सोताङ गाउँपालिकाको खानेपानी मुहान दर्ता कार्यविधि, २०८३
Summary
सोताङ गाउँपालिकाबाट सञ्चालन हुने खानेपानीसम्बन्धी योजना/आयोजनाको सञ्चालन, मुहानसम्बन्धी विवादको निरूपण तथा खानेपानीसम्बन्धी विविध कार्यक्रम व्यवस्थित तवरले सञ्चालन गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ध) तथा दफा १०२ ले दिएको अधिकार प्रयोग गरी सोताङ गाउँपालिकाले सोताङ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ca767770-01d1-487a-ac02-972f0f37bd75.pdfPDF · 8 pages · 591 KBOpen
Key details
- Organization
- Sotang Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय राजपत्र सोताङ गाउँपालिकाद्वारा प्रकाशित खण्ड : ९ संख्या: ५ भाग :२ प्रकाशन मितिः २०८३।०६।१६ सोताङ गाउँपालिकाको खानेपानी मुहान दर्ता कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मिति : २०८३।०६।१६ प्रस्तावना सोताङ गाउँपालिकाबाट सञ्चालन हुने खानेपानीसम्बन्धी योजना/आयोजनाको सञ्चालन, मुहानसम्बन्धी विवादको निरूपण तथा खानेपानीसम्बन्धी विविध कार्यक्रम व्यवस्थित तवरले सञ्चालन गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ध) तथा दफा १०२ ले दिएको अधिकार प्रयोग गरी सोताङ गाउँपालिकाले सोताङ गाउँपालिकाको खानेपानी मुहान दर्ता कार्यविधि, २०८३ जारी गरेको छ । परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (क) यस कार्यविधिको नाम "सोताङ गाउँपालिकाको खानेपानी मुहान दर्ता कार्यविधि, २०८३" रहेको छ । (aq) यो कार्यविधि सोताङ गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुने छ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा @ "कार्यविधि" भन्नाले सोताङ गाउँपालिकाको खानेपानी मुहान दर्ता कार्यविधि, २०८० सम्झनुपर्छ । @ (ov) @) ®) त्य) (छ) त्ज) (झ) (जन) © ©) (ड) (्ढ) (गण) त्तो द्थ) "खानेपानी" भन्नाले घरेलु तथा औद्योगिक उपभोगका लागि आपूर्ति गरिने पानी सम्झनुपर्छ । "मुहान" भन्नाले नदी, नाला, खोला, धारो, कुवा आदि पानी उम्रने वा निस्कने स्थान सम्झनुपर्छ । "स्रोत" भन्नाले भूसतह वा भूतलमुनि रहेको खानेपानीको स्रोत सम्झनुपर्छ । "संरचना" भन्नाले मुहान वा स्रोतबाट खानेपानी सङ्कलन, नियन्त्रण, शुद्धीकरण वा वितरण गर्नका लागि निर्माण गरिएका संरचना सम्झनुपर्छ । "सर्वेक्षण" भन्नाले परियोजना सञ्चालन वा निर्माण गर्दा पर्ने प्रभाव, प्राविधिक र आर्थिक विवरणसहितको विस्तृत अध्ययन सम्झनुपर्छ । "परियोजना" भन्नाले अनुमति प्राप्त व्यक्ति वा समितिबाट सञ्चालन हुने खानेपानी परियोजना सम्झनुपर्छ । "समिति" भन्नाले मुहान दर्ता भएको उपभोक्ता समिति सम्झनुपर्छ । "पानी आपूर्तिकर्ता" भन्नाले मुहान दर्ता उपभोक्ता समिति वा व्यक्ति सम्झनुपर्छ । "सेवा" भन्नाले खानेपानी आपूर्तिसम्बन्धी सेवा सम्झनुपर्छ । "उपभोक्ता" भन्नाले खानेपानी सेवा उपभोग गर्ने व्यक्ति वा निकाय सम्झनुपर्छ । "सेवा शुल्क" भन्नाले सेवा उपयोगका लागि तिर्नुपर्ने शुल्क सम्झनुपर्छ । "निरीक्षक" भन्नाले खानेपानी निरीक्षण गर्ने प्राविधिक सम्झनुपर्छ । "अध्यक्ष" भन्नाले सोताङ गाउँपालिकाको निर्वाचित अध्यक्ष सम्झनुपर्छ । "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले सोताङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ । "गाउँपालिका" भन्नाले सोताङ गाउँपालिका सम्झनुपर्छ । "कार्यालय" भन्नाले सोताङ गाउँपालिकाको कार्यालय सम्झनुपर्छ । परिच्छेद २ मुहान दर्तासम्बन्धी व्यवस्था ३. उपभोक्ता समिति गठन परियोजनाबाट लाभान्वित हुन इच्छुक व्यक्तिहरूले सामूहिक रूपमा मुहान दर्ता उपभोक्ता समिति गठन गर्न सक्ने छन् । ४. उपभोक्ता समितिको विधान समितिसँग निम्न विवरणसहितको विधान अनिवार्य हुनुपर्ने छ : त) उद्देश्य र कार्यक्षेत्र (ख) सदस्यको योग्यता दा) सदस्यता शुल्क (घ) सदस्यको अयोग्यता (छ) साधारण सभाको अधिवेशन