औषधी आपूर्ति सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
Summary
चौथो वरीयताका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्ति गरिरुदेखि नै सर्वोच्चमा न्यायाधीशबीच सुषुप्त रूपमा विवाद थियो, गत साताको फुलकोर्टमा प्रधानन्यायाधीशमाथि 'न्याय सम्पादनमा बाह्य प्रभाव' को आरोप र बुधबार संवैधानिक इजलास बहिष्कारको घटनाले विवाद सतहमा ल्यारुका छन् ॥ दुर्गा दुलाल र कृष्ण बहाब…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7963eb98-1712-49ba-a17a-dfd70f084ac1.pdfPDF · 10 pages · 21.1 MBOpen
Key details
- Organization
- Dakneshwori Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
क्त्रान्तिखुर् 2200 09 रे रा 0 वरिष्ठता र “पिक एन्ड चुज'को चेपुवामा संवैधानिक इजलास चौथो वरीयताका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्ति गरिरुदेखि नै सर्वोच्चमा न्यायाधीशबीच सुषुप्त रूपमा विवाद थियो, गत साताको फुलकोर्टमा प्रधानन्यायाधीशमाथि 'न्याय सम्पादनमा बाह्य प्रभाव' को आरोप र बुधबार संवैधानिक इजलास बहिष्कारको घटनाले विवाद सतहमा ल्यारुका छन् ॥ दुर्गा दुलाल र कृष्ण बहाब 'काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार आफू, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान रहने गरी संवैधानिक इजलास गठन गरे । गोला प्रक्रियाबाट अरू न्यायाधीशका लागि ११ वटा इजलास गठन भए, सबै न्यायाधीश इजलासमा बस्न गए । संवैधानिक इजलासमा तोकिएका न्यायाधीशहरूमध्ये मल्ल, सुवेदी र मुसलमान प्रधानन्यायाधीश शर्माको चेम्बरमा जम्मा भए । केहीबेरपछि फुयाल पनि आइपुगे अनि आफू संवैधानिक इजलासमा बस्न नसक्ने वताए । "तपाईं ।शर्मा) प्रधानन्यायाधीश भएपछि मलाई एक पटक पनि संवैधानिक इजलासमा राख्नुभएन, यसअघि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने अभ्यास थियो । यसरी पिक एन्ड चुज गर्दा सेटिङजस्तो देखिन्छ,' फुयालको भनाइ उदृत गर्दै एक न्यायाधीशले भने । ती न्यायाधीशका अनुसार फुयालले संवैधानिक इजलास गठनबारे पूर्ण बैठक (फुलकोर्ट) मा छलफल गरेर एउटा निश्चित आधार तय गर्नुपर्ने धारणा पनि राखे । 'जवाफमा प्रधानन्यायाधीश शर्माले संविधानले आफूलाई संवैधानिक इजलासमा रहने चार न्यायाधीश तोक्ने अधिकार दिएको र त्यसका लागि फुलकोर्टमा छलफल गर्न आवश्यक नरहेको बताउनुभयो, ती न्यायाधीशले कान्तिपुरलाई भने । केहीबेर सवालजवाफ चलेपछि प्रधानन्यायाधीश शर्माले इजलास अधिकृतलाई बोलाए अनि उनलाई आज Sa nek: सर्बोच्च अदालतको निर्माणाधीन नयाँ भवन, प्रधानन्यायाधीश मनोजकुमार शर्मा (माथि बायाँ) र न्यायाधीश हरिप्रसाद फुयाल | संवैधानिक इजलास बस्न नसक्ने जानकारी गराइदिनू' भने | संबैधानिक इजलासका लागि ३६ मुद्दा थिए । बुधबार यी कुनै पनि मुद्दाको सुनुवाइ भएन | अर्कातिर यस घटनाले संवैधानिक इजलास गठनको पद्धतिसम्बन्धी बहस फेरि सतहमा आएको छ । न्यायिक वृत्तमा प्रधानन्यायाधीशको अधिकार र त्यसको प्रयोगका लागि संस्थागत रूपमा स्वीकार्य विधिबीच देखिएको यस विवादको निकास अब 'फुलकोर्ट' बाट खोजिनुपर्ने आवाज उठेको छ । पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई प्रधानन्यायाधीशलाई संविधानले दिएको अधिकार अस्वीकार गर्न नमिल्ने तर अधिकार प्रयोग गर्ने तरिका पटक-पटक विवादको विषय बन्नु भने समस्याको संकेत रहेको बताउँछन् । 