विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३
Summary
पञ्चेश्वर गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी तथा विद्यालय सहयोगी कर्मचारीको छनौट, नियुक्ति र सेवा सर्तलाई व्यवस्थित, पारदर्शी र वस्तुनिष्ठ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) र दफा १०२ ले दिएको अधिकार प्रयोग गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 89552680-4c16-4d93-acc9-db7755234eed.pdfPDF · 4 pages · 3.7 MBOpen
Key details
- Organization
- Pancheshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee Sy =— . विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति : २०८३।०५।२६ प्रस्तावना: पञ्चेश्वर गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी तथा विद्यालय सहयोगी कर्मचारीको छनौट, नियुक्ति र सेवा सर्तलाई व्यवस्थित, पारदर्शी र वस्तुनिष्ठ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) र दफा १०२ ले दिएको अधिकार प्रयोग गरी पञ्चेश्वर गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ। परिच्छेद-१: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (९) यस कार्यविधिको नाम 'विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३' रहेको छ। (२) यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: a (क) 'गाउँपालिका' भन्नाले पञ्चेश्वर गाउँपालिका सम्झनुपर्छ। (ख) 'शाखा' भन्नाले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा सम्झनुपर्छ। CD 'बिद्यालय' भन्नाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालय सम्झनुपर्छ। (घ) 'विद्यालय व्यवस्थापन समिति (विव्यस)' भन्नाले प्रचलित नियमानुसार सामुदायिक विद्यालयमा गठित समिति सम्झनुपर्छ। (ङ) 'बालविकास शिक्षक' भन्नाले बालविकास केन्द्रमा कार्यरत सहजकर्ता/शिक्षक सम्झनुपर्छ। (च) 'विद्यालय कर्मचारी' भन्नाले विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी(लेखापाल) तथा विद्यालय सहयोगी कर्मचारी(विद्यालय सहयोगी) सम्झनुपर्छ। (छ) 'छनौट समिति' भन्नाले यस कार्यवधिको दफा ५ बमोजिम गठित समिति सम्झनुपर्छ। परिच्छेद-२: पदपूर्ति तथा दरबन्दी स्वीकृति ३. अनुदान कोटा निर्धारण तथा स्वीकतिः Ke awa. १।४ ae oS Ayrtvat (१) नेपाल सरकार र गाउँपालिकाको स्वीकृत मापदण्डका आधारमा विद्यालयमा बालविकास शिक्षक र विद्यालय कर्मचारीको पद सङ्ख्या निर्धारण गरिनेछ। (२) विव्यसले रिक्त वा नयाँ कोटामा पदपूर्तिको लागि आवश्यक कागजात सहित पालिकाको शिक्षा शाखामा माग निवेदन पेस गर्नुपर्नेछ। > (३) पालिकाको स्वीकृत अनुमति र बजेट सुनिश्चिततापछि मात्र पदपूर्तिको प्रक्रिया अगाडि बढाइनेछ। ४. न्यूनतम शैक्षिक योग्यता र उमेरको सीमाः wa. | रू. । न्यूनतम शैक्षिक योग्यता उमेरको सीमा 2 प्रारम्भिव मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा विषयमा | १८ वर्ष पूरा भई ४० बालविकास शिक्षक | कक्षा १२ वा सो सरह उत्तीर्ण (तालिम प्राप्त र | वर्ष ननाधेको अध्यापन अनुमतिपत्र लिएको) २ विद्यालय सहायक | मान्यता प्राप्न शिक्षण संस्थाबाट | १८ वर्ष पूरा भई ४० कर्मचारी व्यवस्थापन/वाणिज्य विषयमा माध्यमिक | वर्ष ननाघेको शिक्षा परीक्षा (कक्षा १२) वा सो सरह उत्तीर्ण (कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको) क विद्यालय सहयोगी | साधारण लेखपढ गर्न जान्ने (कम्तीमा कक्षा ८ | १८ वर्ष पूरा भई ४० कर्मचारी उत्तीर्ण) वर्ष ननाघेको Wag: उल्लेखित पदमा उमेदवार हुन अन्य सरकारी सेवा सरह नेपाली नागरिक र तोकिएका मापदण्ड पुरा गरी सरकारी सेवाका लागि योग्य हुन अनिवार्य छ। ५ परिच्छेद-३; छनौट प्रणाली तथा प्रक्रिया ५. छनौट समितिः विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौटका लागि निम्न अनुसारको छनौट समिति रहनेछः (क) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको विव्यस सदस्य - अध्यक्ष (ख) शिक्षा शाखा प्रमुख वा निजले तोकेको शिक्षा शाखाको प्रतिनिधि - सदस्य (ग) विद्यालय व्यवस्थापन समितिले तोकेको सम्बन्धित विषयको विज्ञ - सदस्य _(घ) सम्बन्धित विद्यालयको प्रधानाध्यापक - सदस्य-सचिव ६. विज्ञापन र आवेदनः (8) सम्बन्धित विद्यालय र गाउँपालिकाको वेबसाइट, सूचना पार्टी र सञ्चार माध्यममा कम्तीमा १५ दिनको म्याद 'दिई सार्वजनिक विज्ञापन प्रकाशन गरिनेछ। < on