Notice Park
House of Representatives, Nepal
Gen Info

सूचनापत्र २०८३-०५-२४

Summary

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:१५ बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले सरकारले जेनजी आन्दोलनका मृतक र घाइतेका परिवारसँग गरेका सम्झौता कार्यान्वयन गरी थुनामा रहेका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ Ce) दोस्रो अधिवेशन ee बैठक सङ्ख्या- ५१ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) ( २०८३ साल भदौ २४ गते बुधबार प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:१५ बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले सरकारले जेनजी आन्दोलनका मृतक र घाइतेका परिवारसँग गरेका सम्झौता कार्यान्वयन गरी थुनामा रहेका जेनजी योद्धाहरूलाई तत्काल रिहा गर्नुपर्ने, रसुवामा बाढी आएको दुई हप्तासम्म पनि उद्धार कार्यले गति नलिएको हुँदा सरकारले उद्धार, राहत, सुरक्षित आवास र पुनः स्थापनाको व्यवस्थापन तत्काल गर्नुपर्ने, बाढी पीडितहरूलाई राखिएको होल्डिङ सेन्टरमा महिला र बालबालिकामाथि सुरक्षा जोखिम रहेकाले सरकार संवेदनशील हुनुपर्ने, दार्चुलाको चमेलिया र महाकाली नदीको तटीय क्षेत्रमा विपद्‌ पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने साथै चमेलिया नदी किनारमा रहेको गोकुलेश्वर बजारमा अविलम्ब पक्की तटबन्ध निर्माण गर्नुपर्ने, भदौ २३ गतेको जेनजी आन्दोलन वास्तविक रूपमा जेनजीहरूको भए तापनि भदौ २४ गते उक्त आन्दोलन हाइज्याक गरी सिंहदरबारसमेतका संरचनाहरू ध्वस्त पारिएको, माइतीघरमा हिजो आत्मदाहको प्रयास भएको घटनाप्रति सरकार गम्भीर हुनुपर्ने, धादिङमा सडक सम्पर्क विच्छेद भएको १५ दिन बितिसक्दा पनि सुचारु गर्नेतर्फ सरकारले ठोस कदम नचालेको, विपद्को घडीमा सामाजिक सञ्जालमा हुने तल्लो स्तरको टिप्पणी नियन्त्रण गरिनुपर्ने, बजारमा ग्यासको चर्को अभाव रहेको र नागरिक घण्टौं लाइनमा बस्नुपरेकोतर्फ सरकारले ध्यान दिनुपर्ने, बाढीमा परी बेपत्ता भएका मुगुका धनबहादुर मल्ल र हिम्मत मल्लको खोजी कार्य तीव्र पार्नुपर्ने, सङ्खुवासभाका भोटखोला र मकालु क्षेत्रमा रहेका सम्भावित जोखिमयुक्त तल्लो बरुण हिमतालसहित चार वटा हिमताल उच्च जोखिममा रहेको भन्दै हिमताल विस्फोटबाट हुन सक्ने क्षतितर्फ सरकार समयमै सचेत रहनुपर्ने लगायतका समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयोः- १. मा० पुरुषोत्तम शुप्रभात यादव ६. मा पार्वती वि.क. २. मा० अर्जुन नरसिंह के.सी. ७. मा० सीता थपलिया ३. मा० बासना थापा 5. मा० wy शाही ४. मा० क्रान्तिशिखा धिताल ९. मा० अर्जुन कुमार कार्की ५. मा० गणेश सिंह ठगुन्ना १०.मा० यज्ञमणि न्यौपाने त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयो:- १. Wo बलावती शर्मा ९. मा० भरत बहादुर खड्का २. मा० बसुमाया तामाङ १०. मा० भीम कुमारी बुढा मगर ३. मा० बिधुषी राणा ११. मा० भूमिका लिम्बु सुब्बा ४. mo बिना गुरुङ्ग १२. मा० मन्जु भुषाल ५. मा बुद्ध रत्न महर्जन १३. Wo AY कुमार चौलागाई & माए बुद्धि प्रसाद पन्त १४, मा० मनमाया वि.क. ७. मा० भरत कुमार स्वार १५. मा० मनिष खनाल 5. मा० भरत प्रसाद पराजुली १६. मा० मदन कृष्ण श्रेष्ठ १७. मा० मोहन लाल आचार्य ३०. मा० राजन गौतम १५. मा० मो० फिरदोश आलम ३१. मा० राजीव खत्री १९. मा० यशोधा कुमारी ३२. मा० राधिका रम्तेल २०. HO यज्ञ बहादुर बोगटी ३३. मा० राम लामा २१. मा० युवराज दुलाल ३४, मा० रिंगला यादव २२. मा० रचना खतिवडा खत्री ३५. मा० रीना उप्रेती २३. मा० रजनी श्रेष्ठ ३६. मा० रीमा विश्वकर्मा २४, ATO Tat कुमारी थापा ३७. मा० रुकेश रन्जित २५, मा० रन्जु न्यौपाने ३५. मा० रुक्मिणी देवी कोइराला २६. मा० रमेश कुमार मल्ल ३९. मा० रुबिना