प्रेस विज्ञप्ती- २५
Summary
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई मिति २०६५।०७।११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका बागमती प्रदेश, जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ०९ स्थायी ठेगाना भएको बर्ष ६० को राजकुमार श्रेष्ठ मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा कारागार कार्यालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fe7b033d-46e3-4b1e-a5d7-5d055ccb2e76.pdfPDF · 1 page · 166 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(प्रशासन शाखा) प्रेस विज्ञ्ती- २५ फोनः ०१-४४११७७६ मोबाईल नं.: ९८५१२८३१४० फ्याक्स : ०१-४४१४३९१ लाजिम्पाट काठमाण्डौं | «२० बर्ष कैद सजाय भएका फरार कैदी पक्राउ” कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई मिति २०६५।०७।११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका बागमती प्रदेश, जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ०९ स्थायी ठेगाना भएको बर्ष ६० को राजकुमार श्रेष्ठ मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट फरार रही काठमाडौं उपत्यकाको विभिन्न स्थानमा लुकीछिपी रहेको भन्ने बिशेष सूचनाको आधारमा यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०६।१३ गते बागमती प्रदेश, जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं- ३१ भिमसेनगोलाबाट पक्राउ गरी कारागार कार्यालय सुन्धारा पेश गरिएको छ। साथै आफ्नो टोल छिमेकमा अपराध गरी लुकेर बसेका ब्यक्तिहरुको सुचनालाई निरन्तरता दिनुहुन समेत अनुरोध । मितिः- २०८३/०६/१३ गते | नेपाल संवत् :११४६ ( ज.ब.रा) प्रहरी बरिष्ठ उपरीक्षक प्रवक्ता एबं सूचना अधिकारी सम्पर्क नंवरः ९८५१२९१३११ Website: https://cib.nepalpolice.gov.np, E-mail: [email protected]/[email protected]