Notice Park
Babai Rural Municipality
Gen Info

बबई गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७४

Summary

बबई गाउंपालिकाद्वारा प्रकाशित भाग-२ बबई गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७४ प्रस्तावना नेपालको संविधान बमोजिम सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास गर्दै सङ्घ,प्रदेश र स्थानीय तहबीच सुमधुर अन्तरसरकार सम्बन्ध कायम गर्न, स्थानीय शासन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Babai Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बबई राजपत्र बबई गाउंपालिकाद्वारा प्रकाशित खण्ड : १) बबई, दाङ, (संख्या : ५ मिति : २०७६/१२/२९ भाग-२ बबई गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७४ प्रस्तावना नेपालको संविधान बमोजिम सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास गर्दै सङ्घ,प्रदेश र स्थानीय तहबीच सुमधुर अन्तरसरकार सम्बन्ध कायम गर्न, स्थानीय शासन व्यवस्थामा जनताको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्दै बढी जनमुखी, सेवामुखी, जनउत्तरदायी, पारदर्शी तथा सुशासनयुक्त स्थानीय शासनको प्रत्याभूति गर्न, स्थानीय तहलाई जनताको विश्वासिलो शासन इकाईका रुपमा स्थापित गर्न, स्थानीय तहबाट समाजका विभिन्न वर्ग, धर्म, लिङ्ग, जातजातिका | मौलिक संस्कृतिप्रति सम्मान र सहिष्णु भावनाको विकास गर्न तथा कानूनी राज्य, संघीय लोकतान्त्रिक गणतन्त्रका लाभहरुको न्यायोचित वितरण र दिगो विकासको अवधारणालाई मूर्त रुप दिन हामी जनताबाट निर्वाचित पदाधिकारीको आचरण र क्रियाकलापहरुलाई सोही अनुरुप मर्यादित र नमुनायोग्य तुल्याउनका लागि बबई गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँसभाको मिति २०७४०५०५ को बैठकबाट स्वीकृत गरी यो “बबई गाउँपालिकाका पदाधिकारीको आचारसंहिता, २०७४”बनाई लागू गरेका GH | भाग--१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यो आचारसंहिताको नाम “ब्रबई गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७४”रहेकोछ। (२) यो आचारसंहिता गाउँसभाबाट पारित भएको मितिदेखि लागू हुनेछ । २. परिभाषा: विषय वा प्रसंगले अर्का अर्थ नलागेमा यस आचारसंहितामा, (क) (ख) (ग) (घ) (ङ) “अध्यक्ष"भन्नाले बबई गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्दछ । “आचारसंहिता” भन्नाले गाउँपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७४ लाई जनाउनेछ । “अनुगमनसमिति” भन्नाले यस आचारसंहिता अनुसार गठित आचारसंहिता अनुगमन समितिलाई सम्झनुपर्छ। “कार्यपालिका"भन्नालेबबई गाउँकार्यपालिका सम्झनु पर्छ । “पदाधिकारी” भन्नाले बबई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिकाका सदस्य तथा सभाका अन्य सदस्य समेतलाई सम्झनुपर्दछ । यस शब्दले गाउँपालिकाले आफ्नो कार्य सम्पादनका सिलसिलामा गठन गरेका जुनसुकै समिति वा उपसमिति वा कार्यदलका सदस्यहरु समेतलाई सम्झनुपर्दछ । (a) (छ। “सभा"भन्नालेबबईगाउँसभालाई बुझाउनेछ । “स्थानीयतह” भन्नाले नेपालको संविधान बमोजिमको गाउँपालिका, नगरपालिका र जिल्ला सभा सम्झनुपर्दछ । भाग — 2 पदाधिकारीका आचारहरु सामान्य आचारहरुको पालना गर्नेः पदाधिकारीहरुको पालन तथा अवलम्वन गर्ने सामान्य आचारहरु देहायमा उल्लेख भए बमोजिम हुनेछन्‌ । जसको अवलम्वन गर्न हामी प्रतिवद्धता व्यक्त गर्दछौं, ३.१ नेपालको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्ताप्रति प्रतिवद्ध रहँदै, पदाधिकारीहरुले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय 4

Like

0

Views

0

Comments

0

Share

0

Save

Report