'प्रधानन्यायाधीशलाई संविधानले अधिकार दिएको छ। त्यो अधिकार अस्वीकार गर्ने हो भने संविधानमै रहेको व्यवस्थामाथि प्रश्न उठ्छ । तर अधिकार हुनु र अधिकारको प्रयोग हरेक पटक गलत हुनु एउटै कुरा होइन, उनले भने, 'संबैधानिक इजलास गठनको व्यवस्था नै त्रुटिपूर्ण छ ।' संवैधानिक इजलास गठनको विवादको मूल प्रश्न संविधानले प्रधानन्यायाधीशलाई दिएको अधिकार कसरी प्रयोग गर्ने भन्ने हो । संविधानको धारा १३७ ले सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था गरेको छ । प्रधानन्यायाधीशको नेतृत्वमा रहने उक्त इजलासमा अन्य चार न्यायाधीश हुन्छन्। ती चार न्यायाधीश प्रधानन्यायाधीशले न्यायपरिषद्ले सिफारिस गरेको 'रोस्टर' बाट तोक्ने व्यवस्था संविधानमा छ। बाँकी पृष्ठ ८). पूर्वप्रधानत्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा प्रहरी हिरासतमा रहेका इनम सापकोटामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु, बयानमा अनेक नेक्सस खुलेपछि अनुसन्धानको दायरा विस्तार हुँदै ॥ गौरव पोखरेल 'काठमाडौं। ० असोज ११ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ बिहान ३ बजे घरबाटै जबरा प्रभुशमशेर जबरासहित निकटस्थहरूका घरमा प्रहरीको नियन्त्रणमा Her आयाम Geren aes ० असोज प8 थपलिया, दीपक तिमिल्सिना र नवीनराज बस्नेतको नयाँदिल्ली जान लागेका घरमा छापा मारेको हो । डृनम सापकोटा त्रिभुवन विभागका एक उच्च अधिकृतका अनुसार, विमानस्थलबाट नियन्त्रणमा चोलेन्द्रका भाइ प्रभ् र नवीनराज बस्नेतमाथि केही _— महिना अघिदेखि नै सम्पत्ति शुद्धीकरण कसुरमा ० असोज १९ अनुसन्धान भइरहेको थियो भने पूर्वन्यायाधीश थपलिया र तिमिल्सिनाबारे पछिल्लो पटक अनुसन्धान थालिएको हो । विशेषगरी पूर्वप्रधानन्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल्सिना पनि छानबिनको दायरामा आएका हुन् । थपलिया र तिमिल्सिनाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजातसमेत ल्याएको अनुसन्धान अधिकृतहरूको भनाइ छ । बढ्दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव ॥ सजना बराल 'काठमाडौं। विदेशी कम्पनीले दक्षिण एसियाली देशका कम्पनीलाई काम दिनुको साटो आर्टिफिसियल इन्टेलिजेन्स [एआई) मार्फत गराउन थाल्ने प्रवृत्ति (रिसोरिङ) बढेपछि श्रम बजार र रोजगारीमा त्यसको प्रभाव देखिन थालेको छ । नेपाल र दक्षिण एसियाका सूचना प्रविधि कम्पनीले अमेरिका वा युरोपेली देशका कम्पनीको काम यहीँ बसेर गरिदिन्थे | यसरी विदेशी कम्पनीका लागि कल सेन्टर, ग्राहक सेवा, डेटा इन्ट्री वा सफ्टवेयर बिकासजस्ता काम स्वदेशमै बसेर गरिदिनुलाई सोरिङ' ।