Notice Park
Sotang Rural Municipality
Guidelines

सोताङ गाउँपालिकाको मेसिनरी उपकरण परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३

Summary

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माणसम्बन्धी कार्य सञ्चालन गर्दा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेका निर्माणसम्बन्धी मेसिन उपकरण परिचालन तथा व्यवस्थापन गर्न कार्यविधि निर्माण गरी लागू गर्न वाञ्छनीय देखिएकाले मेसिनरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sotang Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र सोताङ गाउँपालिकाद्वारा प्रकाशित खण्ड : ९ संख्या : ६ भाग : २ मिति : २०८३।०६।१६ सोताङ गाउँपालिकाको मेसिनरी उपकरण परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मिति : २०८३।०६।१६ प्रस्तावना नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माणसम्बन्धी कार्य सञ्चालन गर्दा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेका निर्माणसम्बन्धी मेसिन उपकरण परिचालन तथा व्यवस्थापन गर्न कार्यविधि निर्माण गरी लागू गर्न वाञ्छनीय देखिएकाले मेसिनरी उपकरण परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३ जारी गरिएको छ । परिच्छेद १ प्रारम्भिक १. सङ्किप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम 'सोताङ गाउँपालिकाको मेसिनरी उपकरण परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३' रहेको छ | (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने छ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) 'वडा अध्यक्ष' भन्नाले सोताङ गाउँपालिकाका वडा अध्यक्ष सम्झनुपर्दछ | (ख) 'आयोजना' भन्नाले सोताङ गाउँपालिकाका वडाहरूमा पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालित वडा वा पालिका वा प्रदेश वा सङ्घस्तरीय योजना वा कार्यक्रम वा आयोजना वा परियोजनालाई सम्झनुपर्दछ । यसले सोताङ गाउँपालिकाको सभाबाट स्वीकृत भएका गैरसरकारी संस्था, गैरनाफामूलक संस्था वा अन्य सामुदायिक संस्थाहरुले सञ्चालन गर्ने आयोजनासमेतलाई जनाउने छ । (ग) 'अध्यक्ष' भन्नाले आयोजना कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिका अध्यक्षलाई जनाउने छ । (घ) "उपभोक्ता समिति' भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार गर्नका लागि उपभोक्ताले आफूहरूमध्येबाट गठन गरेको समिति सम्झनुपर्दछ । (ङ) 'कार्यालय' भन्नाले सोताङ गाउँपालिकाको कार्यालयलाई बुझाउँदछ । (a) 'कार्यपालिका' भन्नाले सोताङ गाउँपालिकाको गाउँकार्यपालिकालाई सम्झनुपर्दछ | (छ) 'मेसिन तथा उपकरण' भन्नाले पूर्वाधार विकासका लागि प्रयोग हुने उपकरण जस्तै बुलडोजर, एक्स्काभेटर, ब्याकहो लोडर, रोलर, डोजर, टिप्परजस्ता श्रममूलक प्रविधिको सट्टामा प्रयोग हुने खालका मेसिनरी तथा उपकरण सम्झनुपर्दछ । (ज) 'पदाधिकारी' भन्नाले उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई सम्झनुपर्दछ । (झ) 'वडा कार्यालय' भन्नाले सोताङ गाउँपालिकाभित्रका वडा कार्यालयलाई सम्झनुपर्दछ । (a) 'सम्झौता' भन्नाले आयोजनाको निर्माण सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार गर्नका लागि कार्यालय र मेसिनरी उपकरण प्रयोगकर्ता व्यक्ति वा समूह वा संस्था वा समितिबीच भएको लिखित करारनामा वा कबुलियतनामालाई जनाउने छ | . उद्देश्य गाउँपालिका र वडा कार्यालयबाट सञ्चालन हुने आयोजना/कार्यक्रमहरूमा सघाउ पुच्याउनका लागि यस कार्यविधिका उद्देश्य देहायअनुसार रहेका छन्‌ : (क) गाउँपालिका कार्यालयमा रहेका ब्याकहो लोडर, रोलर, ट्रेक्टर, टोटल स्टेसन, लेवल मेसिनजस्ता मेसिनको सही उपयोग र सञ्चालन गर्ने एवम्‌ सबै वडा र गाउँपालिकामा सञ्चालित आयोजनामा सबैको समान सहुँच पुग्ने गरी पालैपालो प्रयोग गर्ने । (ख) लाभ र लागतका आधारमा दिगो प्रयोगका लागि प्रयोगकर्तालाई लागतमा सहभागी गराउने । (ग) मेसिन प्रयोगकर्ताको लगत राखी मेसिनको सुरक्षा गर्ने । (a) दैविक प्रकोप एवम्‌ गाउँपालिकालाई आवश्यक परेका बखत तथा अन्य गाउँपालिकावासीले प्रयोग गर्न चाहेमा प्रयोगको मापदण्ड तय गर्ने । . कार्यविधि प्रयोग गर्नुपर्ने अवस्था यस कार्यविधिको प्रयोग देहायका अवस्थामा हुने छ : (क) ब्याकहो लोडर, रोलर, ट्रेक्टर आदिको लगत राखी गाउँपालिका तथा वडाहरूका आयोजनामा आवश्यकता र मागको आधारमा प्रयोग गर्ने । मेसिन प्रयोग गर्नुपर्ने अवस्था भएमा उपभोक्ता समितिले गर्ने काममा कार्यालयको मेसिन प्रयोगलाई अनिवार्य बनाउने । (ख) उपभोक्ता समितिले मेसिन प्रयोग गर्नुपर्ने अवस्थाको काममा गाउँपालिकाको मेसिन प्रयोग नगरी बाहिरको मेसिन प्रयोग गर्न नपाइने । गाउँपालिकाको अनुमतिविना बाहिरको मेसिन प्रयोग भएको देखिएमा आयोजनाको रकम भुक्तानी गर्दा सो मेसिन प्रयोगबापतको रकम भुक्तानी दिन कार्यालय बाध्य नहुने तर उपभोक्ता समितिलाई आवश्यक परेको समयमा मेसिन खाली नभएको कुरा गाउँपालिकाको सम्बन्धित शाखा/कर्मचारीले लेखिदिएमा अन्य मेसिन प्रयोग गर्न बाधा नपर्ने । (ग) गाउँपालिकाको गाउँसभाबाट स्वीकृत आयोजनाभन्दा अन्य आयोजना कार्यान्वयनका लागि उपभोक्ता समूह वा व्यक्तिले अग्रिम रूपमा भाडा रकमको ५० प्रतिशत रकम गाउँपालिकाको राजश्व शाखामा दाखिला गर्नुपर्ने |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report