विनियोजन ऐन, २०८३
Summary
पुतलीबजार नगरपालिका, स्याङ्जा को आर्थिक बर्ष २०८३/८४ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन । प्रस्तावना : पुतलीबजार नगरपालिका, स्याङ्जा २०८३/८४ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 90e53ad0-d253-4661-b95e-a30683a8faef.pdfPDF · 2 pages · 147 KBOpen
Key details
- Organization
- Putalibazar Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, स्याङ्जा सभाबाट स्वीकृत मिति : २०८३/१०/१० विनियोजन ऐन, २०८३ पुतलीबजार नगरपालिका, स्याङ्जा को आर्थिक बर्ष २०८३/८४ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन । प्रस्तावना : पुतलीबजार नगरपालिका, स्याङ्जा २०८३/८४ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२५ को उप-धारा (२) बमोजिम पुतलीबजार नगरपालिका, स्याङ्जाको नगर सभाले यो ऐन बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “पुतलीबजार नगरपालिका, स्याङ्जाको विनियोजन ऐन, ” रहेको छ । (२) यो ऐन श्रावण १ गतेदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधेयकमा, (१) आर्थिक वर्ष भन्नाले हरेक वर्षको श्रावण महिनाको १ गते देखि अर्को वर्ष आषाढ मसान्त सम्मको अवधिलाई सम्झनु पर्दछ। (२) नगरपालिका भन्नाले पुतलीबजार नगरपालिका सम्झनु पर्दछ। (३) विनियोजन भन्नाले सभाद्वारा विभिन्न सेवा र कार्यहरुको लागि विभिन्न शीर्षकमा खर्च गर्न विनियोजन भएको रकम सम्झनु पर्दछ। (४) संविधान भन्नाले नेपालको संविधान सम्झनु पर्दछ। (५) संचित कोष भन्नाले पुतलीबजार नगरपालिकाको संचित कोष सम्झनु पर्दछ। (६) सभा भन्नाले पुतलीबजार नगरपालिकाको नगरसभा सम्झनु पर्दछ। (७) कार्यपालिका भन्नाले पुतलीबजार नगरपालिकाको कार्यपालिका सम्झनु पर्दछ। ३. आर्थिक वर्ष २०८३/०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१)आर्थिक वर्ष २०८३/०८४को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ५६,७३,१६,४००.०० (HAST रुपैयाँ छयानब्बे करोड त्रिहत्तर लाख Ale हजार चार सय मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ | ४ . विनियोजन : (१) यस ऐनद्धारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/०८४ को निमित्त पुतलीबजार नगरपालिका, स्याङ्जाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २४ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ बिनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २४ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ । प्रमाणीकरण मितिः २०८३।०३।१० आज्ञाले प्रमुख प्रशासकीय अधिकृत