Notice Park
Ministry of Internal Affairs and Law, Koshi Province
Gen Info

उच्च सतर्कताका लागि अनुरोध

Deadline 30 Oct 2026The deadline has passed.

Summary

नेपाल सरकार, नेपाल मौसम विज्ञान विभागबाट मिति २०८३ कार्तिक १२ गते बिहान ८ बजे जारी मनसुन सम्बन्धी विशेष बुलेटिन अनुसार बंगालको खाडीमा विकसित चक्रवात “अर्नब" को प्रभाव कारण आज कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म यस कोशी प्रदेशको धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Internal Affairs and Law, Koshi Province
Industry
Province
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

wrt WER RET आन्तरिक मामि कानून मन्त्रालय विराटनर्र” उच्च सतर्कताका लागि अनुरोध नेपाल सरकार, नेपाल मौसम विज्ञान विभागबाट मिति २०८३ कार्तिक १२ गते बिहान ८ बजे जारी मनसुन सम्बन्धी विशेष बुलेटिन अनुसार बंगालको खाडीमा विकसित चक्रवात “अर्नब" को प्रभाव कारण आज कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म यस कोशी प्रदेशको धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात र थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको छ । उक्त अवधिमा धानबाली भित्र्याउने लगायतका कृषि कार्य नगर्नु हुन तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहनु हुन अनुरोध छ। यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन तथा पूर्वतयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। तसर्थ, संभावित जोखिम न्यूनीकरणका लागि कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउनु हुन र पूर्वतयारीका लागि निम्न कार्य गर्नु, गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छः- ० धानबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्य नगर्ने, नगराउने । ० पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने। ० आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने। सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रीम जानकारी सर्वसाधारणसम्म पुन्याउने व्यवस्था मिलाउने | ० सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने । सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने । ० सम्बन्धित प्रदेश सरकारका मन्त्रालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने। ० जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना/चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद्‌ प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने । ० नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिने तथा निर्देशनको पालना गर्ने। ० वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सेभ गरी राख्ने र आवश्यक पर्नासाथ फोन गर्ने। मिति २०६३ कार्तिक १२ गते, बिहीबार कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर, नेपाल cS 'समय अवधि: २०८३ कार्तिक १२ गते (बिहीबार) faring Map for Day 1 23 October 2086, Thursday Date: 2003-07-12 08:00 AM समय अवधि: २०८३ कार्तिक १४ गते (शनिबार) Warning Map for Day 3 32 October 2026, Saturday {ssa Date: 2083-07-12 08:00 AM

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 30 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.