सेवा निर्यात भनिन्छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको 'साउथ एसिया इकोनमिक अपडेट : एडप्टिङ एआई फर ग्रोथ' प्रतिवेदनले एआईका कारण 'रिसोरिङ' प्रवृत्ति बढेको सशस्त्रका रुआईजी वंशीराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावट (आचरणविपरीत कार्य) आरोपमा निलम्बित असोज २१ पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका भाइ प्रभुलगणायत निकटस्थका घरमा सम्पत्ति शुद्धीकरण विभाणको छापा oe जक & परम्परागत रोजगारीमा चुनौती थपे पनि नयाँ सीप, रोजगारी र सेवा निर्यातका अवसर बढाउनेछ ७ विश्व बैंक नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित सुधाकर दलेला ॥ अनिल गिरी 'काठमाडौं। भारतले 'करिअर' कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो । भारतीय पक्षले मंगलबार मात्रै राजदूतको एग्रिमोका लागि परराष्ट्र मन्त्रालयमा दलेलाको नाम प्रस्ताव गरेको एक अधिकारीले कान्तिपुरलाई बताए । नेपाल-भारत सम्बन्ध तथा दक्षिण एसियाली मामिलामा लामो अनुभव भएका दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए | उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, जेनेभा र भुटानस्थित भारतीय कूटनीतिक नियोगमा जिम्मेवारी सम्हालेका छन् । सन् २०२२ देखि २०२५ सम्म उनी भुटानका लागि भारतीय राजदूत थिए । दलेलाले भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने संयुक्त सचिव ।उत्तर) का रूपमा सन् २०१६ देखि २०१९ सम्म काम गरेका थिए । त्यसअघि सन् २००६-०७ मा नर्थ डिभिजनमै निर्देशक तथा सन् २००९-२०११ मा भारतीय प्रधानमन्त्री कार्यालयका निर्देशकका रूपमा कार्यरत थिए । बाँकी पृष्ठ ९) सापकोटामाथिसमेत सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन थालिएको छ । अमेरिकाको पीआर भएका सापकोटालाई प्रहरीको विशेष ब्युरोले गत बुधबार भारतको नयाँदिल्ली जान लागेका बेला विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई एक दिन केरकार गरेर ब्युरोले अर्को दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको थियो । काठमाडौं प्रहरीले अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर उनीमाथि सोधपुछ थालेको थियो । पूर्वप्रधानन्यायाधीश जबरासँग जोडिएको विषयलाई लिएर पक्राउ गरिए पनि प्रहरीलाई अभद्र व्यवहार गरेको भन्ने व्यहोराको कागज बनाई हिरासतमा राखेपछि सापकोटाकी श्रीमतीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् । त्यसपछि गृह मन्त्रालयमा भएको छलफलअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत बेग्लै अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ। 'त्यही सिलसिलामा बुधबार छापा मारिएको हो,' स्रोतले कान्तिपुरसँग भन्यो । सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार र बैंकिङ कसुर गरेको आरोपमा थुनामा रहेका दीपक भट्टलाई बाहिर निकाल्न गरिएको चलखेलबाट यी सबै प्रकरण खुल्दै गएको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ । बाँकी पृष्ठ <p> औंल्याएको छ । यसले दक्षिण एसियाका सेवाप्रदायक कम्पनीको नयाँ कर्मचारी भर्नादरमा १० प्रतिशतसम्म गिरावट आएको उल्लेख छ । 