Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Acts & regulations

राजमार्ग आसपास तथा राजमार्गमा सञ्चालित हाेटल एवं रेस्टुरेन्ट व्यवसायीहरुका लागि अत्यन्त जरुरी सूचना ।

Summary

राजमार्ग आसपास तथा राजमार्गमा सञ्चालित होटल एवं रेस्टुरेन्ट व्यवसायीहरूका लागि अत्यन्त जरुरी सूचना नेपालका सबै राजमार्ग तथा राजमार्ग आसपासका क्षेत्रमा सञ्चालित सम्पूर्ण होटल, रेस्टुरेन्ट तथा खाजा घरहरूबाट बिक्री वितरण भइरहेको खाजा खाना तथा पेय पदार्थको सम्बन्धमा प्राप्त उजुरी तथा गुनासोप्रति यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार उच्चोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हनु वाणिज्य, आपूर्ति तथा क्ता संरक्षण विभाग फोन नं. : ५३४७९१२ ५३४३९३९ E पत्र संख्याः २०८३/०८४ ॥ भरै = Zee बबरमहल च.नं. : : आदत i काठमाडौं, TTT | सार्वजनिक Gaeta. ०६/०८३-८४ राजमार्ग आसपास तथा राजमार्गमा सञ्चालित होटल एवं रेस्टुरेन्ट व्यवसायीहरूका लागि अत्यन्त जरुरी सूचना नेपालका सबै राजमार्ग तथा राजमार्ग आसपासका क्षेत्रमा सञ्चालित सम्पूर्ण होटल, रेस्टुरेन्ट तथा खाजा घरहरूबाट बिक्री वितरण भइरहेको खाजा खाना तथा पेय पदार्थको सम्बन्धमा प्राप्त उजुरी तथा गुनासोप्रति यस विभागको गम्भिर ध्यानाकर्षण भएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ एवं नियमावली २०७६ ले उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको र कानून विपरितका कार्यहरू दण्डनीय रहेको वेहोरा सबैमा विदितै छ। तसर्थ, उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हितलाई प्राथमिकतामा राखी स्वच्छ, स्वस्थकर, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा: तथा पेय पदार्थको बिक्री-वितरण तथा सेवा प्रवाह गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ। यसका साथै, देहायका व्यवस्था अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोध गरिन्छ | १. मूल्यसूचीको व्यवस्था: होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना, खाजा तथा अन्य वस्तु र सेवाको मूल्यसूची (दररेट) ग्राहकले सहज रूपमा देख र बुझ्न सक्ने स्थानमा स्पष्ट रूपमा राख्ने। २. बिल उपलब्ध गराउने: बिक्री गरिएका खाद्यवस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक कारोबार मूल्य खुल्ने गरी प्रत्येक ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउने | ३. खाद्य स्वच्छता र गुणस्तर: खाद्यवस्तुको तयारी, भण्डारण, पकाउने, बिक्री-वितरण तथा सेवा प्रवाहका क्रममा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी प्रचलित मापदण्डको पूर्ण पालना गर्ने। ४. स्वच्छ वातावरण कायम गर्नेः भान्छा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी तथा शौचालय लगायतका स्थानमा आवश्यक सरसफाइ कायम गर्ने र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने किसिमका अस्वच्छ, दूषित, म्याद गुज्रिएका वा खान अयोग्य खाद्यवस्तु बिक्री-वितरण नगर्ने । ५. उचित मूल्य र जिम्मेवार सेवाः तोकिएको वा प्रचलित कानुनबमोजिम कायम गर्नुपर्ने मूल्य तथा अन्य कानुनी व्यवस्थाको पालना गर्दै ग्राहकलाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने। अनुगमनका क्रममा प्रचलित कानुन, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड र उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन गरेको पाइएमा सम्बन्धित व्यवसायीलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ। मितिः-२०८३%०६/२९ प्रवक्ता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग Website: https://doc.gov.np Email: [email protected] "सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन"

Like

0

Views

1

Comments

0

Share

0

Save

Report