माटो स्वास्थ्य सुधार कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३
Summary
माटोको भौतिक, रासायनिक र जैविक गुणस्तर सुधार गरेर माटोको उत्पादकत्व क्षमता वृद्धि गरी 'कृषि उत्पादन UST बढाउन आवश्यक भएकोले “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ को दफा ४ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3489682a-8e51-4fc4-b768-62a3d4525800.pdfPDF · 2 pages · 1.0 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
माटो स्वास्थ्य सुधार कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३ माटोको भौतिक, रासायनिक र जैविक गुणस्तर सुधार गरेर माटोको उत्पादकत्व क्षमता वृद्धि गरी 'कृषि उत्पादन UST बढाउन आवश्यक भएकोले “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ को दफा ४ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरी स्वीकृत गरेको छ। a r. संक्षिप्त नाम र प्रारम्भ: (१) यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधिको नाम "माटो स्वास्थ्य सुधार कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३" रहेको छ। (२) यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि स्वीकृत भएको मितिदेखि लागू हुनेछ। परिभाषाः विषय वा प्रसङ्घले अर्को अर्थ नलागेमा यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा- (१) "प्रदेश" भन्नाले मधेश प्रदेश सम्झनु पर्दछ। (२) “मन्त्रालय” भन्नाले मधेश प्रदेश स्थित भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय सम्झनु पर्दछ। (३) “निर्देशनालय” भन्नाले मधेश प्रदेश स्थित कृषि विकास निर्देशनालय सम्झनु परढुछ। (४) «केन्द्र” भन्नाले जिल्ला स्थित कृषि ज्ञान केन्द्र सम्झनु पर्दछ। (4) “प्रयोगशाला” भन्नाले मधेश प्रदेश स्थित माटो तथा मल परीक्षण प्रयोगशाला सम्झनु पर्दछ। (६) "माटो स्वास्थ्य सुधार" भन्नाले प्राङ्गारिक, गड्यौले मल उत्पादन र हरियो मलको बीउ उपलब्ध गराउने वा माटोको अवस्था सुधार गर्न माटो परीक्षण प्रतिवेदनको आधारमा केन्द्रले आवश्यकता अनुसार कृषि चुनमा सहयोग समेतको कार्य सम्झनु पर्दछ। (७) "लाभग्राही" भन्नाले प्रत्यक्ष उत्पादनमा संलग्न कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फर्म लाई सम्झनु पर्दछ। (८) "स्थानीय तह" भन्नाले प्रदेश भित्रका महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाउँपालिका लाई सम्झनु पर्दछ। प्रस्ताव आव्हान तथा संकलनः (१) केन्द्रले सूचना, प्रस्तावको ढाँचा र अन्य आवश्यक कागजात सम्बन्धि विवरण प्रमुख्नबाट स्वीकृत भए पश्चात मात्र सूचना प्रकाशन गर्नु पर्नेछ। (२) केन्द्रले कम्तिमा पन्ध्र (१५) दिनको म्याद दिई दैनिक पत्रिकामा सूचना प्रकाशन र प्रस्ताव आह्वान गरी लाभग्राहीबाट प्रस्ताव संकलन गर्नु पर्नेछ। हु प्रस्ताव छनौट र स्वीकृति: (१) कार्यक्रमको उद्देश्य अनुसार पेश भएका प्रस्तावहरुको मूल्याँकन र छनौट गरी स्वीकृतिको लागि सिफारीस गर्न देहाय बमोजिमको प्रस्ताव मूल्याङ्कन समिति रहने छ। (क) केन्द्र प्रमुखले तोकेको अधिकृत - संयोजक (ख) अधिकृत प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र - सदस्य (ग) कार्यक्रम हेर्ने प्राविधिक कर्मचारी - सदस्य-सचिव (२) प्रस्ताव मूल्याङ्कन समितिले आवश्यकता अनुसार दुई जनासम्म प्राविधिक वा विशेषज्ञको आमन्त्रण गर्न वा परामर्श लिन सक्नेछ। ay cA ७ fe १०. 99. (३) प्रस्ताव मूल्याङ्कन समितिले प्रस्ताव मूल्याङ्कन:-तथा छनौटक//औधार तयार गरी केन्द्र प्रमुखबाट स्वीकृत गराई म्याद भित्र प्राप्त भएका प्रस्तावहरुको; छनौट गरी-स्वीकृतिका लागि केन्द्र प्रमुख समक्ष सिफारिस गर्नु पर्नेछ। ॥ (४) उपबुँदा (३) बमोजिम सिफारिस गर्दा स्वीकृत बजेटको परिधि भित्र रही आवश्यकता र औचित्य अनुसार बुँदा ६ बमोजिमको सञ्चालन हुने क्रियाकलापमा बजेट बाडँफाँट We केन्द्र प्रमुख समक्ष स्वीकृतिका लागि पेश गर्नु पर्नेछ। अनुदानको अधिकतम सीमाः यस कार्यक्रम अन्तर्गतको निवेदन स्वीकृत गर्दा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६” मा व्यवस्था भए बमोजिम क्रियाकलाप अनुसार अनुदानको अधिकतम सीमा कायम हुनेछ। सञ्चालन गरिने क्रियाकलापहरू: (१) देहाय बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने सकिनेछ। (क) माटो जाँच शिविर सञ्चालन, (ख) कृषि चुनमा सहयोग, (ग) प्राङ्गारिक तथा गड्यौले मल उत्पादनमा सहयोग, (a) हरियो मलको बीउ वितरण (ढैंचा, मुँग, सनई, आदि) | (२) उपबुँदा (१) बमोजिम माटो जाँच प्रतिवेदनको आधारमा केन्द्रले कृषि चुनमा सहयोग गर्न सक्नेछ। मृटो जाँच प्रतिवेदन नभएको स्थानमा केन्द्रले प्रयोगशाला वा स्थानीय तहको कृषि विकास शाखाको समन्वयमा माटो जाँच शिविर सञ्चालन गर्न सक्नेछ | अनुगमन तथा मुल्याङ्कन: यस कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन आवश्यकता अनुसार मन्त्रालय, तथा निर्देशनालय गर्ने सक्नेछ। कार्य सम्पादन प्रतिवेदन: लाभग्राहीले सम्झौता बमोजिमको कार्य सम्पन्न भएको जानकारी गराए पश्चात केन्द्रले कार्य सम्पादन प्रतिवेदन तयार गर्नु पर्नेछ। संशोधनः मन्त्रालयले यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ। प्रचलित कानून बमोजिम हुनेः यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा उल्लेख भएका विषयमा यसै प्राविधिक मापदण्ड तथा सञ्चालन विधि बमोजिम र अन्य विषयका हकमा प्रचलित कानून बमोजिम हुनेछ। खारेजी तथा बचाउः (१) “माटो स्वास्थ्य सुधार कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२” खारेज गरिएको छ। (२) “माटो स्वास्थ्य सुधार कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२” बमोजिम भए गरेका कीम कारबाही यसै सञ्चालन विधि बमोजिम भए गरेको मानिनेछ।