ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ (2083-06-29)
Summary
(प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं । “ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ” श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगी सम्बन्धी कसूर तथा संगठित अपराध…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गृह मन्त्रालय: ७4 ee aTar; 1, २९८५१२८३१४० नेपाल प्रहरी प्रधानकार्यालय ती केन्द्रीय अनुसन्धान ब्यूरो पो.ब.नं.: ४०७ (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं । पत्र संख्या: २०८३/०८४ प्रेस विज्ञप्ती-३२ प्रा.प.सं. : “ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरु पक्राउ” श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगी सम्बन्धी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा प्रतिवादीहरुले मलेसियामा वैदेशिक रोजगारमा जानको लागि गरिने स्वास्थ्य परिक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रा.लि. (Macro Tech PVT LTD) को नाममा Bio-Medical Service Charge (Medical Screening) उल्लेख गरी गैरकानुनी तवरले अतिरिक्त शुल्क लिई संगठित रुपमा रकम संलकन गरी श्रमिकलाई आर्थिक हानी पुन्याई प्रतिवादीहरुले आर्थिक लाभ लिई ठगी गरेको कसुरमा संलग्न निम्न प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भई रहेको | साथै, प्रस्तुत कसूरसँग सम्बन्धित पीडितहरुले यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा प्रमाण सहित उपस्थित भई उजुरी / जाहेरी दरखास्त पेश गर्न हुन यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ | निम्न:- १) जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, वडा नं १ बस्ने वर्ष ४२ को कैलाश खड्का | २) जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका, वडा नं ९ बस्ने वर्ष ४० को रविन्द्र के.सी. ३) जिल्ला गोरखा, गोरखा नगरपालिका, वडा नं ३ घर भई हाल का.जि. टोखा नगरपालिका, वडा नं ११, महादेवटार बस्ने वर्ष ४२ को प्रविण तिवारी । ४) जिल्ला सर्लाही, मलंगवा नगरपालिका, वडा नं ४ घर भई हाल का.जि., गोकर्णेश्वर नगरपालिका, वडा नं ६, नयाँबस्ती बस्ने वर्ष ४५ को रामपुकार तिवारी । मिति २०८३/०६/२९ गते | गे at) उपरीक्षक ने.स. ११४६ | (अनुपम शमशेर ज.ब.रा.) प्रवक्ता/सूचना अधिकारी सम्पर्क न॑.९८५१२९१३११