Red Cross Monthly Newsletter of Asar 2083
Summary
कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। बसेको मन्त्रिपरिषद्को बैठकले विनोदकुमार शर्माको अध्यक्षतामा रहेको तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । समितिको महामन्त्रीमा गोरखाका क्राषिरमण खनाल, कोषाध्यक्षमा काठमाडौँका प्रेमसागर कर्माचार्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2310d2bd-dda1-4d5d-beec-ab1fec6148ea.pdfPDF · 8 pages · 623 KBOpen
Key details
- Organization
- Nepal Red Cross Society
- Industry
- NGO/INGOs
- Category
- News
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल रेडक्रस सोसाइटी ERA मा नबगठित तदर्थ समितिको पदभार ग्रहण काठमाडौँ, असार ७३ गते | नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को नवगठित तदर्थसमितिका पदाधिकारीहरूले नेरेसो केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। मिति २०५३ जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले विनोदकुमार शर्माको अध्यक्षतामा रहेको तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । समितिको महामन्त्रीमा गोरखाका क्राषिरमण खनाल, कोषाध्यक्षमा काठमाडौँका प्रेमसागर कर्माचार्य र सदस्यहरूमा भोजपुरका बसन्तकुमार श्रेष्ठ, दाङकी अबिस्मी न्यौपाने, तेह्रथुमका पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सुर्खेतका मोहम्मद आयतुल्ला रहमान र कैलालीका मञ्जु साउँद (बोहरा) रहनुभएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको मिति २०५३ जेठ २९ गतेको पत्रानुसार तदर्थ समितिलाई नेपाल रेडक्रस सोसाइटीमा डिजिटल सदस्यता प्रणाली विकास गरी सो प्रणालीमा सबै सदस्यको अनिवार्य रूपमा सदस्यता दर्ता, नवीकरण, अद्यावधिक गर Waa व्यवस्था गर्ने, सदस्यता विस्तार गर्न सामाजिक सञ्जालसमेतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने, युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न पहल गर्ने, हालको साङ्ठानिक संरचनालाई नेपालको संविधानको सङ्घीय शासकीय व्यवस्था बमोजिम ,प्रदेश, जिल्ला र स्थानीय तहमा पुनःसंरचना गर्ने, एक व्यक्त एक पदको नीति अनिवार्य रूपमा लागु हुने व्यवस्था गर्ने र डिजिटल अद्यावधिक सदस्यहरूबाट सोसाइटीको निर्वाचन गराउनेलगायतका जिम्मेवारी प्राप्त छ। नेरेसोको नव गठित तदर्थ समितिलाई नेरेसोका कर्मचारीहरूले केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको थियो । विपद् पूर्वतयारी परियोजनाको समीक्षा बैठक सम्पन्न जुम्ला, असार १६ गते । नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाबाट जिल्लाको चन्दननाथ नगरपालिकामा सञ्चालित शहरी पूर्वतयारी तथा आपतृकालीन प्रतिकार्य प्रवर्धन परियोजनाको समिक्षा बैठक सम्पन्न भएको छ। स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय तथा चन्दननाथ नगरपालिकासँगको आर्थिक साभेदारीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्वारा सञ्चालित शहरी पूर्वतयारी तथा आपतकालिन प॒तिकार्य पवर्धन परियो जनाअन्तर्गत सन् २०२६ मा परियोजनाबाट सम्पन्न भएका गतिविधिहरूको उपलव्धी, सिकाइ र अनुभव आदान प्रदान गर्ने तथा पृष्ठपोषण सङ्कलन गर्ने उद्देश्यले समीक्षा बैठकको आयोजना गरिएको हो । बैठकमा परियोजनाअन्तर्गत सम्पन्न गरिएका गतिविधिहरूको प्रस्तुतीकरण कार्यक्रम अधिकृत इश्वरा सुवेदीले गर्नु भएको थियो । चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाल, नगरपालिकाका उपप्रमुख रामदेवी खड्का, नेरेसो जुम्ला जिल्ला शाखाका कार्यवाहक सभापति जगदीश चौलागाईसहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो | रेडक्रस मासिक असार २०८३ बिपद् ब्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीको निरन्तर योगदान नेपाल प्राकृतिक विपद्हरूको दृष्टिले संवेदनशील देश हो । बाढी, पहिरो, भूकम्प वा महामारी जस्ता विपद्हरूले बारम्बार समुदायलाई सङ्कटमा पार्ने गरेका छन् । यस्ता विपद्का