Notice Park
Nepal Red Cross Society
News

Red Cross Monthly Newsletter Baishakh 2083 May 24, 2026 • 1 min read Red Cross Monthly Newsletter Baishakh 2083

Summary

मानवताको लागि एकबदद होऔँ भन्ने नाराका साथ बिश्व रेडक्रस दिवस काठमाडौं, वैशाख २५ गते | रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइने विश्व रेडक्रस दिवस (मे 5) नेपाललगायत विश्वभरि “मानवताको लागि एकबद्ध होऔँ” ९ग्लष्तभम ष्ल ज्फबलष्तथ० भन्ने नाराका साथ मनाइएको छ। नेपाल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Red Cross Society
Industry
NGO/INGOs
Category
News
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मानवताको लागि एकबदद होऔँ भन्ने नाराका साथ बिश्व रेडक्रस दिवस काठमाडौं, वैशाख २५ गते | रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइने विश्व रेडक्रस दिवस (मे 5) नेपाललगायत विश्वभरि “मानवताको लागि एकबद्ध होऔँ” ९ग्लष्तभम ष्ल ज्फबलष्तथ० भन्ने नाराका साथ मनाइएको छ। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा दिवसका अवसरमा सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मा र महामन्त्री मीनवहादुर मल्ल, सदस्य, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठ र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ नेपाल प्रमुख डेभिड फिसरले संयुक्त रूपमा झण्डोत्तोलन गर्नुभएको थियो । दिवसका अवसरमा आयोजित मूल समारोहमा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्य, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठ र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ नेपाल प्रमुख डेभिड फिसरलगायतले रेडक्रसका संस्थापक जाँ हेनरी डयुनाको तस्विरमा मार्ल्यापण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटीले स्वहेरचाह र मनोसाजिक सेवा कक्षको शुभारम्भ गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्माले नेपाल रेडक्रस सोसाइटीमा ठुलो सङ्ख्यामा युवा सहभागिता रहेको र युवाहरूलाई थप जिम्मेवारीसहित नेतृत्वमा ल्याउन पहल गरिरहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनवहादुर मल्लले मानवीय सेवाका गतिविधिहरूलाई प्रभावकारी बनाउन रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूको आचारण र व्यवहारमा मानवता र ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठले द्वन्द तथा बिपद्‌्बाट प्रभावित विश्वका एक सय ३० भन्दा बढी राष्ट्रमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूले सेवा पुग्याइरहेको बताउनुभयो | सम्पन्न 7 = उहाँले पारिवारीक सम्पर्कको पुनस्थापना, शव व्यवस्थापन, सुरक्षित पहँचलगायतका क्षेत्रमा नेपाल रेडक्रससँग साभेदारी गर्दै आइरहेको बताउनुभयो | रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआर सी नेपालका प्रमुख डेभिड trace विश्वमा रेडक्रस अभियान मानवीय सेवाका क्षेत्रमा एकबद्ध रहेको बताउनुभयो । थुप्रै चुनौतीहरूका बिचमा पनि नेपाल रेडक्रस सोसाइटीले भूकम्प, बाढीपहिरो तथा सुख्खा समयमा मानवीय सेवाका क्षेत्रमा गरेका कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो । युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसका अध्यक्ष रविना चौलागाईँले मानवीय सेवाका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सबै युवाहरू एकबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले यसवर्षको नाराले दिएको सन्देश र दिवसको (बाँकी पृष्ठ २ मा) रेडक्रस मासिक वैशाख २०८३ विश्व रेडक्रस दिवस Aaa लागि एकबढ् होऔँ हरेक वर्ष मे ८५ का दिन विश्वभर मनाइने विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मानवता, करुणा, सहकार्य र निस्वार्थ सेवाको भावना पुन: स्मरण गर्ने महत्वपूर्ण अवसर हो । यस वर्ष “मानवताका लागि एकबद्ध होऔँ” भन्ने मूल नारासहित मनाइँदै गरेको यो दिवसले हालको विश्व परिवेशमा मानवीय मूल्यको आवश्यकता र सान्दर्भिकतालाई अझ स्पष्ट रूपमा उजागर गरेको छ । संसार अहिले प्राकृतिक बिपद्‌, महामारी, युद्ध, जलवायु परिवर्तन, आर्थिक असमानता तथा विभिन्न मानवीय सङ्कटहरूको चपेटामा परेको छ । यस्तो अवस्थामा पीडामा परेका मानिसहरूको जीवन रक्षा, राहत, उद्धार र पुनःस्थापनाका लागि रेडक्रस तथा रेडक्रिसेन्ट अभियानले विश्वभर निरन्तर मानवीय सेवा प्रदान गर्दै आएको छ । विश्व रेडक्रस तथा रेडक्रिसेन्ट अभियानका संस्थापक जाँ हेनरी डयुनाको जन्मदिनको अवसरमा मनाइने यो दिवस केवल उत्सव मनाउने दिन मात्र नभई मानवताको पक्षमा उभिने प्रतिबद्धताको दिन पनि हो । रेडक्रस आन्दोलनका सान्दर्भिकताको बारेमा जानकारी गराउनुभएको थियो दिवसका अवसरमा रेडक्रसका सिद्धान्त, विश्व रेडक्रस दिवस २०२६को नारा, नेपाल रेडक्रस सोसाइटीका कर्मचारी तथा स्वयंसेवकहरूको कार्याअनुभवका वारेमा मौखिक प्रस्तुतीको आयोजना गरिएको थियो | जसमा युवा स्वयंसेवक इश्वर रेग्मी प्रथम, जुनियर युवा विभागका राम श्रेष्ठ द्धितिय र युवा स्वयंसेवक सुरज सिंहले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । विजेताहरूलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य डाक्टर गंगाधर अधिकारी, नेपाल रेडक्रस सोसाइटीका पूर्व निमित्त कार्यकारी निर्देशक तथा रेडक्रस वित्त आयोगका सदस्य धर्मदत्त विडारी र लैङ्गिक, संरक्षण तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले प्रशंसापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सदस्य सुर्यकुमारी श्रेष्ठ, निमित्त। कार्यकारी निर्देशक मोना अर्याल, साझेदार राष्ट्रिय सोसाइटीका प्रमुख तथा प्रतिनिधिहरू र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो | दिवसका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । जसमा, १७ जनाले रक्तदान गर्नुभएको थियो । सात आधारभूत सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता र विश्वव्यापकता आज पनि अभियानका प्रत्येक गतिविधिका मार्गदर्शक सिद्धान्तका रूपमा रहेका छन्‌ । आज विश्वभर करोडौँ स्वयंसेवक तथा कर्मचारीहरू सङ्कटका बेला जोखिम मोलेर मानवीय सेवामा खटिरहेका छन्‌ । उनीहरू जात, धर्म, भाषा, राजनीतिक विचार वा सीमाभन्दा माथि उठेर केवल मानवताको आधारमा सेवा गरिरहेका छन्‌ । नेपालमा नेपाल रेडक्रस सोसाइटीले वि.सं. २०२० सालदेखि निरन्तर रूपमा मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । देशका सातै प्रदेश, ७७ जिल्ला तथा स्थानीय तहसम्म फैलिएको यसको सञ्जालमार्फत लाखौँ स्वयंसेवकहरू परिचालित छन्‌ । प्राकृतिक विपद्‌, महामारी, आगलागी, भूकम्प, बाढीपहिरो वा अन्य सङ्कटका समयमा नेपाल रेडक्रस सधैँ अग्रपङ्क्तिमा देखिने संस्था बनेको छ । रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ, सामुदायिक विकास, युवा परिचालन र बिपद्‌ व्यवस्थापनका क्षेत्रमा यसको योगदान उल्लेखनीय छ । प्रत्येक वर्ष लाखौँ नागरिकले रेडक्रसको सेवाबाट प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन्‌ । विशेषगरि २०७२ सालको भूकम्प, कोभिड-१९ महामारी तथा बाढीपहिरोजस्ता बिपद्का समयमा रेडक्रसका स्वयंसेवकहरूले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय छ । आफनो व्यक्तिगत सुरक्षा र सुविधा भन्दा माथि उठेर समुदायको सेवामा खटिनु सामान्य कुरा होइन । उनीहरूको