Notice Park
Babai Rural Municipality
Guidelines

बबई गाउँपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०७६

Summary

बबई गाउंपालिकाद्वारा प्रकाशित भाग-२ फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना: बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अतिक्रमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृतिक, प्राकृतिक vd वातावरणीय सम्पदाको रुपमा रहेका सार्वजनिक स्थलहरू जस्तै नदी, खोला, नाला, पोखरी, ताल तलैया…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Babai Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

5 बबई राजपत्र बबई गाउंपालिकाद्वारा प्रकाशित खण्ड : ३) बबई, दाई (संख्या: 4 मिति: ROAR भाग-२ फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना: बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अतिक्रमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृतिक, प्राकृतिक vd वातावरणीय सम्पदाको रुपमा रहेका सार्वजनिक स्थलहरू जस्तै नदी, खोला, नाला, पोखरी, ताल तलैया, पार्क, उच्चान एवं धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक धरोहर, खुला स्थान तथा अन्य सार्वजनिक स्थलको सरसफाई थप प्रभावकारी बनाई स्वच्छ, स्वस्थ, सफा, सुन्दर, सभ्य र समृद्ध गाउँको पहिचान कायम गर्न स्थानीय सरकार, निजी तथा सहकारीक्षेत्र, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई सरसफाईको अभियानमा स्वस्फूर्त रुपमा परिचालन गरी सरसफाई कार्यक्रमलाई थप प्रभावकारी, संस्थागत va दीगो बनाउन बान्छनीय भएकोले बबई गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बबई गाउँ सभाको मिति २०७६१०।२४ को निर्णयबाट यस “फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६” स्वीकृत गरी लागूगरेकोछ। परिच्छेद-१ परिभाषा र व्याख्या १. संक्षिप्त नाम र प्रारम्भ: यस कार्यविधिको नाम “फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६” रहेको छ र यो कार्यविधि गाउँ कार्यपालिकाले स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेको मितिदेखि लागू हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) “कन्टेनर” भन्नाले फोहरमैला संकलन गर्ने प्रयोजनको लागि निश्चित स्थानमा राखिएको फोहरमैला थुपार्ने भाँडो वावाल्टिनर यस्तै प्रकारको अन्य कुनै वस्तु सम्झनुपर्छ | (ख) गाँउपालिका” भन्नालेबबई गाउँपालिका सम्झनु पर्छ । (ग) “निष्कासन” भन्नाले फोहरमैला उत्पादन स्थलबाट बबई (a @) गाउँपालिकाले तोकेको स्थानमा थुपार्ने वा निकाल्ने कार्य सम्झनु पर्छ । “फोहरमैला” भन्नाले घरेलु फोहोर मैला, औद्योगिक फोहोरमैला, रसायनिक फोहोरमैला, स्वास्थ्य संस्थाबाट निस्कने फोहरमैला वा हानिकारक फोहरमैला सम्झनु पर्दछ र यस शब्दले प्रयोगमा नआउने तथा फालिएका वस्तु. सडे गलेका वस्तु र वातावरणमा हास आउने गरी निष्कासन गरिएका वस्तुहरु लगायत अनधिकृत सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्ल्पेट र गाउँपालिकाले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउँछ । फोहरमैला संकलन” भन्नाले फोहरमैला उत्पादन स्थलबाट उठाउने, घर घरबाट संकलन गर्ने, सार्वजनिक स्थलमा रहेको फोहरमैला बढार्ने, थुपार्ने, ca त्छ Tt a त्य झारपात उखेल्ने तथा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्ल्पेट हटाई संकलन गर्ने कार्यलाई सम्झनुपर्दछ । “संकलन केन्द्र” भन्नाले घरघरबाट निस्कने फोहरमैला संकलन गरी निर्धारित समयसम्म राखन वा थुपार्न महाँनगर/उपमहाँनगर/नगर/गाँउ पालिकाले तोकेको स्थान सम्झनु पर्छ । “सामाजिक अभियन्ता” भन्नाले समाज र मुलुकको विकास र सम्वृद्धिका लागि निस्वार्थ र कुनै लाभको आशा नगरि स्वतस्फूर्त रुपमा सहभागी हुने नागरिकहरुको अनौपचारिक समूह सम्झनु पर्दछ। “सामुदायिक संस्था” भन्नाले नाफा आर्जन नगर्ने उद्देश्यले समुदायको हितको लागि प्रचलित कानून बमोजिम स्थापित र सहभागितामूलक टोल विकास संस्था तथा उपभोक्ता समूह, सहकारी संस्था वा गैरसरकारी संस्था सम्झनुपर्दछ । “विर्सजन” भन्नाले फोहरमैलाको अन्तिम निष्कासन तथा व्यवस्थापन कार्य सम्झनुपर्दछ। समिति भन्नाले यस कार्यविधिको दफा ९ (२) र ९ (३) बमोजिमको समिति सम्झनु पर्छ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report