बेलामा प्रभावित समुदायलाई सुरक्षित राख्न, राहत पुग्याउन र दीर्घकालीन व्यवस्थापनमा सहयोग पुग्याउन संस्थागत सहकार्य अपरिहार्य हुन्छ | यस सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी (नेरेसो) निरन्तर अग्रपंक्तिमा देखिँदै आएको छ । विपद् व्यवस्थापनका क्रममा नेरेसोले प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, पीउने पानी, खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री र अन्य आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिएको छ । तत्काल राहतसँगै दीर्घकालीन व्यवस्थापनमा पनि योगदान पुग्याउनु नेरेसोको मानवीय उत्तरदायित्वको प्रमाण हो । नेरेसोको सक्रियता केवल राहत वितरणमा सीमित छैन । यसले स्थानीय समुदाय, सरकारी संयन्त्र र अन्य संस्थासँग सहकार्य गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाएको छ । विपद्का बेलामा असुरक्षित अवस्थामा रहेका बालबालिका, महिला, ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा पुन्याउने, अस्थायी बसोबासको व्यवस्था गर्ने, र दीर्घकालीन पुनर्स्थापनाका लागि पहल गर्ने कार्यहरू नेरेसोले निरन्तर गर्दैआएको छ । यसरी, विपद् व्यवस्थापन केवल तत्कालीन राहतमा सीमित नभई दीर्घकालीन पुनर्निर्माण र सामाजिक उत्तरदायित्वसँग जोडिएको छ । यस्ता गतिविधिमार्फत नेरेसोले मानवीय पीडा कम गर्न जुनसुकै समयमा पनि तयार रहेको स्पष्ट सन्देश दिएको छ । यो समुदायप्रतिको प्रतिबद्धता र विपद् व्यवस्थापनको महत्त्वपूर्ण प्रयास हो । नेरेसोले विभिन्न विपद्मा देखाएको तत्परता र सक्रियता समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ । विपद् व्यवस्थापनमा राज्य मात्र होइन, नागरिक समाज र मानवीय संस्थाको सहकार्यले मात्र जीवन बचाउन सकिन्छ भन्ने तथ्य नेरेसोको कार्यले पुष्टि गरेको छ । यसले विपद्का बेलामा सबै पक्षले आफ्नो जिम्मेवारी पूरा गर्दा मात्र प्रभावकारी परिणाम आउँछ भन्ने देखाएको छ । त्यसैले, प्राकृतिक विपद् जस्तो चुनौतीलाई सामना गर्न राज्य, संस्था र नागरिक बिच निरन्तर सहकार्य र उत्तरदायित्व आवश्यक छ । विपद् बेलामा तत्काल राहत मात्र होइन, दीर्घकालीन व्यवस्थापन र सुरक्षित भविष्य सुनिश्चित गर्नु नै हाम्रो साझा कर्तव्य हो । नेरेसोको निरन्तर तत्परता र प्रतिबद्धता समाजका लागि प्रेरणादायी उदाहरण बनेको छ। विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपबाट अघि बढाउन नेरेसोको निरन्तर भूमिका अझै महत्त्वपूर्ण हुन्छ । विपद् व्यवस्थापनमा नेरेसोको निरन्तर तत्परता, सहकार्य र मानवीय प्रतिवद्धता केवल सङ्कटको क्षणमा मात्र नभई समाजलाई सुरक्षित भविष्यतर्फ अघि बढाउने आधार हुन् । विपद् व्यवस्थापनलाई सामूहिक जिम्मेवारीका रूपमा बुभ्दै सबै पक्षले आफ्नो भूमिका निर्वाह गर्दा मात्र विपद्को पीडा कम गर्न सकिन्छ | जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न कर्णाली प्रदेश, असार ११ गते । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशस्तरीय तेस्रो जुनियर युवा रेडक्रस गोष्ठी जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका २ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्लाशाखाको समन्वय र कर्णाली माध्यमिक विद्यालयको आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । कर्णाली माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कलका अध्यक्ष शुभेच्क्षा उपाध्यायको सभापतित्त्वमा भएको गोष्ठीको शुभारम्भ कार्यक्रममा जुम्ला जिल्ला समन्वय समितका संयोजक गौरीनन्द आचार्य, नेरेसो कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही, प्रमुख जिल्ला अधिकारी दीपक पौडेललगायत सुरक्षा निकाय, पत्रकार, नेरेसो कर्णाली प्रदेश, जिल्ला शाखा पदाधिकारी तथा सदस्य एवम् नेपाल रेडक्रस सोसाइटका कर्मचारीहरूको सहभागिता रहेको थियो । गोष्ठीमा जिल्ला प्रहरी कार्यालयबाट लागु औषध दूर्व्यसनीका बारेमा जानकारी, रेडक्रस अभियान, जुनियर /यूवा रेडक्रस सर्कल गठन