'विदेशी कम्पनीहरूले बीपीओ, डेटा इन्द्रीजस्ता काम एआईबाट गरे पनि एआई मोडलहरूकै गुणस्तर जाँच, डेटा भ्यालिडेसन र परिमार्जनजस्ता ज्ञानमा आधारित कामका लागि दक्षिण एसियाली आपूर्तिकर्ताहरूसँग नयाँ साझेदारी गरिरहेका छन्, प्रतिवेदनको पृष्ठ ३४ र ३५ मा भनिएको छ, 'आफैं पनि एआई प्रविधि प्रयोग गर्ने अमेरिकी वा युरोपेली कम्पनी एवं विदेशी ग्राहकका लागि काम गर्ने र आफू पनि एआई टुल चलाउन सक्षम दक्षिण एसियाली कम्पनीहरूबीचको साभेदारी भने बढिरहेको छ।' यसको अर्थ, सेवा लिने र दिने दुवै एआईमा अभ्यस्त छन् भने उनीहरूबीच व्यावसायिक साभेदारीको सम्भावना देखिने रहेछ | बाँकी पृष्ठ ८). rs रङ्ग, सपना 3, वर्षौ वर्ष फल्किन्छ् | बाहिरी भित्ताको लाजि ASIAN PAINTS को ULTIMA RANGE se asianpaints “6059 १ | बिहीबार, २२ असोज, २०८३ वि व्ग्रन्तिपुर समाचार ekantipur.com स्याउ प्रतिकिलो २५० रुपैयाँ, किसानलाई ४४ रुपैयाँ मात्रै किसानको स्याउ व्यापारी, होलसेल बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुण्छ | किसानले पाउनेभन्दा पाँच गुणा मूल्य उपभोक्ताले तिर्छन् । आखिर कहाँ जान्छ बीचको यति धेरै रकम ? ॥ कृष्णप्रसाद गौतम ।सुर्खेत। म्लाको सिमकोटका सूर्यबहादुर रोकायाको बारीमा झन्डै पाँच सय स्याउका बोट छन् । ती बोटबाट उत्पादित स्याउ प्रतिकिलो ४५ रुपैयाँका दरले बिक्री गरिरहेका छन् । तैपनि स्याउ बेचिसक्न समस्या छ । भन्छन्, 'यसपालि चार सय fart स्याउ फलेको अनुमान छ, अहिलेसम्म करिब डेढ सय क्विन्टल बेचे । माग नै छैन।' कालीकोटको ania परेकबहादुर शाहीले स्याउ प्रतिकिलो ४५ रु बेचिरहेका छन् । राम्रो भाउ नपाउँदा खेतीबाट सोचेजस्तो नाफा गर्न नसकिएको उनको गुनासो छ । आफूजस्ता किसानले कम मूल्यमा बेचेको स्याउ नेपालगन्ज, सुर्खेत, काठमाडौंमा महँगो पर्ने गरेको सुनेका उनी भन्छन्, 'फाइदाजति व्यापारी र बिचौलियालाई मात्र भइरहेको छ ।' हुम्ला होस् वा कालीकोट, कर्णालीमा उत्पादित स्याउ बजारमा प्रायः 'जुम्लाको स्याउ' भनेर बेच्ने गरिएको छ। कर्णालीमा उत्पादित स्याउ अहिले सुर्खेत र नेपालगन्जमा प्रतिकिलो १५० रुपैयाँसम्म र काठमाडौंमा २५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । किसानलाई भने प्रतिकेजी ४५ रुपैयाँमा पनि स्याउ बेचिसक्न मुस्किल परिरहेको छ । ६ gy रुपैयाँका दरले स्याउ बेच्दा visa, काँटछाँट, मल, बीउ, श्रमिकको ज्याला र हाम्रो वर्षभरिको दुःखको मोल नै उठ्दैन ७ ज्ञानचन्द्र न्यौपाने, तातोपानी, जुम्ला कर्णालीका हिमाली जिल्लामा अहिले स्याउको सिजन चलिरहेको छ। तर जब बारीमा स्याउ पाक्छ, त्यही बेला बजारको ढोका साँघुरिने गरेको किसानको गुनासो छ। जुम्लाको तातोपानी गाउँपालिकाका किसान श्यामकुमार न्यौपानेका अनुसार भदौ पहिलो सातातिर स्याउको अत्यधिक माग हन्छ तर त्यति बेला स्याउ पाकेको हुँदैन । 'अहिले बारीमा स्याउ पाकेको छ तर व्यापारी आउन छाडेका छन् । हामीले आफैँ बजार पठाउन सकिरहेका छैनौं,' उनले भने । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी स्याउमा किसानलाई कम दाम दिएर व्यापारीले धेरै नाफा कमाइरहेको बताउँछन् । 