विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनाैट तथा व्यवस्थापन कार्यविधि, २०८३
Summary
खण्डः-०९, पञ्चेश्वर गाउँपालिका राजपत्र, भाग:-०२, संख्या:-०१, fAfa:-2053/06/0% गते पञ्चेश्वर गाउँपालिका राजपत्र पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित भाग- ०२ विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ राजपत्रमा प्रकासित मितिः २०८३/०६/०९ गते प्रस्तावना: पञ्चेश्वर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e85500b3-b726-4a13-a31a-30d34537ca73.pdfPDF · 12 pages · 862 KBOpen
Key details
- Organization
- Pancheshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्डः-०९, पञ्चेश्वर गाउँपालिका राजपत्र, भाग:-०२, संख्या:-०१, fAfa:-2053/06/0% गते पञ्चेश्वर गाउँपालिका राजपत्र खण्डः-०९, संख्याः:-०१, मितिः-२०८३%०६/०९ पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित भाग- ०२ विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मिति: २०८३/०५/२६ गते राजपत्रमा प्रकासित मितिः २०८३/०६/०९ गते प्रस्तावना: पञ्चेश्वर गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहायक कर्मचारी तथा विद्यालय सहयोगी कर्मचारीको छनौट, नियुक्ति र सेवा सर्तलाई व्यवस्थित, पारदर्शी र वस्तुनिष्ठ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) र दफा १०२ ले दिएको अधिकार प्रयोग गरी पञ्चेश्वर गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ। विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि १/१२ परिच्छेद--१: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८३' रहेको छ। (२) यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषाः बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: (क) गाउँपालिका' भन्नाले पञ्चेश्वर गाउँपालिका सम्झनुपर्छ | (ख) Mean भन्नाले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा सम्झनुपर्छ | () विद्यालय भन्नाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालय सम्झनुपर्छ । @ विद्यालय व्यवस्थापन समिति (विव्यस)' भन्नाले प्रचलित नियमानुसार सामुदायिक विद्यालयमा गठित समिति सम्झनुपर्छ। (ङ) बालविकास शिक्षक भन्नाले बालविकास केन्द्रमा कार्यरत सहजकर्ता/शिक्षक सम्झनुपर्छ। (च) विद्यालय कर्मचारी' भन्नाले विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी(लेखापाल) तथा विद्यालय सहयोगी कर्मचारी(विद्यालय सहयोगी) सम्झनुपर्छ । @ 'छनौट समिति' भन्नाले यस कार्यवधिको दफा ५ बमोजिम गठित समिति सम्झनुपर्छ। परिच्छेद--२: पदपूर्ति तथा दरबन्दी स्वीकृति ३. अनुदान कोटा निर्धारण तथा स्वीकृतिः (१) नेपाल सरकार र गाउँपालिकाको स्वीकृत मापदण्डका आधारमा विद्यालयमा बालविकास शिक्षक र विद्यालय कर्मचारीको पद सङ्ख्या निर्धारण गरिनेछ । (२) विव्यसले रिक्त वा नयाँ कोटामा पदपूर्तिको लागि आवश्यक कागजात सहित पालिकाको शिक्षा शाखामा माग निवेदन पेस गर्नुपर्नेछ | (३) पालिकाको स्वीकृत अनुमति र बजेट सुनिश्चिततापछि मात्र पदपूर्तिको प्रक्रिया अगाडि बढाइनेछ। विद्यालय कर्मचारी र बाल विकास शिक्षक छनौट तथा व्यवस्थापन कार्यविधि २/१२