Notice Park
House of Representatives, Nepal
Others

सूचनापत्र २०८३-०५-२५

Summary

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:३० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले गजेन्द्रनारायण सिंह अस्पतालमा बच्चा जन्माउन पुगेकी एक सुत्केरी महिलाले पैसाको अभावमा अस्पताल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या- ५२ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) ( २०८३ साल भदौ २५ गते बिहीबार प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:३० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले गजेन्द्रनारायण सिंह अस्पतालमा बच्चा जन्माउन पुगेकी एक सुत्केरी महिलाले पैसाको अभावमा अस्पताल बाहिर सडकमा बच्चा जन्माउनु परेको घटनालाई चरम लापरबाही भन्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, रसुवा बाढीमा मृत्यु भएका मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूका निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने साथै बेपत्ता व्यक्तिहरूका परिवारलाई सरकारले आधिकारिक सूचना प्रवाह गर्नुपर्ने, बाढी पीडितहरूको राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन थप स्रोत र जनशक्ति परिचालन गर्नुपर्ने, कालीकोटको नरहरिनाथ गाउँपालिकामा अविरल वर्षाका कारण आएको पहिरोमा विस्थापित भएका घर परिवारको तत्काल व्यवस्थापन गरिनुपर्ने र बेपत्ता भएकाहरूको खोजी गर्नुपर्ने, रसुवागढीमा उद्धार सामग्री तथा उपकरणहरूको अभावका कारण उद्धारमा समस्या भइरहेकाले सरकारले तत्काल उपलब्ध गराउनुपर्ने, माइतीघर मण्डलामा जेनजी अभियन्ता लक्ष्मी देवी बस्नेतद्वारा आत्मदाहको प्रयास भएको घटना र ग्याँसको अभावका कारण श्रीमतीलाई खाना पकाएर खुवाउन नसकेर एक युवाले धोबी खोलामा हाम फालेर आत्महत्याको प्रयास गरेको घटनाका सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको, भोटेकोशीमा आएको बाढीमा परी das खोला हाइड्रो पावरमा कार्यरत कैलालीका ३४ जना हालसम्म बेपत्ता रहेकाले खोजी कार्य तीव्र बनाउनुपर्ने, अर्घाखाँचीमा कुटपिटका कारण पाल्पाका राजु घर्तीको हात खुट्टा भाँचिएको र अन्य चारजना गम्भीर घाइते भएकाले उक्त हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, धनुषामा अपहरणमा परेका सिद्धान्त कुमार महत्तोको खोजी कार्य तीव्र बनाउनुपर्ने, गत भदौ २३ गते मुस्ताङमा आएको ५.३ म्याग्निट्युडको भूकम्पले विस्थापित भएकका करिब ३०० देखि yoo घरघुरीलाई तत्काल सुरक्षित आवास र राहत उपलब्ध गारउनुपर्ने साथै विभिन्न ऐतिहासिक तथा सामाजिक-साँस्कृतिक महत्वका धेरै संरचनाहरूमा क्षति पुगेकाले शीघ्र पुनःनिर्माण थाल्नुपर्ने, भारतबाट नियमित रूपमा ग्याँस आपूर्ति भइरहँदा पनि सर्वसाधारणहरूले ग्याँस पाउन नसक्ने अवस्था रहेकाले समस्या सामाधानका लागि मन्त्रालय गम्भीर हुनुपर्ने साथै सरकारले विद्युतीय चुलोहरू विशेष छुटमा दिने खालको योजनाहरू ल्याइ दीर्घकालीनरूपमा ग्याँसको निर्भरता हटाउन पहल गर्नुपर्ने लगायतका समसामयिक विषयमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयोः- १. मा० खगेन्द्र कर्ण ७. मा० माधव बहादुर थापा २. मा० धन बहादुर बुढा 5. Wo राम विनोद यादव ३. Ho काली बहादुर सहकारी ९. मा० योगेश गौचन थकाली ४. WO अंकिता ठाकुर qo. मा० कदिन्द्र बुर्लाकोटी ५. मा० गंगा लक्ष्मी अवाल ११. मा० बोधनारायण श्रेष्ठ ६. Wo WH बहादुर बयक त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- मा० ललिता कुमारी ४. मा० बिक्रम थापा २. मा० लक्ष्मी प्रसाद पोखरेल ५. मा० विपिन कुमार आचार्य मा० लिमा अधिकारी (आचार्य) ६. ATO विष्णुमाया बि.क. ७. ATO शम्भु प्रसाद ढकाल २१. मा० सुलभ खरेल 5, HO शाहजान खातुन २२. मा० सुशान्त वैदिक ९. मा० शोभा खनाल २३. मा० सुशील खड्का १०. मा० श्रद्धा कुवर क्षेत्री २४, मा० सुष्मा स्वर्णकार (डिम्पल) ११. मा० समिक्षा बास्कोटा २५. मा० सोम शर्मा १२. मा० सरस्वती लामा २६. मा० स्मृति सेन्चुरी १३. मा० सरिता महतो २७ मा० हरिना देवी कामी १४. मा० सागर भुसाल २८. मा० हरि मोहन भण्डारी १५. मा० साजिदा खातुन सिद्धिकी २९. मा० हरी प्रसाद भुसाल १६. मा० सिर्जना श्रेष्ठ ३०. WO ज्ञानु पौड्याल १७. मा० सीता थपलिया ३१. मा० श्रीराम न्यौपाने १5. मा० सुजाता तामाङ ३२. मा० सन्तोष सुब्बा १९. मा० सुनिल के.