कोशी प्रदेशमा सरकारी कामकाजको भाषा ऐन, २०८३
Summary
प्रदेश सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। संवत् २०८३ सालको ऐन नं. ६ खण्ड १०) अतिरिक्ताङ्क २९ प्रदेश राजपत्र भाग १ मिति 2003100199 कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८३ प्रस्तावना: कोशी प्रदेशभित्र बोलिने राष्ट्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a559fb5c-241c-4867-adc3-1b170ccdcdc5.pdfPDF · 11 pages · 898 KBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Koshi Province
- Industry
- Province
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Nn Se x Richie x oF ०” जन्मभूमि og cane प्रदेश राजपत्र कोशी प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) बिराटनगर, नेपाल, कार्तिक ११ गते, २०८३ साल (अतिरिक्ताङ्क २९ भाग १ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर, नेपालको सूचना प्रदेश सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। संवत् २०८३ सालको ऐन नं. ६ खण्ड १०) अतिरिक्ताङ्क २९ प्रदेश राजपत्र भाग १ मिति 2003100199 कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८३ प्रस्तावना: कोशी प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रवर्द्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गरी बहुजातीय र बहुभाषिक विविधतामा एकता र सामाजिक न्याय कायम गर्न हाल प्रदेशमा बहुसङ्ख्यक वक्ता संख्या रहेको मैथिली भाषा, लिम्बु भाषा, प्रदेशमा एक प्रतिशतभन्दा अधिक वक्ता संख्या रहेको थारू भाषा, तामाङ भाषा, मगर भाषा, वान्तवा भाषा, उर्दु भाषा, राजवंशी भाषा, राई भाषा, नेपाल भाषा, चाम्लिङ भाषा, शेर्पा भाषा र सन्थाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कायम गर्न नेपालको संविधानको धारा ७ को उपधारा (२) मा व्यवस्था भएबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न वाञ्छनीय भएकोले, कोशी प्रदेश सभाले यो ऐन बनाएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "कोशी प्रदेशमा सरकारी कामकाजको भाषा ऐन, २०८३" रहेको छ। खण्ड १०) अतिरिक्ताङ्क २९ प्रदेश राजपत्र भाग १ मिति 2003100199 (२) यो ऐन विक्रम संवत् २०८३ साल कार्तिक २५ गतेबाट प्रारम्भ हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) "कार्यालय" भन्नाले कोशी प्रदेश CT (gq ) सरकारका मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय, सङ्गठित संस्था वा कोशी प्रदेश सरकार अन्तर्गत रहेका अन्य सबै प्रकारका निकाय सम्झनु पर्छ। "तोकिएको वा तोकिएबमोजिम" भन्नाले यस ऐनअन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ। "भाषाको मानकीकरण" भन्नाले बोलचालमा रहेको मातृभाषालाई अर्थगत द्विविधा नहुने गरी सरकारी कामकाजको लागि प्रयोग योग्य भाषामा एकरूपता कायम गर्ने कार्य सम्झनु पर्छ। "मन्त्रालय" भन्नाले कोशी प्रदेशको भाषासम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। ३ खण्ड १०) अतिरिक्ताङ्क २९ प्रदेश राजपत्र भाग १ मिति 2003100199 (ङ) "मातृभाषा" भन्नाले नेपालमा उत्पत्ति (च) भई वा ऐतिहासिक रूपमा नेपालभित्र स्थानीय भाषासरह प्रयोग हुँदै आएको कुनै व्यक्ति वा समुदायले पुस्तागत निरन्तरताको रूपमा आफ्नो जाति वा वर्गमा बोल्ने भाषा सम्झनु पर्छ। "विज्ञ समूह" भन्नाले दफा ९ बमोजिमको विज्ञ समूह सम्झनु पर्छ। "सरकारी कामकाजको भाषा" भन्नाले कार्यालयमा देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरिक्त देवनागरी र मिथिलाक्षर लिपिमा लेखिने मैथिली भाषा, सिरिजङ्गा लिपिमा लेखिने लिम्बु भाषा, देवनागरी लिपिमा लेखिने थारू भाषा, तामयिक लिपिमा लेखिने तामाङ भाषा, अक्खा लिपिमा लेखिने मगर भाषा, किरात लिपिमा लेखिने वान्तवा भाषा, अरबी लिपिमा लेखिने उर्दु भाषा, देवनागरी लिपिमा लेखिने राजवंशी भाषा, किरात लिपिमा लेखिने राईहरूको भाषा, रञ्जना लिपिमा लेखिने नेपाल भाषा, किरात लिपिमा लेखिने चाम्लिङ भाषा, सम्भोटा लिपिमा लेखिने शेर्पा v