बबई गाउँपालिकाको करारमा कर्मचारी छनौट कार्यविधि २०७५
Summary
ख) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ । परिभाषा : विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्य विधिमा क) “कार्यविधि” भन्नाले बबई गाउँपालिकाको कर्मचारी छनौट कार्यविधि, २०७५ हुने छ। ख) “सदस्य” भन्नाले पदपुर्ति छनौट समितिका अध्यक्ष र विज्ञ समेतलाई बुझाउँछ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 66100ada-910b-4f28-ab06-af8c11168943.pdfPDF · 16 pages · 587 KBOpen
Key details
- Organization
- Babai Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बबई राजपत्र बबई गाउँपालिकाद्वारा प्रकाशित भाग-२ बबई गाउँपालिकाको करारमा कर्मचारी छनौट कार्यविधि, २०७५ प्रस्तावना: बबई गाउँपालिकामा करार मा कर्मचारी पदपूर्ति गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन,२०७५ को दफा १०२(२) बमोजिम बबई गाउँ कार्यपालिकाको मिति २०७५।०१।१३ को निर्णय अनुसार बबई गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ | परिच्छेद १ प्रारम्भिक १) संक्षिप्त नाम र प्रारम्भ क) यस कार्यविधिको नाम बबई गाउँपालिकाको कर्मचारी छनौट कार्यविधि", २०७५ हुने छ। ख) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ । परिभाषा : विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्य विधिमा २ क) “कार्यविधि” भन्नाले बबई गाउँपालिकाको कर्मचारी छनौट कार्यविधि, २०७५ हुने छ। ख) “सदस्य” भन्नाले पदपुर्ति छनौट समितिका अध्यक्ष र विज्ञ समेतलाई बुझाउँछ । ग) “पाठयक्रम” भन्नाले गाउँपालिकाले विज्ञापन गरेका विषयहरुको पाठ्यक्रम भन्ने बुझिन्छ | “प्रश्नपत्र” भन्नाले गाँउपालिकाले विज्ञापन गरेका विषयहरुको लिखित तथा प्रयोगात्मक प्रश्न समेतलाई जनाउँछ । घ “अन्तवार्ताकार” भन्नाले परीक्षार्थीको अन्तवार्ता लिन आमन्त्रण गरिएको व्यक्तिलाई जनाउँछ | परिच्छेद-२ परीक्षा संचालन सम्बन्धी व्यवस्था al ४) गाउँपालिकाको पदपूर्ति छनौट समितिको गठन गाउँ कार्यपालिकाले निर्णय गरे बमोजिम हुनेछ । ५) विज्ञापन गरिएको विषयको पाठ्यक्रम परीक्षा छनौट समितिले निर्धारण गरे बमोजिम हुनेछ । ६) पदपूर्तिको विज्ञापन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा वा गाउंपालिकाको सूचनापाटी वा वेवसाईटमा प्रकाशन गर्नु पर्ने छ। ७) पदपुर्ति समितिको सचिवालय पदपुर्ति छनौट समितिले तोकेको स्थानमा हुनेछ । ८) पदपुर्ति सम्बन्धी गरेका हरेक कामकारवाही गोप्य राख्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ । ९) रीत पूर्वक दरखास्त नभएका उम्मेदवारको दरखास्त परीक्षा छनौट समितिले रद गर्न सक्नेछ | १०) परीक्षा संचालन कार्यविधि पदपुर्ति छनोट समितिले निर्धारण गरे वमोजिम हुनेछ । अन्तर्वार्ता तथा पदपुर्ति छनोट समितिः माग पद संख्याका आधारमा कार्यविधिको परिच्छेद २ को दफा (१०)बमोजिम अन्तर्वार्ता तथा पदपुर्ति छनोट समिति रहनेछ । (क) प्रमुख प्रशासकीय अधिकृत वा निजले ताकेको अधिकृतस्तरको कर्मचारी संयोजक (ख) अध्यक्षले तोकेको विषय विज्ञ सदस्य 3 (ग) गाउँपालिकाको प्रशासन शाखा प्रमुख सदस्य सचिव समितिले आवश्यकताअनुसार अन्य आमन्त्रित सदस्यहरु आमन्त्रण गर्न सक्नेछ । परिच्छेद ३ परीक्षा संचालन प्रक्रिया १. विज्ञापन गरिएको विषयको प्रश्नपत्रको ढाँचा WSs, उत्तीर्णङक समितिले निर्धारण गरे बमोजिम हुने छ। २. प्रश्नपत्रको निर्माण विज्ञबाट हुनेछ । ३. परीक्षार्थीको सिट प्लानिङ नेपाली वर्णानुक्रम अनुसारको नाम अनुसार हुनेछ । ४. परीक्षार्थीको रोलनम्बर दर्ता नं. अनसार कायम गरिनेछ | ५. परीक्षार्थीले प्रवेश पत्र लिएर मात्र परीक्षा हलमा प्रवेश गर्नु पर्नेछ । ६. परीक्षा हलमा आवश्यकता अनुसार सुपरिवेक्षक र निरीक्षक नियुक्ति गरिने छ | ७. परीक्षाको समयमा कम्प्युटर टाइपिङ र सहयोगीको काम गर्न आवश्यक कर्मचारीलाई खटाइनेछ । ८. उत्तरपुस्तिकामा सुपरिवेक्षकले हस्ताक्षर गर्नुपर्ने छ | 4