सोताङ गाउँपालिकाको सडक मापदण्ड, २०८३
Summary
प्रयोग गरी सोताङ गाउँपालिकाले यो मापदण्ड बनाई लागु गरेको छ । १. सङ्क्षिप्त नाम र प्रारम्भ (क) यस कार्यविधिको नाम "सोताङ गाउँपालिकाको सडक मापदण्ड, २०८३" रहेको छ । (ख) यो मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 07413c23-7d5b-4097-b4be-f6e32616d3d2.pdfPDF · 2 pages · 295 KBOpen
Key details
- Organization
- Sotang Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय राजपत्र सोताङ गाउँपालिकाद्वारा प्रकाशित खण्ड : ९ संख्या: ७ भाग : २ प्रकाशन मिति : २०८३।०६।१६ सोताङ गाउँपालिकाको सडक मापदण्ड, २०८३ कार्यपालिकाबाट स्वीकृत मिति : २०८३।०६।१६ प्रस्तावना नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी सोताङ गाउँपालिकाले यो मापदण्ड बनाई लागु गरेको छ । परिच्छेद - १ प्रारम्भिक १. सङ्क्षिप्त नाम र प्रारम्भ (क) यस कार्यविधिको नाम "सोताङ गाउँपालिकाको सडक मापदण्ड, २०८३" रहेको छ । (ख) यो मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने छ । परिच्छेद - २ सडक मापदण्ड २. सोताङ गाउँपालिकाभित्र पर्ने सडकको मापदण्ड देहायबमोजिम हुने छ : क्र.सं. सडकको नाम सडकको मध्यरेखादेखि दायाँबायाँ | सेटब्याक | कैफियत १ नेले-सोताङ-महाकुलुङ सडक ६६ मिटर १.५ मिटर २ अन्य ग्रामीण सडक ३०३ मिटर १.५ मिटर परिच्छेद - ३ बिबिध ३. यो मापदण्ड लागु हुनुअघि निर्माण भइसकेका आवासीय पक्की भवनलाई यस मापदण्डले कुनै असर गर्ने छैन तर सोबाहेक अस्थायी प्रकृतिका वा अन्य भौतिक संरचनाका हकमा यो मापदण्ड लागु हुने छ । ४. यो मापदण्ड लागु भएपछि निर्माण हुने सबै प्रकारका भौतिक संरचना यसै मापदण्डबमोजिम निर्माण हुनुपर्ने छ । ५. निर्माण भइसकेको आवासीय भवनमा प्राकृतिक प्रकोपका कारण क्षति पुगी नवनिर्माण गर्नुपर्ने भएमा र जग्गाधनीको जग्गा त्यति मात्र भएमा (अन्यत्र आवास निर्माण गर्ने जग्गा नभएमा) सोही स्थानमा पुनर्निर्माण गर्न अनुमति दिन सकिने छ । ६, भवनको नक्सा पासका लागि अनुमति दिँदा गाउँपालिका कार्यालयले यो मापदण्डका साथै सोताङ गाउँपालिकाको घरनक्सा पाससम्बन्धी कार्यविधि, २०७८ अनिवार्य रूपमा पालना गर्नुपर्ने छ । ७. नेपाल सरकार वा प्रदेश सरकारले सडक विस्तार गर्ने कार्य गरेमा सोहीअनुसार हुने छ | ८. भवन निर्माण अनुमति दिँदा यस मापदण्डले तोकेबमोजिम सडकको चौडाइलाई आधार मानिने छ ९. सडकको अधिकार क्षेत्रभित्र विभिन्न सामग्री राखेमा वा व्यक्तिगत रूपमा उपयोग गरेमा कानुनबमोजिम कारवाही गरिने छ । १०. कार्यपालिकाले निर्णय गरी यस मापदण्डमा संशोधन गर्न सक्ने छ । ११. यस मापदण्डमा उल्लेख भएका विषयमा यसै मापदण्डबमोजिम र उल्लेख नभएका विषयमा प्रचलित कानुनबमोजिम हुने छ । आज्ञाले, रमेश पौडेल प्रमुख प्रशासकीय अधिकृत