धार्मिक स्थलहरुमा ध्वनि व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सम्बन्धमा।

Summary
उपरोक्त सम्बन्धमा हेलो सरकारमा दर्ता भएको टिकट नं. HS-WEB-194910-AF अन्तर्गत प्राप्त गुनासोमा घोराही उप-महानगरपालिका वडा नं. १५ स्थित साइ मन्दिर ट्राफिक चोकमा बिहान ४ बजेदेखि ८ बजेसम्म माइक/स्पिकरको प्रयोगबाट उत्पन्न ध्वनिका कारण विद्यार्थीको अध्ययन, बिरामी तथा सर्वसाधारणको दैनिक जीवनमा असर परेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ec00984b-c3f2-40b1-81ff-821cf6efe9d2.jpgJPEG · 1700×2338 · 617 KBOpen
Key details
- Organization
- Ghorahi Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सुरकार मुहुलिग्रेरपालिका % fre Ky, घोराही उप-मुह्ानर फोल-फ्याक्स : rs < > कार्यफालिकनक्ो 2s ०८२-३६०१६२ १ कु; नगर PER कार्यालय 2: » « २६१२६८ क न घोराही aa बारुण यन्त्र : ceed = ’ as, ७ " प्रदेश, नेपाल www.ghorahimun.gov.np पत्र संख्याः०८३/०८४ मितिः २०८३/०६/१८ चलानी नं.: Tete tof श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार, सिंहदरबार, काठमाडौं। विषय: धार्मिक स्थलहरूमा ध्वनि व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सम्बन्धमा। उपरोक्त सम्बन्धमा हेलो सरकारमा दर्ता भएको टिकट नं. HS-WEB-194910-AF अन्तर्गत प्राप्त गुनासोमा घोराही उप-महानगरपालिका वडा नं. १५ स्थित साइ मन्दिर ट्राफिक चोकमा बिहान ४ बजेदेखि ८ बजेसम्म माइक/स्पिकरको प्रयोगबाट उत्पन्न ध्वनिका कारण विद्यार्थीको अध्ययन, बिरामी तथा सर्वसाधारणको दैनिक जीवनमा असर परेको उल्लेख भएको सम्बन्धमा यस महाशाखाको ध्यानाकर्षण भएको छ। जेपालको संविधानले धार्मिक स्वतन्त्रता तथा धर्मको अभ्यास गर्ने अधिकार सुनिश्चित गरेको भए पनि धार्मिक स्वतन्त्रताको प्रयोग गर्दा सार्वजनिक स्वास्थ्य, शान्ति, शिष्टाचार तथा अन्य व्यक्तिको अधिकारमा प्रतिकूल असर पर्ने कार्य गर्न नहुने व्यवस्था गरेको छ। साथै स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको संरक्षणका लागि प्रचलित वातावरणसम्बन्धी कानुन तथा ध्वनि गुणस्तरसम्बन्धी मापदण्डको पालना गर्नुपर्ने हुन्छ।यस सम्बन्धमा कुनै धर्म, समुदाय वा धार्मिक स्थललाई मात्र लक्षित नगरी घोराही उपमहानगरपालिका क्षेत्रभित्रका सबै मन्दिर, गुम्बा, मस्जिद, चर्च साथै सबै धार्मिक संस्थाहरुलाई समान रूपमा लागू हुने गरी धार्मिक कार्यक्रम, पूजा-प्रार्थना तथा अन्य गतिविधिमा माइक/लाउडस्पिकर प्रयोग गर्दा प्रचलित कानुन तथा ध्वनि मापदण्डको पालना गर्न, ध्वनिको स्तर तथा प्रयोगको समय व्यवस्थित गर्न र विद्यार्थी, बिरामी, बालबालिका; ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई अनावश्यक असर नपर्ने व्यवस्था मिलाउन अनुरोध तथा आवश्यक समन्वय गरिनेछ। प्राप्त गुनासोको विषयमा आवश्यकतानुसार स्थलगत अनुगमन तथा सम्बन्धित पक्षसँग समन्वय गरी समस्या समाधानका लागि पहल गरिनेछ। धार्मिक आस्था तथा परम्पराको सम्मान गर्दै सार्वजनिक शान्ति, जनस्वास्थ्य, सामाजिक सद्भाव रवातावरणीय स्वच्छता कायम गर्ने कार्यमा सबैको सहयोग अपेक्षा गरिएको छ। यसै व्यहोरा जानकारीका लागि सादर अनुरोध छ। 000 कुमार वली महाशाखा प्रमुख वातावरण तथा विपद् व्यवस्थापन महाशाखा सादर अव्रंगतार्थी नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यू। बोधार्थ श्री वडा कार्यालय १९ सबै। fen , गुम्बा, मस्जिद, चर्च तथा अन्य धार्मिक संस्थाहरू सबै। श्रीँसूचना तथा प्रविधि शाखा, website मा अपलोड गरिदिनुहुन |