'किसानलाई ४५ रुपैयाँ दिँदा पनि कार्टुन र प्याकेजिङमा प्रतिकिलो १० रुपैयाँ, ढुवानी भाडामा १५ देखि २० रुपैयाँ र व्यापारीको नाफा ३० देखि ४० रुपैयाँ जोड्दा सुर्खेत र नेपालगन्जमा बढीमा एक सय रुपैयाँ किलोमा स्याउ पाइनुपर्ने हो तर त्यस्तो छैन,' अधिकारीले भने । स्याउका ठूला फार्ममा फल्नुअघि नै व्यापारीले ठेक्कामा लिँदा भने किसानले तुलनात्मक रूपमा राम्रो मूल्य पाउँछन् । तर सानो परिमाणमा खेती गर्ने किसानले स्याउ पाकेपछि मात्र व्यापारीलाई बेच्न खोज्दा राम्रो भाउ पाउँदैनन् । 'सबैतिर एकैसाथ स्याउ पाकेको हुन्छ, त्यसैले बारीमा आएका व्यापारीले जति भन्छन्, त्यतिमै स्याउ बेच्नुपर्ने बाध्यता किसानको छ,' जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारी भने, 'कतिपय किसान त उधारोमै स्याउ बेच्न बाध्य छन् ।' हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईका अनुसार जिल्ला दररेट निर्धारण समितिले त्यहाँ 'ए' ग्रेडको स्याउलाई ६०, 'बी' ग्रेडलाई ५० र 'सी' ग्रेडलाई ४० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरेको छ। तर किसानले प्रतिकिलो ४५ रुपैयाँभन्दा बढी पाउन सकेका छैनन् । 'किसानले कम मूल्यमा पाएको गुनासो आएको छ,' प्रजिअ गुरागाईंले भने, 'मूल्यमा एकरूपता ल्याउन अनुगमन गरिरहेका छौं ।' जुम्लाको तातोपानी गाउँपालिकाका किसान ज्ञानचन्द्र न्यौपाने राम्रो भाउ नपाउँदा किसान मर्कामा परिरहेको बताउँछन् । उनका अनुसार एक रोपनी क्षेत्रफलमा ५० देखि so वटा स्याउका बिरुवा लगाउन सकिन्छ | सबैले एकैपल्ट उत्पादन दिँदैनन् । 'एउटा बोटमा ४० देखि एक सय किलोसम्म उत्पादन हुन्छ, सरदरमा ५० बोटले yo किलो उत्पादन दिए २५ fret उत्पादन हुने भयो,' उनले भने, 'त्यो स्याउ सबै बेच्दा पनि ४५ रुपैयाँका दरले १ लाख १२ हजार हजार हुन्छ । गोडमेल, काँटछाँट, मल, बीउ, श्रमिकको ज्याला सबै जोड्दा कम्तीमा ५० देखि ६० हजार रुपैयाँ खर्च भइसक्छ । हाम्रो वर्षभरिको दुःखको मोल नै उठ्दैन ।' उनका अनुसार स्याउको मूल्य पाँच वर्षयता एउटै छ । बारीमा फलेको स्याउ सडकमा पुग्याएर बेच्दा किसानले अलि बढी मूल्य पाउँछन् । स्याउ सडकसम्म पुग्याउन ढुवानीमा खर्च लाग्छ । प्याकेजिङमा पनि खर्च हुन्छ । त्यसैले सडकसम्मै pada पनि त्यति धेरै फाइदा नहुने किसानहरू बताउँछन् । कालीकोट, चिल्खायाका धनबहादुर शाही बगानमै स्याउ बिक्री नहुने गरेका कारण स्याउ भरियालाई बोकाएर कर्णाली राजमार्गसम्म पुन्याएर बेच्ने गरेको बताउँछन् । 'बारीबाट सडकसम्म स्याउ पुग्याउँदा प्रतिकिलो १० रुपैयाँसम्म त भरियालाई बुझाउनुपर्छ,' उनले भने, 'स्याउमा लागत उठाउनै गाह्रो परिरहेको छ । सिमकोटका सूर्यबहादुर रोकायाले नेपालगन्ज र सुर्खेतका ठूला मन्डी तथा होलसेल व्यापारीमा सिन्डिकेट भएकाले किसान आफैँले लगेर स्याउ बेच्न पनि नसकिने बताए । 