प्रकृया, सर्कल कार्यसमितिको काम कर्तव्य अधिकार र सर्कल कार्यसमिति बैठक सञ्चालन कार्यविधि र प्रगति प्रतिवेदनको नमुना तथा चन्दननाथ घोषणापत्र तयारी, जिल्लाका जुनियर /यूवा रेडक्रस सर्कलहरुले गरिएको नवीनतम गतिविधीहरू र स्रोतसाधनको परिचालन तथा कोष व्यवस्थापनमा गरेको उत्कृष्ट अभ्यासको अनुभव आदान प्रदान, जुनियर युवा रेडक्रस सर्कलका चुनौतीहरू समस्याहरू र जुनियर /युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन गर्न सकिने संभावित कार्यहरू, युवा सहभागिता रणनीति सम्बन्धी जानकारी, प्रदेश स्तरीय विभिन्न मुख्य गतिविधिहरूको सूची तयार र आतिथ्य जिल्ला छनौट, चन्दननाथ घोषणा प्रस्तुत तथा पारित गरिएको थियो । २ दिनसम्म सञ्चालित गोष्ठीको सहजीकरण कर्णाली प्रदेश कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्री सदस्य नरविर सुनार जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदी र सामुदायिक परिचालक करविरबहादुर चन्दले गर्नुभएको थियो। गोष्ठीमा कर्णाली प्रदेशका ७ जिल्लाबाट एक सय ४४ जनाको सहभागिता रहेको थियो । शाश्वत वाणी प्रधान सम्पादक : त्रषिरमण खनाल कार्यकारी सम्पादक : विपुल न्यौपाने सहायक सम्पादक : सुशीला ढकाल “सफलता Balt होइन, निरन्तर मेहनत र लजावको परिणाम हो ।” -पेले रेडक्रस मासिक असार २०८३. जाजरकोट, असार २० गते । जाजरकोटको शिवालय गाउँपालिकामा परिष्कृत सङ्कटासन्नता तथा जोखिम विश्लेषण (DRR-CCA) सम्बन्धी चार दिने तालिम सम्पन्न सम्पन्न भएको छ। शिवालय गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सञ्चालित दिगो विकासका लागि स्वास्थ्य, अनुकूलन तथा उत्थानशीलता (Sustainable Development for Health, Adap- tation and — Resilience-SUDHAR) परियोजनाअन्तर्गत शिवालय गाउँपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्नका लागि तथ्याइकहरू सङ्कलन गर्ने जनशक्ति स्थानीय स्तरमै विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो। तालिममा सहभागीहरूलाई विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी आधारभूत अवधारणा, शब्दावली तथा परिचयका साथै जलवायुजन्य विपद्का विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो । तालिमकै क्रममा eVCA का विभिन्न औजारहरूको सैद्धान्तिक छलफल र प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । यसअन्तर्गत प्रकोपको पहिचान, ऐतिहासिक समयरेखा, प्रकोप स्तरीकरण तथा प्राथमिकीकरण, प्राकृतिक स्रोत तथा जोखिम नक्साङ्कन, मौसमी पात्रो, समस्या वृक्ष, संस्थागत विश्लेषण (सम्बन्ध चित्र) तथा सामुदायिक उत्थानशीलताका ११ वटा आयामसम्बन्धी विषयमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । सिकाईलाई थप प्रभावकारी बनाउन तालिम अवधिमा दुई दिने फिल्ड अभ्याससमेत गरिएको थियो । फिल्ड अभ्यासको क्रममा शिवालय परिष्कृत सङ्कटासन्नता तथा जोखिम विश्लेषणसम्बन्धी तालिम सम्पन्न गाउँपालिकाको वडा नं. २ र ३ मा समुदाय स्तरमा तथ्याङ्क सङ्कलन गर्ने कार्य सम्पन्न गरिएको थियो । तालिमको समापन सत्रको अध्यक्षता शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले गर्नुभएको थियो भने सहजीकरण नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयका कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्री, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन (DRR-CCA) अधिकृत भोजराज ओझा र नेरेसो जाजरकोट जिल्ला शाखाका कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गर्नुभएको थियो । in संकटासलता aT gee ven तातिम तालिममा परियोजनाअन्तर्गत कार्यरत सामुदायिक परिचालकहरू तथा गाउँपालिकाका सबै वडाबाट छनौट भएका विपद् स्वयंसेवक ब्यूरोका प्रतिनिधिहरू गरी जम्मा २३ जनाको सहभागिता रहेको थियो । तालिम पश्चात् सहभागीहरू आ-आफ्नो वडामा परिचालित भएर eVCA का औजारहरू प्रयोग गरी आवश्यक तथ्याङ्क सङ्कलन तथा समुदाय स्तरीय जोखिम विश्लेषण कार्यलाई अगाडि बढाउनेछन् । कपिलवस्तु, असार १५ गते । नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कपिलवस्तुको तौलिहवामा ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ। UNFPA को आर्थिक सहयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुगमन तथा सहजीकरणमा तालिम सञ्चालन भएको हो । तालिममा महाराजगन्ज नगरपालिकाका २४ जनाको सहभागिता रहेको थियो । तालिमबाट समुदायस्तरमा विपद् स्वयंसेवक तयार भई विपद् प्रतिकार्यमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बिपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न प्राथमिक उपचारका मुख्य उद्देश्यहरू ) ज्यान जोगाउनु, ) अवस्था बिग्रन नदिनु, ) स्वास्थ्य लाभमा सहयोग Ist | > बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महसुस गराउनु । रेडक्रस मासिक असार २०८३ पर्सा, असार १२ गते । हैजालगायत सरूवा रोगको सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी सुदृढ बनाउने उद्देश्यले वीरगञ्जमा आयोजित दुईदिने कार्यशाला सम्पन्न भएको छ। हैजालगायत सरुवा रोगको सम्भावित प्रकोपको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइको आदानप्रदान गर्नु र प्रभावकारी प्रतिकार्यका लागि सरोकारवाला निकाय बिच समन्वय अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा हैजा नियन्त्रण तथा व्यवस्थापन, आपत्कालीन स्वास्थ्य तयारी, समुदायस्तरको सचेतना, खानेपानी तथा सरसफाइ व्यवस्थापन, बहपक्षीय समन्वय तथा महामारी प्रतिकार्यसम्बन्धी विषयमा प्रस्तुति, छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो | नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेस्) डा.चितरञ्जन साहको अध्यक्षतामा भएको कार्यशालामा नेपाल रेडक्रस हेजालगायत सरुवा रोगको fag पूर्वतयारीः सचेतना तथा प्रतिकार्य तालिम सम्पन्न सोसाइटीका निमित्त कार्यकारी निर्देशक मोना अर्याल, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफ आरसी) का नेपाल प्रमुख डेभिड फिसरजिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेलसहित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। नारायणी अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको सहयोगमा कार्यशाला सम्पन्न भएको हो। विपद् जोखिम बाँके, असार १३ गते । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको आयोजनामा दुई दिने विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम नेपालगंजमा सम्पन्न भएको Bl तालिममा विपद् जोखिमको बुझाई, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति र नेपाल सरकारका प्राथमिकताहरू, कानुनी प्रवर्धन, स्थानीय विपद् व्यवस्थापन समितिको भूमिका र जिम्मेवारी, स्थानीय तहमा विपद् व्यवस्थापन कोष परिचालन, क्षति तथा आवश्यकता मूल्याङकन, पूर्वसूचना प्रणाली, जलवायु उत्थानशीलता योजनालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । नेपालगंज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवम् सुपर परियोजना संयोजक समीर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवलगायतले विपद् जोखिम व्यवस्थापन स्थानीयकरणमा वडा सचिवहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । ब्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न तालिमको सहजीकरण डिपीनेट नेपालका उपाध्यक्ष केशवदत्त भट्ट, नेरेसो केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक शेरबहादुर कार्की र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगंजका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली रहनु भएको थियो भने कार्यक्रम सञ्चालन र व्यवस्थापन नेरेसो बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नुभएको थियो । तालिममा नेपालगंज उपमहानगरपालिकाको १ देखि २३ वडासम्मका वडा सचिवहरू, नगरप्रहरी प्रमुख बारुणयन्त्र प्रमुख र नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल रेडक्रस सोसाइटीको साभझेदारीमा नेपालगज उपमहानगरपालिकाको समन्वयमा सञ्चालित छ।