Notice Park
House of Representatives, Nepal
Others

सूचनापत्र २०८३-०६-१२

Summary

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको पहिलो बठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:२० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमै श्रम संस्कृति पार्टीका माननीय सदस्यहरू आआफ्नो आसन अगाडि उभिइ बोल्न समय माग गर्नुहुँदा सम्माननीय सभामुखले माननीय ध्रुवराज राईलाई समय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या- ६२ र ६३ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) ( ‘ 4 २०८३ साल असोज १२ गते सोमबार प्रतिनिधि सभाको आजको पहिलो बठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:२० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमै श्रम संस्कृति पार्टीका माननीय सदस्यहरू आआफ्नो आसन अगाडि उभिइ बोल्न समय माग गर्नुहुँदा सम्माननीय सभामुखले माननीय ध्रुवराज राईलाई समय दिनुहुँदा उहाँले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम निर्धारित भएको एक महिना दुई दिन बितिसक्दा समेत नभएको, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयलाई सदनमा प्रश्न उठाउँदै राज्य संयन्त्रले पक्राउ गर्दा गम्भीर र तथ्यपूर्ण अनुसन्धान हुनुपर्ने उल्लेख गर्नुभयो। त्यसपछि प्रारम्भ भएको आकस्मिक समयमा निम्नलिखित माननीय सदस्यहरूले हालैका बाढी, पहिरो र डुबानले पुन्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै विपद्का बेला सरकारको उपस्थिति फितलो रहेको, विपद्‌ व्यवस्थापनका लागि तत्काल कानुन निर्माण गर्नुपर्ने, राहत, सुरक्षित आवास तथा खानपानको व्यवस्था मिलाउनुपर्ने साथै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको कार्य थालनी गर्नुपर्ने, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइ प्रकरणलाई राज्यको गैरकानुनी अभ्यासको रूपमा व्याख्या गर्दै मध्यरातमा बिना कारण पक्राउ गरी छाड्ने सरकारी कदमले लोकतन्त्र र न्याय प्रणालीको उपहास भएको, कानुन कार्यान्वयन गर्दा सरकारले अपनाएको प्रक्रियाले लोकतान्त्रिक संस्कार भत्किरहेको, सरकारले कानुनको आडमा प्रतिशोधको राजनीति गरिरहेको र शक्ति प्रयोग गर्दा पारदर्शिता नअपनाएको, अविरल वर्षाले मनाङको सदरमुकाम चामे क्षेत्रका आधा दर्जन बढी घरहरू बाढीले बगाएको, जनजीवन अस्तव्यस्त बनेको तथा सञ्चार र विद्युत्‌ सेवा अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाई भइरहेको एवम्‌ पर्यटकहरू अलपत्र परेको, नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनाएको, बाढीले नवलपरासीको सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेर ११ सयभन्दा बढी नागरिक विस्थापित भएको तथा चितवनको भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेकाले सरकारले उद्धार तथा राहतमा तीव्रता दिनुपर्ने, अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले बाग्लुङ, म्याग्दी, पर्वत, स्याङजा, गुल्मी, He र नवलपरासीमा जनधन, पुल, सडक लगायतका संरचनाहरूमा ठूलो क्षति पुन्याएको साथै मध्य- पहाडी लोकमार्गअन्तर्गत बाग्लुङमा विभिन्न ठाउँमा पहिरो जाँदा दश वटै पालिकाको सदरमुकामसँग सम्बन्ध-विच्छेद भएको हुँदा सरकारले क्षतिग्रस्त संरचनाहरूको तत्काल पुनःनिर्माण कार्य सुरु गर्नुपर्ने, भोटेकोशी बाढीपश्चात्‌ चीनबाट नेपालतर्फ आउन लागेका कन्टेनरहरूलाई केरुङ नाकाबाट आउने गरेकोमा उक्त नाकाबाट आउने बाटो बाढीले क्षति पुच्याएकाले तत्काल तातोपानी नाका खुलाउन कुटनीतिक पहल गर्नुपर्ने, ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट विस्थापित भएका परिवारलाई सरकारले तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने, अविरल वर्षाका आएको पहिरोले धनुषामा घर पुरिँदा कमला श्रेष्ठको मृत्यु भएको, सम्माननीय प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घको ८१ औं महासभामा गर्नुभएको सम्बोधनले विश्व मञ्चमा नेपाल र नेपालीको शिर ठाडो बनाएको, अविरल वर्षाका कारण पाल्पामा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको, बुटवलको तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको मजुवा क्षेत्रमा ५ वटा घर बगाएको, केही घरहरू जोखिममा रहेको, लगातारको वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिकामा २५ वटा घरहरू डुबानमा परेको, ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा क्षति पुगेकोले सरकारले किसानहरूलाई राहत उपलब्ध गराउनुपर्ने, अविरल वर्षाका कारण दक्षिण ललितपुरका अधिकांश सडकहरू ध्वस्त भएको र सञ्चारमा समस्या रहेको हुँदा सो सम्बन्धमा सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्ने लगायतका विषयमा आआफ्नो भनाई राख्नुभयोः- c. 8. १. २१. Get KE ० ww फी मा० पद्मा कुमारी अर्याल मा० युवराज दुलाल मा० ऐन बहादुर महर मा० सुशील खड्का मा० बलावती शर्मा मा० भरत गिरी मा० सोम शर्मा मा० समिना मिया मा० मनिष खनाल १०. मा० टेक बहादुर गुरूङ तदुपरान्त प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- मा० मा० मा० मा० मा० मा० मा० मा० मा० . ATO . ATO . ATO . ATO . ATO . WTO - ATO ।. ATO . ATO मा० . ATO मा० अनुष्का श्रेष्ठ अफ्साना बानु अमृता बि.