Notice Park
Ministry of Internal Affairs and Law, Koshi Province
Guidelines

म अघि बढ्‌छु कार्यक्रमको निर्देशक, जिल्ला संयोजक, जिल्ला सह-संयोजक पदका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना

Deadline 2 Nov 2026The deadline has passed.

Summary

कोशी प्रदेशभित्रका विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत किशोर किशोरीलाई शैक्षिक सचेतना सहितको प्रोत्साहन प्रदान गर्दै लागु औषध, साईवर सुरक्षा, सामाजिक सञ्जालको सही प्रयोग तथा विपद्‌ व्यवस्थापन जस्ता कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने वातावरणको सिर्जना गरी सभ्य समाज निर्माणका लागि त्यस्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Internal Affairs and Law, Koshi Province
Industry
Province
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रकाशन मितिः 3053/00/94 कोशी प्रदेशभित्रका विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत किशोर किशोरीलाई शैक्षिक सचेतना सहितको प्रोत्साहन प्रदान गर्दै लागु औषध, साईवर सुरक्षा, सामाजिक सञ्जालको सही प्रयोग तथा विपद्‌ व्यवस्थापन जस्ता कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने वातावरणको सिर्जना गरी सभ्य समाज निर्माणका लागि त्यस्ता किशोर किशोरीलाई "म अघि बढ्छु" भन्ने भावनाको विकास गर्न र नैतिक, चरित्रवान, जिम्मेवार र असल नागरिकका रुपमा समाजमा स्थापित गर्न आवश्यक संरचनागत व्यवस्था गरी कार्यक्रम सञ्चालनका लागि व्यवस्था भएको म अघि बढ्छु कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ को दफा १२ बमोजिमका कार्यक्रम समन्वय एकाईको निर्देशक, जिल्ला संयोजक तथा सह- संयोजकको पदमा देहाय बमोजिमको योग्यता भएका ईच्छुक नेपाली नागरिकबाट आफ्नो बायोडाटा तथा तोकिएको आवश्यक न्यूनतम योग्यताका कागजात समेत संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले सात दिन (मिति २०८३%०७/१७ गते) कार्यालय समयभित्र मन्त्रालयको प्रशासन शाखामा वा मन्त्रालयको ई-मेल [email protected] मार्फत निवेदन पेश गर्नु हुन मिति २०८३/०६/२६ गतेको माननीय मन्त्रीस्तरिय निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ। आवश्यक पद तथा संख्या कस, पदनाम । संख्या केफियत १ निर्देशक १ (एक) कार्यक्रम समन्वय एकाईको लागि १ जना. =| २ जिल्ला संयोजक १४ (ata) कोशी प्रदेश भित्रका प्रत्येक जिल्लामा १/१ जना ३ जिल्ला सह-संयोजक ५ (पाँच) कोशी प्रदेश भित्रका मोरङ, सुनसरी, झापा, उदयपुर र इलाम जिल्लामा १/१ जना आवश्यक न्यूनतम योग्यता: क) कार्यक्रम समन्वय एकाईको निर्देशकको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरी लागु औषध वा विपद्‌ व्यवस्थापन वा बाल अधिकार वा सामाजिक क्षेत्रमा कम्तीमा पाँच वर्ष अनुभव प्राप्त गरेको; ख) जिल्ला संयोजकको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उपाधि प्राप्त गरी लागु औषध वा विपद्‌ व्यवस्थापन वा बाल अधिकार वा सामाजिक क्षेत्रमा कम्तीमा तीन वर्ष अनुभव प्राप्त गरेको; ग) जिल्ला सह-संयोजकको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई वा सो सरहको उपाधि प्राप्त गरी लागु औषध वा विपद्‌ व्यवस्थापन वा बाल अधिकार वा सामाजिक क्षेत्रमा कम्तीमा एक वर्ष अनुभव प्राप्त गरेको; घ) एकाइस बर्ष उमेर पूरा भएको, ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, च) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त नगरेको । छनौट बिधिः म अघि बढ्छु कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ को दफा १३ बमोजिमको छनौट विधि अपनाईनेछ। पुनश्च: क) समन्वय एकाईको निर्देशक, जिल्ला संयोजक तथा सह-संयोजकमध्ये कुन पदमा काम गर्न चाहेको सो खुल्ने गरी एउटा पदमा मात्र निवेदन पेश गर्नु पर्ने छ । ख) जिल्ला संयोजक तथा सह-संयोजकले निवेदन दिँदा कार्य गर्न चाहेको जिल्ला खुलाउनु पर्नेछ। ग) आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्टलाई अन्तिम दिन मानिनेछ। हत तिरे ob GES

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.