समर्पणले मानवताको वास्तविक अर्थलाई जीवन्त बनाएको छ । यही निस्वार्थ सेवाभावका कारण रेडक्रसप्रति नागरिकहरूको भरोसा अझ मजबुद बन्दै गएको छ । नेपाल रेडक्रसलाई अझ प्रभावकारी, पारदर्शी र सशक्त बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था पनि उत्तिकै महत्वपूर्ण छ । लामो समयदेखि महसुस गरिएको रेडक्रस कानुनको अभावले संस्थाको तटस्थता, स्वतन्त्रता र सुशासनलाई थप मजबुद बनाउन चुनौती सिर्जना गरेको छ I त्यसैले नेपाल सरकार तथा सम्बन्धित निकायहरूले रेडक्रस कानुन निर्माणतर्फ गम्भीर पहल गर्नु आवश्यक देखिन्छ । सशक्त कानुनी आधारले मात्र रेडक्रस अभियानलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुग्नेछ | विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवसको यस वर्षको नारा “मानवताका लागि एकबद्ध होऔँ” केवल शब्दमा सीमित नरहोस्‌ | यसले समाजमा सहकार्य, करुणा, सामाजिक उत्तरदायित्व र मानवताप्रतिको सम्मानलाई व्यवहारमा उतार्ने प्रेरणा प्रदान गरोस्‌ । मानवताको सेवामा एकताबद्ध भएर अघि बढ्नु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो । रट के ( प्रधान सम्पादक : मीनबहादुर मल्ल )\ कार्यकारी सम्पादक : विपुल न्यौपाने | सहायक सम्पादक : सुशीला ढकाल }) देशैभर - राष्ट्रिय पोषण लेखाजोखा अभियान 'यस अभियानमा सहभागी बनी आफना ६-५९ महिनाका यालबालिकामा पोषण लेखाजोखा मार्फत शीप्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्वक उपचार सेवा सुनिश्चित गरौं। | कन जन्त साथै बालकालिकाको खोप काई जाँच गरि a सबै नियमित खोप लगाएको सुनिश्थित गरौ । £%& ङ Ls शाश्वत वाणी रेडक्रस मासिक वैशाख २०८३ सामुदायिक जीविकोपार्जन प्रवर्धन कार्यक्रममार्फत विपन्न समुदायको नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाद्वारा आइरिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित “सामुदायिक जीविकोपार्जन प्रवर्धन कार्यक्रम” को तेस्रो चरण हाल तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं.१ र११ मा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । सन्‌ २०२५ अक्टोबरदेखि २०२७ सेप्टेम्बरसम्म सञ्चालन हुने उक्त कार्यक्रमले जलवायु अनुकूलन तथा वैकल्पिक जीविकोपार्जनमार्फत समुदायको आर्थिक तथा सामाजिक उत्थानमा योगदान ATS लक्ष्य राखेको छ । यसअघि कार्यक्रमको पहिलो तथा दोस्रो चरण म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा सफलतापूर्वक सम्पन्न भएको थियो। परियोजनाले अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखी उच्च आम्दानी दिने नगदेबाली, तरकारी टनेल खेती, पशुपालन, गोठ सुधार तथा सिपमूलक व्यवसायमा सहभागी गराउँदै आएको छ । कार्यक्रमको मुख्य उद्देश्य सङ्कटासन्न समुदायको स्वास्थ्य, सुरक्षा, कल्याण तथा जीविकोपार्जन सुदृढ गर्दै बिपद्‌ जोखिम न्यूनीकरण र आर्थिक आत्मनिर्भरतामा सहयोग पुच्याउनु रहेको छ। कार्यक्रम सञ्चालनका क्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखा र शुक्लागण्डकी नगरपालिका बिच समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त समझदारीपत्रमा जिल्ला शाखा सभापति डा.कृ्‌ष्णप्रसाद गौतम तथा नगर प्रमुख कृष्णराज पण्डितले हस्ताक्षर गर्नुभएको थियो । परियोजनाले पारम्भिक चरणमा परियोजना क्षेत्रमा आधारभूत सर्वेक्षण सञ्चालन गरी समुदायको आवश्यकता तथा सम्भावित जीविकोपार्जन गतिविधिहरू पहिचान गरेको थियो । त्यसपश्चात वडा नं. १ र ११ का रद वटा समुदाय समेटेर ६ वटा बृहत्‌ सामुदायिक उत्थानमा सहयोग भेला आयोजना गरिएको थियो । उक्त भेलामा जम्मा ४१७ जनाको सहभागिता रहेको थियो, जसमा १५६ जना महिला तथा २३१ जना पुरुषको सहभागिता रहेको थियो । जीविकोपार्जन सहयोगका लागि वडा नं. १ बाट ३५९ र वडा नं.