प्रदेश निजामती सेवा (प्रथम संशोधन) नियमावली, २०८३
Summary
प्रदेश निजामती सेवा (प्रथम संशोधन) नियमावली, खण्ड १०) अतिरिक्ताङ्क २६ प्रदेश राजपत्र भाग २ मिति २०८३।०६।१५ प्रदेश निजामती सेवा नियमावली, २०८१ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १३७ को अधिकार प्रयोग गरी कोशी प्रदेश सरकारले देहायका नियम बनाएको छ। १. संक्षिप्त नाम र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7b12bfc5-5b61-46cd-8468-f9b28072fbae.pdfPDF · 7 pages · 883 KBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Koshi Province
- Industry
- Province
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कोशी प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) बिराटनगर, नेपाल, असोज १५ गते, २०८३ साल (अतिरिक्ताङ्क २६ भाग २ कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, नेपालको सूचना प्रदेश निजामती सेवा (प्रथम संशोधन) नियमावली, २०८३ खण्ड १०) अतिरिक्ताङ्क २६ प्रदेश राजपत्र भाग २ मिति २०८३।०६।१५ प्रदेश निजामती सेवा नियमावली, २०८१ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १३७ को अधिकार प्रयोग गरी कोशी प्रदेश सरकारले देहायका नियम बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमको नाम "प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८३" रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ। २. प्रदेश निजामती सेवा नियमावली, २०८१ को नियम २१ मा संशोधनः प्रदेश निजामती सेवा नियमावली, २०८१ (यसपछि मूल नियमावली भनिएको) को नियम २१ को उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखिएको छ:- “(१) नियम २० बमोजिम कर्मचारी माग सम्बन्धी विवरण प्राप्त भए पछि प्रदेश लोक सेवा आयोगले रिक्त पदहरूमध्ये ऐनको दफा ८ बमोजिम खुला प्रतियोगिता, अन्तर तह प्रतियोगिता, आन्तरिक अन्तर सेवा प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने पदपूर्तिको प्रतिशतको आधारमा पदसङ्ख्या निर्धारण गर्नेछ। ” 3. प्रदेश निजामती सेवा नियमावली, २०८१ को नियम ३५ मा संशोधनः मूल नियमावलीको नियम ३५ को उपनियम (१) को सट्टा देहायको उपनियम (१) राखिएको छः- “(q) ऐनको दफा ८ बमोजिम खुला, अन्तर तह प्रतियोगिता तथा बढुवाद्वारा सिफारिस भएका कर्मचारीको शुरु पदस्थापना गर्दा ऐनको दफा १५ को उपदफा (१) र (२)