आचार्य २७. मा० रमेश कुमार सापकोटा ४०. मा० रेखा कुमारी यादव २८. HO रमेश प्रसाई ४१. मा० रेनुका काउचा २९. मा० राज किशोर महतो ४२. मा० माधव बहादुर थापा तदुपरान्त सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निम्नलिखित पत्रको बेहोरा पढेर सुनाउनुभयोः- कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरी Timor-Leste को Dili मा आयोजना हुने LDC High-Level Ministerial Meeting मा सहभागी हुन संवत्‌ २०८३ साल भदौ १६ गते त्यसतर्फ प्रस्थान गर्नुभएकोले उहाँको x ~ ~ नु aL अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको कृषि, वन तथा पर्यावरण मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूबाट सूचना तथा सञ्चार मन्त्री माननीय sto विक्रम तिमिल्सिनाले सम्हाल्ने गरी तोक्नुभएको बेहोरा अनुरोध गर्दछु। मितिः 2053/04/44 (गोबिन्द बहादुर कार्की) मुख्यसचिव तत्पश्चात्‌ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको तर्फबाट माननीय रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभइ उक्त घटना जलवायु सङ्कटको परिणाम भएको कारण नेपालले क्षति बेहोर्नु परेको, यसका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय माग्नुपर्ने साथै बाढी पहिरो पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सरकार गम्भीर हुनुपर्ने लगायतका विषयमा आफ्नो भनाइ राख्नुभयो | त्यसपछि माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । तदुपरान्त उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुभयो। तत्पश्चात्‌ माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | तदुपरान्त उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जवाफ दिनुभयो । १. मा० अशोक कुमार चौधरी ४. मा० माधव बहादुर थापा २. मा० war कुमारी अर्याल ५. मा० कृष्ण हरी बुढाथोकी ३. मा० मो० फिरदोश आलम ६. मा० समिक्षा बास्कोटा ७. ao सिर्जना श्रेष्ठ ५. ATO पारशमणि गेलाल ९. मा0 पूर्ण प्रसाद लिम्बू १०. मा० विश्वराज पोखरेल ११. मा० यज्ञमणि न्यौपाने १२. मा० प्रमिला कुमारी गच्छदार ३. मा० रेनुका काउचा १४. मा० बलावती शर्मा १५. मा० नरेन्द्र कुमार केरुङ १६. ATO शोभा खनाल १७. मा० परशुराम तामाङ qs, HO प्रेमलाल चौधरी १९. मा० पुष्पा कुमारी चौधरी २०. मा० अफ्साना बानु २१. Wo रन्जु न्यौपाने २२. मा० निराशा चौधरी डगौरा २३. मा० राधिका रम्तेल २४. मा० मोहन लाल आचार्य त्यसपछि सम्माननीय सभामुखले “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌" भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बहुमतले स्वीकृत भयो। तदुपरान्त सम्माननीय सभामुखले “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गारउनुभयो। तत्पश्चात्‌ माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “एशियाली विधायिकी संस्थाहरूको परिषद्‌ (Council of Asian Legislative Institutions- CALI को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव" सभासमक्ष पेस गर्नुभयो। तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक २०८३ भदौ २५ गते बिहीबार दिनको १:०० बजे बस्ने गरी साँझ ५:३५ बजे स्थगित भयो। aw ४०, पा ४२ ATO . ATO . ATO ATO . ATO मा० मा० मा० मा० मा० मा० . मा० , ATO . TO . मा० मा० मा० मा० गजाला शमीम मिकरानी मधु कुमार चौलागाई मनिष खनाल ठाकुर सिंह थारू ज्ञानु पौड्याल प्रेम बहादुर बयक टुका भद्रा हमाल गुरु प्रसाद बराल सन्तोष सुब्बा tat कुमारी थापा पार्वती विक हरी मोहन भण्डारी हरि प्रसाद भुसाल साजिदा खातुन सिद्धिकी गणेश बहादुर विश्वकर्मा इन्दिरा राना पवित्रा वि.क. पुकार बम पद्म प्रसाद पाण्डेय महासचिव

Like

0

Views

10

Comments

0

Share

0

Save

Report