११ बाट ३५४ आवेदन प्राप्त भएकोमा पूर्वनिधीरित मापदण्डका आधारमा पहिलो वर्षका लागि ५०० जना लाभग्राही छनोट गरिएको परियोजनाले जनाएको छ । छनोट गरिएका लाभग्राहीमध्ये ३१५ जनालाई उच्च आम्दानी दिने नगदेबाली, ३५ जनालाई तरकारी टनेल खेती, १०० जनालाई पशुपालन तथा गोठ सुधार र ५० जनालाई सिपमूलक व्यवसायअन्तर्गत समावेश गरिएको छ । साथै दोस्रो वर्ष थप १५० जना लाभग्राही छनोट गरिने योजना रहेको छ । लाभग्राही छनोटपश्चात कृषकहरूको कृषि जमिनमा माटो परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । गण्डकी प्रदेश कृषि विकास निर्देशनालय अन्तर्गतको माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराको प्राविधिक टोलीद्वारा २०४ जना कृषकका २२२ वटा माटो नमूना परीक्षण गरिएको थियो । परीक्षणमा नाइट्रोजन, फस्फोरस, पोटास तथा पिएच मान विश्लेषण गरी कृषकहरूलाई उपयुक्त खेतीसम्बन्धी सुझाव प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी कृषकहरूलाई माटो परीक्षण प्रक्रिया प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै आफनो माटोको अवस्था सम्बन्धी जानकारी प्रदान गरिएको थियो। त्यसैगरी, परियोजनाले हालसम्म ३४५ जना लाभग्राहीलाई मौरीपालनसम्बन्धी ४ वटा, तरकारी टनेल खेतीसम्बन्धी २ वटा, अदुवा खेतीसम्बन्धी दुई वटा तथा फलफूल खेतीसम्बन्धी ४ वटा तालिम सञ्चालन गरिसकेको छ । उक्त तालिमहरू कृषि विज्ञ तथा सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तित्वहरूको सहजीकरणमा सञ्चालन गरिएको थियो । साथै पशुपालन, गोठ सुधार तथा सिपमूलक व्यवसायसम्बन्धी थप तालिम सञ्चालन गर्ने तयारी भइरहेको परियोजनाले जनाएको छ । तालिमप्राप्त लाभग्राहीहरूमध्ये २६७ जनालाई रु. २९ हजार सहयोग रकममध्ये पहिलो किस्ताबापत रु. सत्रहजार चार सय वितरण गरिएको छ भने बाँकी दोसो किस्ता लाभग्राहीहरूको कार्यप्रगति तथा अनुगमनपछि उपलब्ध गराइनेछ | यस परियोजनाअन्तर्गत जलवायु परिवर्तन अनुकूलनसम्बन्धी तीनदिने तालिम मोड्युल तयारी कार्यशाला पनि सम्पन्न गरिएको थियो । कार्यशालामा जलवायु परिवर्तन न्यूनीकरण रणनीति, अनुकूलन उपाय, दिगो विकास लक्ष्य, हरित रोजगार सिर्जना, विपद्‌ जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको थियो । कार्यक्रममा रेडक्रसका स्वयंसेवक, कर्मचारी तथा परियोजना प्रतिनिधि गरी १६ जनाको सहभागिता रहेको थियो | उक्त तालिम मोडयुल आगामी दिनमा रेडक्रसका स्वयंसेवक, कर्मचारी, सरोकारवाला तथा लाभग्राहीका लागि पनि सञ्चालन गरिनेछ । परियोजनाले प्रत्येक वडामा दुई-दुई जना सामाजिक परिचालक नियुक्त गरी लाभग्राहीहरूसँग निरन्तर समन्वय, सहजीकरण तथा प्राविधिक सहयोग गर्दै आएको छ । यसले लाभग्राहीहरूको कृषि उत्पादकत्व तथा आत्मनिर्भरतामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ । साथै परियोजनाले नगरपालिका, वडा कार्यालय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै कार्यक्रमको नियमित अनुगमन तथा सुझाव प्रदान गर्ने कार्यसमेत गर्दै आएको छ। परियोजनाले आगामी दिनहरूमा किसानहरूको अवलोकन भ्रमण, विपद्‌ तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी चेतनामूलक कार्यक्रम, जलवायु स्मार्ट च्याम्पियन समूह गठन, बजार पहँच अभियान, वित्तीय व्यवस्थापन तथा बजारीकरण तालिम, बीमा तथा वित्तीय संस्थासँग समन्वय, सूचना सामग्री वितरण, थप लाभग्राही सहयोग तथा जलवायु स्मार्ट कृषि र स्वास्थ्यसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गर्ने योजना रहेको छ । यस