सी. ३३. मा० सुशीला ढकाल आचार्य २०. मा० सुरेश कुमार चौधरी तदुपरान्त प्रारम्भ भएको विशेष समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयमा आआफ्नो भनाइ राख्नुभयो:- १. मा० अमरेश कुमार सिंह १३. मा० राम लामा २. HO मोहन आचार्य १४, मा० गुरु प्रसाद बराल ३. मा० गणेश सिंह ठगुन्ना १५. मा० बदन कुमार भण्डारी ४. मा० बलावती शर्मा १६. मा० जनक सिंह धामी ५. मा९ घ्रुवराज राई १७. मा० अचुत्तम लामिछाने ६. मा० ताहिर अली भाट qs. मा० रन्जु न्यौपाने ७ मा इन्दिरा राना मगर १९. मा० रमेश कुमार सापकोटा मा० निश्कल राई २०. मा० कमल सुवेदी ९. मा० टुका भद्रा हमाल २१. मा० बिधुषी राणा १०. मा० गणेश बहादुर विश्वकर्मा २२. मा७० प्रदीप विष्ट ११. मा० सरस्वती लामा २३. मा० रुबिना आचार्य १२. मा० सुम्निमा उदास २४. मा० करिस्मा कठरिया तत्पश्चात्‌ सम्माननीय सभामुखले प्रतिनिधि सभाको बैठक आजै qo मिनेटपछि बस्ने गरी स्थगित गर्नुभयो । तदनन्तर प्रतिनिधि सभाको बैठक आजै १० मिनेटपछि बस्ने गरी दिनको ४:४० बजे स्थगित भयो। आजै १० मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको ४:५५ बजे प्रारम्भ भयो। बैठकको प्राररम्भमै माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो। त्यसपछि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय अर्थ मन्त्री gio स्वर्णिम वाग्लेले “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्नुभयो | तदुपरान्त माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो | तत्पश्चात्‌ उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुभयो। २ त्यसपछि सम्माननीय सभामुखले आजको कार्यसूचीको क्रम सङ्ख्या २ मा रहेको कार्यक्रम सूचीबाट हटाइएको बेहोरा जानकारी गराउनुभयो | तदुपरान्त माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “एशियाली विधायिकी संस्थाहरूको परिषद्‌ (Council of Asian Legislative Institutions- CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | तत्पश्चात्‌ उक्त सम्झौतामाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जवाफ दिनुभयोः- १. मा९० विक्रम थापा १२. मा० रेखा कुमारी यादव २. मा० कृष्णहरी बुढाथोकी १३. मा० शाहजान खातुन ३. मा० प्रकाश चन्द्र परियार १४. मा० प्रेम बहादुर बयक ४. मा० पुकार बम १५, मा० एशुदा कुमारी बराल ५. मा०रेनुका काउचा १६. मा० युवराज दुलाल ६. मा० रिमा विश्वकर्मा १७. Mo AT कुमार केरुङ ७. मा० मनमाया विश्वकर्मा १५. मा० गणेश बहादुर विश्वकर्मा 5. मा० अनुष्का श्रेष्ठ १९. मा० गुरू प्रसाद बराल ९. मा० प्रमिला कुमारी गच्छदार २०. मा० हरि मोहन भण्डारी १०. मा० मोहनलाल आचार्य २१. मा० साजिदा खातुन सिद्धिकी ११. मा० यज्ञमणि न्यौपाने त्यसपछि माननीय पार्वती वि.क.ले आकस्मिक समय लिएर भेरी कोरिडोरअन्तर्गत जाजरकोटको ताक्सुघाट खोलाले नलगाड नगरपालिका-११ निवासी रत्न बहादुर दमाईलाई खोलाले बगाएर बेपत्ता बनाएको हुँदा सरकारले तत्काल सुरक्षित आवत जावतको व्यवस्था गर्नुपर्ने भन्नुभयो। त्यसपछि सम्माननीय सभामुखले “एशियाली विधायिकी संस्थाहरूको परिषद्‌ (Council of Asian Legislative Institutions-CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्‌” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तदुपरान्त सम्माननीय सभामुखले “एशियाली विधायिकी संस्थाहरूको परिषद्‌ (council of Asian Legislative Institutions-CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव" मा नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरी घोषणा गर्न सक्ने] प्रस्ताव गरिएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २२७ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | तत्पश्चात्‌ सम्माननीय सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधन भएकोमा निम्नलिखित शोक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले पारित भयोः- शोक प्रस्ताव “वि.सं. २०५४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित सदस्य एवस्‌ प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएका शुक्रराज संयोकको ८९ वर्षको उमेरमा मिति २०८२ साल माघ १९ गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जजीसहित शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।” त्यसपछि सभाले स्वर्गीय शुक्रराज संयोकको आत्माको चीर शान्तिको लागि उठेर १ मिनेट मौन धारण गन्यो। तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक २०८३ भदौ २६ गते शुक्रबार दिनको १:00 बजे बस्ने गरी साँझ ६:२५ बजे स्थगित भयो। पद्म प्रसाद पाण्डेय महासचिव aw

Like

0

Views

2

Comments

0

Share

0

Save

Report