'आफैँ स्याउ गाडीमा लिएर बजार लैजाँदा बेच्नै सकिँदैन,' उनले भने, 'हामी किसानको बजारमा पहुँच हुँदैन ।' किसानले बिक्री गरेको स्याउ व्यापारी, होलसेल बिक्रेता, खुद्रा बिक्रेता हँदै उपभोक्तासम्म आइपुग्छ । खुद्रा बिक्रेता पनि स्याउमा खासै नाफा नहुने गरेको बताउँछन् । सुर्खेतका खुद्रा फलफूल बिक्रेता कमल केसीले भन्छन्, 'किसानले बेच्ने र उपभोक्ता किन्ने मूल्यमा झन्डै एक १ सय रुपैयाँ फरक छ । यसमा हामीलाई पनि त्यति फाइदा छैन । सरकारले नै अनुगमनमा कडाइ गरे यत्रो ठूलो अन्तर हुँदैन थियो कि ?' उपभोक्ता हित संरक्षण मञ्च कर्णाली प्रदेशका अध्यक्ष बिन्दुलाल रेग्मी सरकारले स्याउमा न्यूनतम र अधिकतम मूल्य तोक्नुपर्ने बताउँछन् । 'काठमाडौंलगायत ठूला सहरमा झन् किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच साढे चार गुणा अन्तर देखियो,' उनले भने, सरकार मौन हुँदा किसानको उत्पादनमा बिचौलियाले धेरै कमाए ।' जुम्लाका व्यापारी कर्णबहादुर बुढ्थापा भने कर्णाली राजमार्गको दूरवस्था र चर्का ढुवानी भाडाका कारण स्याउ बजारमा महँगो हुने गरेको बताउँछन् । 'एउटा ट्रकमा ५ देखि ७ टन स्याउ बोक्न सकिन्छ, जुम्लादेखि सुर्खेतसम्मको भाडा vo देखि co हजार रुपैयाँ छ। त्यसमा लोड-अनलोड खर्च, प्याकेजिङलगायतको खर्च पनि जोडिन्छ,' उनले भने, 'सडक बन्द भए स्याउ बाटैमा कहिने जोखिम हुन्छ । हामीले त ठूलो जोखिममा काम गरिरहेका छौं ।' अर्का व्यापारी सुरेन्द्र खत्री पनि कर्णाली राजमार्गकै कारण उपभोक्तालाई स्याउ महँगो परिरहेको बताउँछन् । oe हुम्लाको अदानचुली गाउँपालिका-५ का किसानले टिपेको स्याउ | तस्बिर : कान्तिपुर “कर्णाली राजमार्गको अवस्था सामान्य भए प्रतिकिलो १५ देखि २० रुपैयाँमा ढुवानी हुन सक्छ । बाटो बन्द हुँदा स्याउ ढुवानी गर्ने व्यापारीले नै गाडी चालक, सहचालकको खाना खर्चलगायतको व्यवस्थापन गर्नुपर्छ,' उनले भने, 'जुम्लाबाट सुर्खेत-नेपालगन्जमा स्याउ पुन्याउँदा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म खर्च हुन्छ।' खत्रीका अनुसार त्यही स्याउ काठमाडौं पठाउँदा सुर्खेत वा नेपालगन्जमा फेरि ग्रेडिङ र प्याकेजिङ गर्नुपर्छ । 'कर्णाली राजमार्गमै दुई दिन लाग्छ, सुर्खेतबाट काठमाडौं पठाउँदा थप डेढ दिन,' उनले भने, 'एकैपल्ट पठाउँदा कुनै स्याउ पनि सद्दे हुँदैनन्, त्यसैले रिप्याकेजिङमा खर्च हुन्छ ।' नेपालगन्ज र सुर्खेतबाट काठमाडौंसम्म स्याउ पठाउँदा थप ७० हजार रुपैयाँ प्रतिट्रक ढुवानी भाडा तिर्नुपरेको उनले बताए । स्याउको सडक यात्रा अनिश्चित हुने गरेको उनको भनाइ छ। 'बर्खामा कर्णालीका सडकहरू भरपर्दा छैनन् । काठमाडौं जानै सडक पनि कहिले बाढीपहिरोले अवरुद्ध हुन्छ । लामो समयसम्म स्याउ गाडीमै हँदा ales, गुणस्तर घट्ने र बजार मूल्य प्रभावित हुने जोखिम रहन्छ,' उनले भने । जुम्ला, मुगु, हुम्ला, बाजुरा र कालीकोटका किसान पनि बर्खायाममा कर्णाली राजमार्ग बन्द भइरहेका कारण ढुक्कले स्याउ बजार पठाउन सक्ने अवस्था नभएको बताउँछन् । कर्णाली राजमार्गका दहीखोला, गगनेखोला, एसमोड, पिली, सेरावाडा, सिम्लेलगायत खण्डमा दैनिकजसो पहिरो खस्ने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बर्खा लागेयता कर्णाली राजमार्ग ४३ दिन अवरुद्ध भएको कार्यालयको तथ्यांक छ । 