Notice Park
Sotang Rural Municipality
Acts & regulations

सोताङ गाउँपालिकको लेखा समिति गठन तथा सञ्चालन ऐन, २०८३

Summary

सोताङ गाउँपालिकाका योजना, कार्यक्रम तथा सेवा प्रवाहलाई पारदर्शी, सुशासनमैत्री, जनमुखी, सेवामूलक, उत्तरदायी र व्यवस्थित बनाउँदै वित्तीय सुशासन कायम गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २२ को प्रावधानलाई व्यवस्थित गरी गाउँपालिकाको लेखा समितिले सम्पादन गर्नुपर्ने कामकारवाहीलाई व्यवस्थित गर्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sotang Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र सोताङ गाउँपालिकाद्वारा प्रकाशित खण्ड: ९ सङ्ख्या: ३ भाग :१ प्रकाशन मिति : २०८३।०६।१६ गाउँसभाबाट स्वीकृत मिति : २०८३।०३।१० सोताङ गाउँपालिकको लेखा समिति गठन तथा सञ्चालन ऐन, २०८३ प्रस्तावना सोताङ गाउँपालिकाका योजना, कार्यक्रम तथा सेवा प्रवाहलाई पारदर्शी, सुशासनमैत्री, जनमुखी, सेवामूलक, उत्तरदायी र व्यवस्थित बनाउँदै वित्तीय सुशासन कायम गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २२ को प्रावधानलाई व्यवस्थित गरी गाउँपालिकाको लेखा समितिले सम्पादन गर्नुपर्ने कामकारवाहीलाई व्यवस्थित गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोताङ गाउँपालिकाको wat नगरसभाले 'सोताङ गाउँपालिकाको लेखा समति गठन तथा सञ्चालन ऐन, २०८३' जारी गरेको छ । १. सङ्क्षिप्त नाम र प्रारम्भ (१) यस ऐनको नाम 'सोताङ गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन ऐन, २०८३' रहेको छ । (२) यो ऐन सोताङ गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने छ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा (१) 'संयोजक' भन्नाले सोताङ गाउँपालिकाको लेखा समितिको संयोजकलाई सम्झनुपर्छ र सो शब्दले संयोजकको अनुपस्थितिमा समितिको संयोजकका रूपमा काम गर्ने अन्य सदस्यसमेतलाई जनाउँछ । (२) 'समिति' भन्नाले लेखा समितिलाई सम्झनुपर्छ । (३) 'उपसमिति' भन्नाले लेखा समितिअर्न्तगत गठित उपसमितिलाई सम्झनुपर्छ । १ (४) 'बैठक' भन्नाले समितिले औपचारिक रूपमा आयोजना गर्ने कुनै पनि बैठकलाई सम्झनुपर्छ र सो शब्दले समितिद्वारा गठित उपसमितिको बैठकसमेतलाई जनाउँछ । (५) 'कार्यदल' भन्नाले लेखा समितिद्वारा गठित कार्यदल सम्झनुपर्छ । (६) 'ऐन तथा कार्यविधि' भन्नाले सोताङ गाउँपालिकाले जारी गरका ऐन तथा कार्यविधि जनाउँछ | (७) 'सदस्य सचिव' भन्नाले गाउँपालिकाको आन्तरिक लेखा परीक्षण प्रमुखलाई सम्झनुपर्छ र सो शब्दले सचिवको अनुपस्थितिमा काम गर्ने अधिकृतलाई समेत जनाउँछ | (८) 'सदस्य' भन्नाले लेखा समितिको सदस्यलाई जनाउँछ । (९) 'सचिवालय' भन्नाले सोताङ गाउँपालिकाको लेखा समतिको सचिवालयलाई सम्झनुपर्छ । (१०) 'स्थानीय सरकार' भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थापित सोताङ गाउँपालिकालाई सम्झनुपर्छ र सो शब्दले यसअन्तर्गतका निकायहरूलाई समेत जनाउँछ । ११) 'सरकारी कोष' भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ र दफा ७० मा उल्लिखित कोषलाई सम्झनुपर्छ । (१२) 'सभा' भन्नाले सोताङ गाउँपालिकाको गाउँसभालाई सम्झनुपर्छ । (१३) 'नियमावली' भन्नाले सोताङ गाउँपालिकावाट जारी गरिएका नियमावलीलाई सम्झनुपर्छ । (१४) 'लेखा' भन्नाले कारोबार भएको बेहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिने अभिलेख, खाता, बही किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजातसमेतलाई सम्झनुपर्छ । १५) 'सार्वजनिक लेखा' भन्नाले सार्वजनिक खरिद कानुनअनुसारका सोताङ गाउँपालिकामा भएका आर्थिक कारोबारहरूको बेहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिने अभिलेख खाता, बही किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजातसमेतलाई सम्झनुपर्छ । (१६) 'सार्वजनिक निकाय' भन्नाले सोताङ गाउँपालिका र यसअन्तर्गतका वडा कार्यालय, विषयगत शाखा तथा अन्य सार्वजनिक सङ्घसंस्था वा निकायसमेतलाई सम्झनुपर्छ । ३. समितिको गठन, कार्यक्षेत्र, काम, कर्तव्य र अधिकार (क) समितिको गठन सोताङ गाउँपालिकाको गाउँसभाले समावेशी सिद्धान्तका आधारमा संयोजकसहित ३ सदस्यीय लेखा समति गठन गर्ने छ | सो समितिका सदस्यहरूको नाम यस प्रकार छ : १. सन्देश तामाङ संयोजक २. भलाकाजी राई सदस्य ३. रमेश भुजेल सदस्य (ख) समितिको कार्यक्षेत्र

Like

0

Views

0

Comments

0

Share

0

Save

Report