कार्यक्रमले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, जलवायु अनुकूलन क्षमता अभिवृद्धि तथा दिगो जीविकोपार्जन विकासमा महत्वपूर्ण योगदान पुन्याउनेछ | दार्चुला, वैशाख १३ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले जिल्लामा पहिलो पटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पहिलो पटक सञ्चालनमा ल्याइएको रक्तसञ्चार केन्द्रलाई एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी दार्चुला जिल्ला शाखाका सभापति गोपालसिंह महरको अध्यक्षता एवम्‌ दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नाको प्रमुख आथिथ्यतामा रक्तसञ्चार केन्द्रको उदघाटन गरिएको हो । जिल्ला रेडक्रसका सभापति गोपाल सिह महरले भन्नभयो “निकै ठूलो पहलपछि ढिलै भए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ। यो हामी जिल्लावासीका लागि गौरवको विषय हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी व्यवस्थापकीय कार्य गरेका छौँ। अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ ।” विगतका वर्षहरूमा रक्तसञ्चार केन्द्र नहँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा विरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो । सुत्केरी महिला, दुर्घटना तथा आकस्मिक रूपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्था रहेको थियो । अहिले रक्तसञ्चार सेवाको स्थापना भएपछि स्थानीय हर्षित भएका छन्‌ । स्थानीयवासी महेश भट्टका अनुसार जिल्लामा रक्तसञ्चार सेवा नहुँदा अत्यन्तै समस्या थियो । कतिपयलाई जिल्लामा रगत नपाएर बाहिर पठाउँदा बाटोमा ज्यान गएको अवस्था उहाँले स्मरण गर्नुभयो | जिल्लावासीका लागि खुशीको क्रा हो तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ । भट्टले भन्नुभयो “अहिले रक्तदान कार्यक्रममार्फत रगत सङ्कलनको काम पनि भइरहेको छ ।” उद्घाटन कार्यक्रममा सरोकारवाला निकाय, स्वास्थ्यकर्मी तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो । जिल्लामा रक्तसञ्चार सेवाको अभावलाई ध्यानमा राख्दै स्थापना गरिएको रक्तसञ्चार सेवा केन्द्रले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ 1 रेडक्रस र काठमाडौं महानगरको समन्वयमा सञ्चालित प्राथमिक उपचार तालिमको समिक्षात्मक गोष्ठि सम्पन्न काठमाडौँ, वैशाख ३ गते । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको प्राथमिक उपचार तालिमको पहिलो चरणको समीक्षात्मक बैठक सम्पन्न भएको छ । काठमाडौँ महानगरको आर्थिक सहयोगमा महानगरपालिकाको ६ वटा वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरूमा आफूमा आत्मविश्वास हुने र घरमा सामान्य रूपमा चोटपटक लाग्दा कसरी उपचार गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्राप्त हुनेछ । काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलका अनुसार नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाद्वारा महानगरका ३२ वटै वडाका स्थानीय बासिन्दाका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिने छ । हाल सम्म सञ्चालित तालिममा स्थानीय र जनप्रतिनिधिहरू गरी ९० प्रतिशत महिलाको सहभागिता रहेको थियो । बाँकी तालिम वैशाख ६ गतेबाट सुरु भएर जेठ मसान्तसम्म जारी रहने छ। समीक्षा गोष्ठीमा काठमाडौँ महानगरका महामारी रोकथाम नियन्त्रण फोकल पर्सन क्रषि भुसालले जनस्वास्थ्यलाई प्रवर्धन गर्ने काममा महानगर सधैँ अगाडि रहने बताउनु भयो । मानिसको जीवन बचाउने कला तथा सिप सिकाउने कामलाई महानगरले सधैँ प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

Like

0

Views

7

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.