प्रेस विज्ञप्ति

Summary
सङ्घीय संसद्, प्रतिनिधि सभाका सम्माननीय सभामुखको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र स्वीट्जरल्याण्डको Swiss National Council का महामहिम President Pierre-Andre’ Page नेपाल आउनुभएको छ। Qatar Airways QR 648 को उडानबाट ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ काठमाडौं अवतरण गर्नुभएको हो।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c79c7cc8-d262-4ee0-ae7b-4879654926da.jpgJPEG · 1239×1754 · 397 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
arte ae > मेक ७ eae सङ्घीय सचिवालय कक सङ्घीय संसद् सचिवालय 2 a atin, cee Sy | श्र न यक sf संसद् भवन, सिंहदरबार 4 काठमाडौँ, नेपाल | पत्र संख्या :- aa प्रेस विज्ञप्ति । सङ्घीय संसद्, प्रतिनिधि सभाका सम्माननीय सभामुखको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र स्वीट्जरल्याण्डको Swiss National Council का महामहिम President Pierre-Andre’ Page नेपाल आउनुभएको छ। Qatar Airways QR 648 को उडानबाट ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ काठमाडौं अवतरण गर्नुभएको हो। प्रतिनिधिमण्डलले आजै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्नुभएको छ। भेटमा नेपालले बेहोरोको पछिल्लो प्राकृतिक विपद्पछिको पुनर्निर्माण र दुई देशबीचको पारस्परिक एवं संसदीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो। शिष्टाचार भेटपछि पाटन संग्रहालयमा आयोजित Half-way Between Earth and Sky: In the Footsteps of Ella Maillart नामक फोटो प्रदर्शनीको सम्माननीय सभामुख र Swiss National Council का महामहिम President ले संयुक्त रूपमा उद्घाटनसमेत गर्नुभएको थियो। प्रतिनिधिमण्डलले कार्तिक २० गते नेपाल-स्वीट्जरल्याण्ड संसदीय मैत्री समूहका माननीय सदस्यहरू र सङ्घीय संसद्का दुवै सदनका पाँचवटा समितिका माननीय सभापतिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै सोही दिन सम्माननीय सभामुखले स्वीस प्रतिनिधिमण्डलको स्वागतार्थ दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ। नेपालमा रहँदा प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकामा अवस्थित धार्मिक तथा ऐतिहासिक सम्पदास्थल बौद्धनाथ क्षेत्र र पाटन दरबार क्षेत्रको भ्रमण गर्नेछ। हालै त्रिशूली (भोटेकोशी) नदीमा आएको विनाशकारी बाढीपहिरो प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका क्षेत्रको अबलोकन र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग समेत भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। नेपालको औपचारिक भ्रमण पूरा गरी प्रतिनिधिमण्डल कार्तिक २१ गते १९:०५ बजे Qatar Airways QR 645 को उडानबाट स्बीट्जरल्याण्ड प्रस्थान गर्नेछ। उक्त भ्रमणलाई नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धको ७० वर्ष पुगेको सन्दर्भमा महत्वपूर्ण मानिएको छ। यस अघि सन् 2010 को October 31 देखि November 5 सम्म Swiss National Council का तत्कालीन President को नेतृत्वमा रहेको ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले समेत नेपाल भ्रमण गरेको थियो। ण्८ गते, २०८३ कार्तिक १६ गते, सोमबार । Dey hor? yk 0. ) (एकरामं सहसचिव/प्रवक्ता