प्रेस विज्ञप्ति
Summary
विश्वको सबैभन्दा ठूलो वहुपक्षीय विकास साझेदार संस्था विश्व बैङ्क समूह (World Bank Group) का अध्यक्ष श्री Ajay Banga को निमन्त्रणामा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल आज वासिङ्टन डी.सी. प्रस्थान गरेको छ। मिति २०८३ असोज १९ र २० (तदनुसार अक्टोवर ५-६) मा हुने उक्त भ्रमणको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0c3c682f-c88f-46b6-92b3-49c70f856247.pdfPDF · 1 page · 232 KBOpen
Key details
- Organization
- Ministry of Finance
- Industry
- Ministry
- Category
- Press Release
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& am oe , काठमाडौँ, प्रेस बिज्ञप्ति दुई दिने भ्रमण कार्यक्रमका लागि माननीय अर्थमन्त्री वासिङ्टन डी.सी. प्रस्थान विश्वको सबैभन्दा ठूलो वहुपक्षीय विकास साझेदार संस्था विश्व बैङ्क समूह (World Bank Group) का अध्यक्ष श्री Ajay Banga को निमन्त्रणामा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल आज वासिङ्टन डी.सी. प्रस्थान गरेको छ। मिति २०८३ असोज १९ र २० (तदनुसार अक्टोवर ५-६) मा हुने उक्त भ्रमणको अवसरमा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, FATE Grey List बाट बहिर्गमन लगायत वृहत आर्थिक सुधारका विषयमा विश्व बैङ्क, अमेरिकी अर्थ मन्त्रालय र International Development Finance Corporation (DFC) का उच्च पदस्थ अधिकारी एवं निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरुसँग भेटवार्ता गर्नुहुनेछ | सो अवसरमा उहाँले हालै भोटेकोशी बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुननिर्माण र उत्थानशील विकासको लागि थप सहायता परिचालन लगायतका विषयमा विश्व वैंक र अमेरिकी सरकारका प्रतिनिधिहरुसँग छलफल गर्नुहुनेछ। साथै सडक, विद्युत प्रशारण लाईन लगायतका महत्वपूर्ण पूर्वाधार मार्फत् मुलुकमा रोजगारी र आर्थिक अवसरको सिर्जनाका लागि विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्ने योजना रहेको छ। मितिः संम्बत् २०८३ साल असोज १६ गते शुक्रवार । अमृत लम्साल (सहसचिव/प्रवक्ता)