क. अम्बिका देवी संग्रौला अरबिन्द साह अर्जुन कुमार कार्की अशोक कुमार चौधरी आनन्द बहादुर चन्द आशा झा आशिष गजुरेल आसिका तामाङ उत्तम प्रसाद पौडेल एलिजा गुरुङ एशुदा कुमारी बराल कन्हैया बनिया 'कमल सुबेदी करिस्मा कठरिया कविन्द्र बुर्लाकोटी कुल भक्त शाक्य कृपा महर्जन कृपाराम राना RR २३. २४. २१. २५. २७. रद. २९. ३०. ३१. RR. ३३. ३४. ३५. ३६. ३७. ३८. ३९. ११. १२. १३. १४. १५. १६. १७. १5५. १९, Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० ४०.मा० ४१. BR. मा० Ho मा० भरत प्रसाद पराजुली mo क्षितिज थेवे मा० टुका भद्रा हमाल मा० राज किशोर महतो मा० श्रीराम न्यौपाने मा० माधव बहादुर थापा मा० सुलभ खरेल मा० ठाकुर सिंह थारू मा० बुद्ध रत्न महर्जन कृष्ण हरी बुढाथोकी कोमल ज्ञवाली 'कान्तिशिखा धिताल खगेन्द्र कर्ण खगेन्द्र सुनार खिमा वि.क. खुश्बु ओली खेम राज कोईराला गजाला शमीम मिकरानी गणेश कार्की गणेश धिमाल गणेश पराजुली गणेश पौडेल गणेश बहादुर विश्वकर्मा गणेश सिंह ठगुन्ना गोपाल शर्मा गोविन्द पन्थी गंगा छन्त्याल चन्दन कुमार सिंह चन्देश्वर मण्डल गुरूप्रसाद बराल तत्पश्चात्‌ सम्माननीय सभामुखले आजको कार्यसूचीको क्रम सङ्ख्यामा सामान्य हेरफेर गरेको बेहोरा जानकारी गराउनुभयो। त्यसपछि माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो | तदुपरान्त उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३” प्रस्तुत गर्नुभयो | तत्पश्चात्‌ माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो | त्यसपछि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय स्वास्थ्य तथा खाच्च स्वच्छता मन्त्री निशा मेहताले “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुभयो | तदुपरान्त माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो | तत्पश्चात्‌ उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय स्वास्थ्य तथा खाच्च स्वच्छता मन्त्री निशा मेहताले “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्नुभयो। त्यसपछि माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो। तदुपरान्त उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय स्वास्थ्य तथा खाच्च स्वच्छता मन्त्री निशा मेहताले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्नुभयो। तत्पश्चात्‌ माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो | त्यसपछि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३” प्रस्तुत गर्नुभयो। तदुपरान्त सम्माननीय प्रधानमन्त्री ares शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो। तत्पश्चात्‌ उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३" प्रस्तुत गर्नुभयो। त्यसपछि सम्माननीय सभामुखले “हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति"को सभापतिको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७६ को उपनियम (१) बमोजिम यहीँ असोज १४ गते दिनको २:०० बजेको समय तोकेको बेहोरा जानकारी गराउनुभयो | तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी दिनको १:१५ बजे स्थगित भयो। aw प्रतिनिधि सभाको आजको दोस्रो बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:४५ बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | त्यसपछि उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जवाफ दिनुभयोः- १. मा० अफ्साना बानु ५. HO TS प्रसाद बराल २. मा० यज्ञमणि न्यौपाने ९. Ho सुशीला ढकाल आचार्य ३. मा० परशुराम तामाङ १०. मा० साजिदा खातुन सिद्धिकी ४. WO टुका भद्रा हमाल ११. मा० लाल विक्रम थापा ५. Wo अम्बिका देवी संगौला १२. मा० बिश्वराज पोखरेल ६. मा० गणेश बहादुर विश्वकर्मा १३. मा० पार्वती वि.क ७. माए ज्ञानु पौड्याल तदुपरान्त सम्माननीय सभामुखले “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तत्पश्चात्‌ सम्माननीय सभामुखले “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने मा० सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो । त्यसपछि माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यसपछि उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जवाफ दिनुभयोः- १. मा० शोभा खनाल ९, AIO We प्रसाद बराल २. मा० जनक सिंह धामी १०. मा० रन्जु न्यौपाने ३. मा० समिना मिया ११. मा० सुशीला ढकाल आचार्य ४. मा० बलावती शर्मा १२. AIO ओजश्वी शेरचन ५. मा० माधव बहादुर थापा १३. मा० प्रभा ढकाल ६. HO राधिका रम्तेल १४, मा० गजाला समीम मिकरानी ७. WO टुका भद्रा हमाल १५. मा० साजिदा खातुन सिद्धिकी 5. मा० ललिता कुमारी तदुपरान्त सम्माननीय सभामुखले “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌" भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो | तत्पश्चात्‌ सम्माननीय सभामुखले “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने Wo सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | त्यसपछि माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। w

Like

0

Views

2

Comments

0

Share

0

Save

Report