'माथिबाट चट्टानसहितको हिलो र लेदो खसेर सडक अवरुद्ध भइरहने गरेको हो,' कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरले भने, 'कमजोर भूगोल भएकाले कालीकोट खण्डमा पहिरो खसेको खस्यै हुन्छ ।' सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार Thursday, October 8, 2026 महताराले एउटा पहिरो पन्छाउन नपाउँदै अर्को ठाउँमा पहिरो खस्ने समस्या रहेको बताए । 'सडक खुलाउन जुम्ला खण्डमा दुई र कर्णाली करिडोरमा दुई वटा डोजर राखिएको छ,' उनले भने, 'अहिले त दैनिकजसो पहिरो हटाउने काम मात्र हुने गरेको छ ।' जुम्लाका व्यापारी कटक बुढ्थापाले राजमार्ग अवरुद्ध हुँदा नेपालगन्ज पठाउन लागिएका चार स्याउका ट्रक सेरावाडा, भिग्म र हुल्ममा रोकिएको बताए । छायानाथराराका चन्द्रबीर महताराले बाटोमा एक दिन गाडी रोकिए पनि स्याउ कुहिने बताए । 'परम्परागत विधिबाट भण्डारण गर्दा पनि दुई साताभन्दा बढी स्याउ जोगाउन सकिँदैन | सडक सधैं चले त ae स्याउ नै बजार पुग्थ्यो,' उनले भने । भेरी करिडोरअन्तर्गत डोल्पा-जाजरकोट सडक खण्ड पनि खुल्दै-बन्द हँदै गर्दा डोल्पाका किसानले ढुक्कसँग स्याउ बजार Psa सकेका छैनन् । दुई सातायता तासुगाड र बौलाहा खोलामा बाढी आउँदा सवारीसाधन वारपारमा समस्या भएको छ । डोल्पाको त्रिपुरासुन्दरीका पूर्ण बुढाले तीन सय क्विन्टलजति स्याउ बजार पठाउन बाँकी रहेको बताए । उनले करिब नौ सय बोट स्याउ लगाएका छन्, पाँच सय बोटले उत्पादन दिइरहेका छन् । करिब दुई सय क्विन्टल स्याउ मात्र बजार पठाउन सकेको उनले सुनाए । 'कोल्डस्टोरेज भए त दुई-तीन महिना स्याउ भण्डारण गर्न सकिन्थ्यो,' उनले भने, 'कोल्डस्टोरेज नहुँदा afer डरले टिप्नेबित्तिकै स्याउ बजार पठाउनुपर्छ ।' उत्पादनदेखि बजारसम्म बाधा अड्चन आए पनि सिजनमा कर्णालीको स्याउले देशको ठूलो बजार धानिरहेको छ। कर्णालीको स्याउले नेपालको ४७ प्रतिशत बजार धान्ने गरेको प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार कर्णालीमा ३० हजार ४ सय १९ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गत वर्ष ३१ हजार १ सय २ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष पनि त्यही हाराहारीमा उत्पादन हुने अनुमान गरिएको मन्त्रालयका सचिव सञ्जीवक्मार कर्णले बताए । सुर्खेत र नेपालगन्जबाट खाद्य तथा निर्माण सामग्री बोकेर गएका ट्रक अहिले जुम्ला, मुगु र कालीकोटबाट स्याउ भरेर फर्किन्छन् । 'अर्गानिक र स्वादिलो भएकाले अहिले कर्णालीको स्याउ देशैभरि गइरहेको छ,' कर्णले भने, 'यहाँको स्याउले तिहार र छठसम्म सबैतिरको माग धान्छ ।' कर्णालीमा फुजी, गाला, किरड र गोल्डेन जातका स्याउ उत्पादन भइरहेका छन् । तर भण्डारणको समस्या, ग्रेडिङको अभाव, सडक असुविधा र प्याकेजिङको समस्याका कारण कर्णालीको स्याउ बजार पुग्याउन र राम्रो भाउ पाउन समस्या भएको कर्णले बताए । उनका अनुसार गत वर्ष १ हजार १ सय ०१ मेट्रिक टन स्याउ बाहिर जाँदा ३३ करोड १५ लाख रुपैयाँको कारोबार भएको थियो । कर्णालीमा सबैभन्दा धेरै जुम्लामा करिब ४ हजार १ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यो वर्ष १२ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनका अनुसार अहिलेसम्म करिब ५० प्रतिशत स्याउ बजार गइसकेको छ। जुम्लालाई साबिक जिल्ला विकास समितिको १४ औं जिल्ला परिषद्ले २०५७ मा 'अर्गानिक जिल्ला' घोषणा गरेको थियो । त्यही वर्ष 'एक घर, एक स्याउ ater’ को अवधारणा पनि अघि सारिएको थियो । जुम्लाका १९ हजार घरमध्ये करिब १६ हजार घरधुरीले स्याउ खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ। रासायनिक मल, विषादी र अन्य रसायन प्रयोग नभएकाले कर्णालीको स्याउ अर्गानिक रहेको अधिकारीको भनाइ छ । गुणस्तरीय उत्पादनसँगै ग्रेडिङ, लेबलिङ तथा प्याकेजिङमा ध्यान दिन सके अन्तर्राष्ट्रिय बजारमा पनि erst सकिने उनी बताउँछन् । कर्णालीमा अहिले एउटा पनि कोल्ड स्टोरेज छैन । बजेट अभावमा कोल्ड स्टोरेज निर्माण गर्न समस्या भएको सचिव कर्णले बताए । त्यसैले फलफूल र तरकारी भण्डारण गर्न नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । मन्त्रालयका सचिव कर्णले जिल्ला कृषि विकास कार्यालयमार्फत स्याउ खेतीमा किसानलाई सहयोग भइरहेको जानकारी दिए । 'मलखाद व्यवस्थापन, गोडमेल र काँटछाँट गर्दा किसानको बारीमै प्राविधिक खटाउने गरेका छौं | किसानलाई बिरुवा खरिद, विभिन्न जैविक विषादी, कार्टुनलगायतमा अनुदान दिने गरिएको छ,' उनले भने, 'किसानलाई तालिम र विभिन्न उपकरण खरिदमा पनि सहयोग गरिएको छ ।' उत्पादन बढ्दै गए पनि किसानले भोगिरहेको बजार र भण्डारणको समस्या समाधान गर्ने संरचना भने अझै बनेको छैन । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष स्याउको खेती, उत्पादन र बजारीकरणका लागि 'स्याउ बोर्ड' गठन गर्ने योजना अघि सारेको थियो । त्यसका लागि १४ करोड रुपैयाँसमेत विनियोजन गरिएको थियो । तर बोर्ड गठन भएको छैन । 'सरकारले योजना त ल्याउँछ तर कार्यान्वयनमा ad बेवास्ता गरिन्छ,' कृषि विज्ञ घनश्याम रिजालले भने । बैंकमा Cashdeposit बैंक धितोफुकुवा गर्नुपरेमा ९5०१०४५२ CASHDEPOSIT, 9851057609 वर्गीकृत विज्ञापन सहकारीमा धितोफुकुवा, 9841050858 सस्तोमा ढल मंगाल जामसखोल्ने सस्तोमा ढलदवाइलेट जामखोल्ने 9841663344 धाराबत्ति, ट्वाईलेट, सस्तोमा ९७४३८५५२६९३ मंगाल किचनकोकाम सस्तोमा ढलमंगाल सेफटीदयांकी जामखोल्ने 9851253840 — मासुपसलको लागि हेत्पर आवश्यक खानवस्नको व्यवस्था ड्राइभर चाहियो काठमाडौंको लागि 9808632257 २३०००।- ९८५२३००५३५४ घर प॒सलकोलागि महिला कामदार चाहियो ९८४१६१५२९८ सेक्युरिटी गार्ड तु अर्जेन्ट १९,०००- i गा, | सस्तोमा CASHDEPOSIT, ieee, वेक्नैनिदुदछ डि 809. । घितोफकुवा, बैकलीन 9857367968 रिजन एड मिडिया एण्ड मार्केटिङ्ग पेप्सीकोला /कोटेश्वर सुस्मिता क्लासिफाइड नयाँबानेश्वर सिद्धि गणेश एडभरटाइजिङ्ग फुलबारी टोल, कपन बुनिटेक आई.टी. सोलुसन चुच्चेपाटी जयबागेश्वरी कम्युनिकेशन जयबागेश्वरी हलफ्याक्स मिडिया एण्ड कम्युनिकेशन जमल पब्लिक कन्ट्याक्ट प्वाइन्ट कालिमाटी न्यू लालित्य प्रिन्ट एण्ड ट्रेडस लगनखेल भ्याली कम्युनिकेशन सर्भिस महाराजगञ्ज बि. एण्ड बि. कम्युनिकेशन कलंकी लोटस एडभरटाइजिङ्ग मिडिबा प्रा.लि. गोंगबु, नयांवसपार्क विडलिंक मिडिया पु. बानेश्वरचोक अनलाइन विज्ञाप