Notice Park
Bihadi Rural Municipality
Guidelines

विहादी गाउँपालिकाको विपद राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित)

Summary

खण्ड ७ संख्या ५ मिति २०८०।११।१८ भाग 2 विहादी गाउँपालिका संवत २०७५ सालको कार्यविधि संख्या ३ (विहादी गाउँपालिकाको विपद राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५) मा दोस्रो संशोधन विहादी गाउँपालिकाको विपद राहत तथा आर्थिक सहायकता व्यवस्थापन कार्यविधि, २०७५ (पहिलो संशोधन) मा मिति २०७९।०९।२२ र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bihadi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

विहादी गाउँपालिका स्थानीय राजपत्र खण्ड ७ संख्या ५ मिति २०८०।११।१८ भाग 2 विहादी गाउँपालिका गण्डकी प्रदेश, नेपाल संवत २०७५ सालको कार्यविधि संख्या ३ (विहादी गाउँपालिकाको विपद राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५) मा दोस्रो संशोधन विहादी गाउँपालिकाको विपद राहत तथा आर्थिक सहायकता व्यवस्थापन कार्यविधि, २०७५ (पहिलो संशोधन) मा मिति २०७९।०९।२२ र २०८०।०२।०८ को कार्यपालिकावाट देहाय बमोजिम संशोधन गरिएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम विहादी गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०७५ अनुसार सर्वसाधारण सम्पूर्णको जानकारीका लागि यो संशोधित कार्यविधि प्रकाशन गरेको छ। विहादी गाउँपालिकाको विपद राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ प्रथम पटक संशोधन २०७९।०५।२९ दोस्रो पटक संशोधन : २०८०।११।१८ तेस्रो पटक संशोधन २०८३।०५।२३ प्रस्तावना : प्राकृतिक तथा मानविय व्रिपद्का घटनाहरुले वर्षेनी गाउँबासीहरुमा विभिन्न किसिमको क्षति पुर्याउने गरेकाले विपद्‌ बाट क्षति भएका मानिसहरुलाई तत्काल राहत उपलब्ध गराउन समय सापेक्ष राहत रकममा हेरफेर गर्न बाञ्छनिय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा-११(ञ) (६) बमोजिम विहादी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी विहादी गाउँ कार्यपालिकाले यो कार्यविधि देहाय बमोजिम संशोधन गरी लागू गरेको छ । १. कोषको व्यवस्था: गाउंपालिकामा एक विपद राहत तथा आर्थिक सहायता कोष रहनेछ । नेपाल सरकार, प्रदेश सरकार, गाउँपालिका , निजी क्षेत्र, संघ संस्थाबाट प्राप्त रकम कोषमा जम्मा गरिनेछ । विपद राहत तथा आर्थिक सहायताको काममा समितिको निर्णयानुसार कोषबाट खर्च गरिनेछ । खर्च भएको रकमको प्रचलित कानून बमोजिम लेखापरीक्षण गरिनेछ । २. समितिको व्यवस्था : गाउँपालिकामा एक तपसिल बमोजिमको विपद राहत तथा आर्थिक सहायता व्यवस्थापन मूल समिति रहनेछ, सोही समितिको निर्णयानुसार कोषको रकम परिचालन गरिनेछ । तपसिल (१) गाँउपालिका अध्यक्ष-- संयोजक (२) गाँउपालिका उपाध्यक्ष - सदस्य (३) वातावरण तथा विपद्‌ व्यवस्थापन समितिको संयोजक - सदस्य (8) स्वास्थ्य संयोजक — सदस्य (५) प्राविधिक शाखा प्रमुख-- सदस्य (६) सुरक्षा निकायको प्रमुख / प्रतिनिध गाउँपालिकास्तरीय — सदस्य (७) प्रमुख प्रशासकीय अधिकृत-- सदस्य सचिव आवश्यकता अनुसार समितिको बैठकमा अन्य विशेषज्ञलाई समेत आमन्त्रण गर्न सकिनेछ । आवश्यकतानुसार समितिको बैठक बस्नेछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.