Notice Park
Sotang Rural Municipality
Guidelines

सोताङ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८३

Summary

सोताङ गाउँपालिकाको स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई व्यवस्थित गरी स्थानीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sotang Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र सोताङ गाउँपालिकाद्वारा प्रकाशित खण्ड: ९ संख्या: २ भाग : १ प्रकाशन मिति : २०८३।०६।१६ गाउँसभाबाट स्वीकृत मिति : २०८३।०३।१० सोताङ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८३ प्रस्तावना सोताङ गाउँपालिकाको स्थानीय सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक क्रियाकलापलाई व्यवस्थित गरी स्थानीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन वाञ्छनीय भएकाले नेपालको संविधानको धारा २२९ को उपधारा (२) को प्रयोजनार्थ धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी सोताङ गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ । परिच्छेद १ प्रारम्भिक १. सङ्क्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "सोताङ गाउँपालिकाको आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन, २०८३" रहेको छ । (२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागु हुने छ । २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) “अर्थ मन्त्रालय" भन्नाले सङ्घीय अर्थ मन्त्रालय सम्झनुपर्छ । १ (ख) "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनुपर्छ | (ग) "अन्तिम लेखापरीक्षण" भन्नाले महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्झनुपर्छ । (घ) "आन्तरिक लेखापरीक्षण" भन्नाले गाउँपालिकाको आन्तरिक लेखापरीक्षण गर्नका लागि तोकिएको शाखा वा अधिकृतबाट हुने आन्तरिक लेखापरीक्षण सम्झनुपर्छ । (ङ) "एक तह माथिको अधिकारी" भन्नाले वडा सचिव र विषयगत शाखा प्रमुखको हकमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतको हकमा अध्यक्ष र अध्यक्षको हकमा गाउँ कार्यपालिका सम्झनुपर्छ । "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनुपर्छ | (छ) "कार्यपालिका" भन्नाले सोताङ गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनुपर्छ । (ज) "कार्यालय" भन्नाले सोताङ गाउँ कार्यपालिकाको कार्यालय सम्झनुपर्दछ । (झ) "कार्यालय प्रमुख" भन्नाले (ङ) बमोजिमको कार्यालयको प्रशासकीय प्रमुख भई कामकाज गर्न तोकिएको पदाधिकारी सम्झनुपर्छ । "गाउँपालिका" भन्नाले सोताङ गाउँपालिका सम्झनुपर्छ । "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ । “तोकिएको” वा “तोकिएबमोजिम भन्नाले यस ऐनअन्तर्गत बनेका नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ । (ड) "प्रदेश सञ्चित कोष" भन्नाले संविधानको धारा २०४ बमोजिमको सञ्चित कोष सम्झनुपर्छ । (ढ) "बेरुजु" भन्नाले प्रचलित कानुनबमोजिम पुच्याउनुपर्ने रीत नपुन्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहच्याइएको कारोबार सम्झनुपर्छ । (ण) “बैंक" भन्नाले नेपाल राष्ट्र बैंक सम्झनुपर्छ र सो शब्दले नेपाल राष्ट्र बैंकको अधिकार प्रयोग गर्ने गरी नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिदिएको वाणिज्य बैंकलाई समेत जनाउँछ । (त) “विषयगत शाखा" भन्नाले गाउँपालिकाअन्तर्गत रहेको विषयगत शाखा, कार्यालय, निकाय वा एकाइ तथा वडा समितिसमेतलाई सम्झनुपर्छ । (थ) "लेखा उत्तरदायी अधिकृत" भन्नाले आफ्नो र मातहत कार्यालयको आर्थिक प्रशासन सञ्चालन गर्ने, वार्षिक बजेट तयार गर्ने र सो बजेट निकासा प्राप्त गरी खर्च गर्ने अधिकार सुम्पने, बजेट तथा कार्यक्रमअनुसार हुने आर्थिक कारोबारको लेखा राख्ने र राख लगाउने, लेखा बिवरण तयार गर्ने गराउने, विनियोजन, राजश्व, धरौटी, जिन्सी र अन्य जुनसुकै कारोबारको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने, बेरुजु नियमित गर्ने गराउने, असुलउपर गर्ने गराउने वा मिन्हा गर्ने गराउने कर्तव्य भएको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ । (द) "स्थानीय सञ्चित कोष" भन्नाले गाउँपालिकाको स्थानीय सञ्चित कोष सम्झनुपर्छ । (ध) “सभा" भन्नाले सोताङ गाउँपालिकाको सभा सम्झनुपर्छ | a (न (cs (o

Like

0

Views

0

Comments

0

Share

0

Save

Report