐतिहाँसिक धरोहरको रुपमा रहेको लुडटाङ गुम्बाको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक, पुरातात्विक तथा वास्तुकला र धार्मिक महत्वलाई मध्यनजर गरी उक्त गुम्बा क्षेत्रलाई बौद्ध दर्शनको पञ्चशिलमा आधारित एक अहिंसा/शयाग्या क्षेत्र एवं पवित्र धार्मिक र सांस्कृतिक भूमिको रुपमा गुम्बाद्धारा सदीयौँदेखि संरक्षण गर्दै आएको भूमिकालाई उच्च सम्मान र मान्यता प्रदान गर्न आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(७) बमोजिम यस चुमनुब्री गाउँ कार्यापालिकाले यो कार्यविधि स्विकृत गरी लागु गरेको छ। परिच्छेद एक प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम "चुमनुव्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३" रहेको छ । (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; (क) alg धर्मगुरु" भन्नाले लुङटाङ गुम्बाको प्रमुख लामालाई जनाउँदछ र सो शब्दले सिप्चेत, चुम्लिङ र ताँजु गाउँ गरी तीन गाउँका वासिन्दाले नियुक्त गरेको छोकपोनलाई समेत जनाउँदछ । (aq) cater भन्नाले बौद्ध दर्शनमा आधारित पञ्चशीललाई जनाउँदछ । (ग) "प्रथाजनितनियम'" भन्नाले लुङटाङ गुम्बाले आफ्नो रितिरिवाज, धर्म, सस्कृति र परम्परा अनुसार आफ्नो क्षेत्र, समुदाय र प्राणीको हितका लागि बनाएका नियमलाई जनाउँदछ । (घ) "श्याग्या परम्परा" भन्नाले बौद्ध दर्शनको पञ्चशीलमा उल्लिखित अहिंसात्मक सिद्धान्तको आधारमा वन्यजन्तु लगायतका जीवजन्तु, पशुपन्छी र प्राणीहरुप्रति गरिने अहिंसात्मक व्यवहारलाई जनाउँदछ। (ङ) "लुङटाङ गुम्बा" भन्नाले गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका, वडा नम्बर ६ स्थित ढुल्चे देखि नाप्ला (नाक्पोला) र ड्रकमार (भ्रंमर) सम्मको क्षेत्रमा फैलिएको लगभग आठ सय (८००) वर्ष पुरानो ऐतिहासिक धरोहरको रुपमा रहेको तीन गाउँको सामुदायिक लुङटाङ गुम्बालाई जनाउँदछ।