भूमिगत सिँचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधी, २०८३
Summary
"कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)" को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। संक्षिप्त नाम र प्रारम्भ : (१) यो विधिको नाम "भूमिगत सिंचाई व्यवस्थापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 949c39de-2c77-4e37-afe6-a7b3705378d2.pdfPDF · 8 pages · 3.5 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a जनिधिक् आपदण्ड तथा सञ्चालन विधी, २०८३ भूमिगत सिंचाई व्यवस्थापन कार्यक्रम ic "कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)" को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। 4. संक्षिप्त नाम र प्रारम्भ : (१) यो विधिको नाम "भूमिगत सिंचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधी, २०८३" रहेको छ। (२) यो बिधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागु हुनेछ। परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा, (क) “आवेदक” भन्नाले यस कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक/कृपि सहकारी/कृपक समूह/फार्मलाई सम्झनु पर्दछ। (ख) “केन्द्र” भन्नाले जिल्ला स्थित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्झनु पर्दछ। (1) “मन्त्रालय” भन्नाले मधेश प्रदेश स्थित भूमि व्यवस्था,कृपि तथासहकारी मन्त्रालय सम्झनु पर्दछ। (घ) “अनुदानग्राही” भन्नाले यस कार्यक्रमका लागि छनौट भएका कृषक/कृपि सहकारी/कृपक समूह/ फार्मलाई सम्झनु पर्दछ। उद्देश्य : इनार वा वढीमा ४ इन्चसम्मको ब्यासको स्यालो ट्यूववेलबाट विद्युतिय समरसिवल पम्प/सरफेश पम्प/सोलार पम्प/सेन्ट्रिफ्यूगल प्रणाली प्रयोग गरी कृषि क्षेत्रका लागि आवश्यक सिंचाई/जल आपूर्ति गर्न अन्य वैकल्पिक स्रोत नभएको स्थलमा भूमिगत जलको प्रभावकारी र दिगो हुने गरी उपयोग बढाउनु | कार्यक्रम war (१) यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधि अनुरुप साना सिंचाई व्यवस्थापन/भूमिगत सिंचाई/स्यालो टयुववेल/ट्युववेल/सोलार (सौर्य) प्रणाली जडान तथा सञ्चालन लक्षित सम्पूर्ण कार्यक्रमहरु सञ्चालन गर्न सकिनेछ। (२) दफा १ वमोजिमका कार्यक्रमहरुको आर्थिक सीमा स्वीकृत वार्षिक कार्यक्रममा निर्धारण भए सोहि वमोजिम र निर्धारण नभएको हकमा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधी, २०७६ (पहिलो संशोधन २०७७)” को अनुसूची-१ वमोजिम रहनेछ। प्रस्ताव आह्वान तथा संकलन: (१) केन्द्रले कम्तिमा १५ दिनको म्याद दिई अनुसूची -१ वमोजिमको ढाँचामा स्थानीय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सेवाग्राहीबाट अनुसूची-२ वमोजिमको आवेदन माग गर्नु पर्नेछ। प्रकाशन भएको सूचनाको जानकारी जिल्लास्थित सबै स्थानीय तह तथा निर्देशनालयमा समेत पठाउनुपर्नेछ। सूचना तथा प्रस्तावको ढाँचा कार्यालयको वेवसइटमा समेत राख्नुपर्नेछ। (२) उक्त म्याद भित्र पर्याप्त आवेदन पेश हुन नआएमा सात (७) दिनको म्याद थप गरी पुनः सूचना प्रकाशन गरिनेछ र उक्त म्यादभित्र समेत गरी जे जति सँख्यामा आवेदन संकलन भए पछि सो लाई नै अन्तिम मानि कार्यक्रम सञ्चालन गर्न बाधा पुग्ने छैन। अनुदानग्राहीको योग्यता: (१) यस कार्यक्रम अन्तर्गत देहाय बमोजिमका अनुदानग्राहीले कार्यक्रममा सहभागी हुन आवेदन गर्न सक्नेछन्। टन ae . ty (क) सामान्यतया कृषि उत्पादनमा सल र छ भएको एकल कृषक परिवार | तर उखु, फलफुल, रैथाने, पुष्प, aa Se war मत्स्यको हकमा न्यूनतम एक विघा जग्गा भएको एकल कृषक परिवार | (ख) एक भन्दा बढी कृषक परिवारहरुको जग्गा मिलाएर दुई विघा जग्गाको क्लष्टरमा सिंचाई गर्ने आपसी सहमति भएका उपभोक्ताहरु मध्येका एकजना कृषक | (ग) कृषि सहकारी संस्था/कृषि उत्पादनमा संग्लन निजी फर्म/उद्यमी: प्रचलित कानुन अनुसार दर्ता भएका र लिजमा वा एकल स्वामित्वको कम्तीमा ४ (चार) विघा जग्गामा कृपि उत्पादन कार्यक्रम सञ्चालन गरेको | (घ) स्यालो टयुववेल जडान सम्भाव्य नभएको क्षेत्रमा इनारको हकमा कम्तीमा ५ परिवार र ४ विघा जग्गामा सिंचाई सुविधा पुग्न सक्ने गरी सँस्थागत वा आपसी सहमति भएका उपभोक्ताहरु मध्येका एकजना कृषक (लिखित सम्झौता तथा जग्गाको प्रमाण पुर्जा लगायत अन्य कागजात अनिवार्य हुने र नक्शामा जग्गा तथा इनारको सामिप्यता ea पर्ने) (२) वस्तीभन्दा बाहिर टाढाको खेत भए न्यूनतम ५ कट्टा जग्गामा एकल परिवारको स्वामित्वमा एकल खेती गर्ने कृपक परिवारले २ इन्च ब्यासको स्यालो ट्यूवेल जडान गर्ने इच्छुक कृषक वा कृषक परिवार | (३) यस किसिमको अनुदान पाइसके पछि दुई आ.व. व्यतीत नभएको/झुठा विवरण पेश गर्ने/कुनै किसिमको पेश्की वेरुजु वा अनियमिततामा परेको) कार्यालयमा खराव आचरण प्रस्तुत गरेका व्यक्ती वा परिवारको आवेदन छनौट प्रक्रियामा समावेश गरिने छैन। मूल्याङ्कन समिति र मूल्याङ्कनका आधारहरु: (१) केन्द्रले प्राप्त आवेदनहरुको मुल्यांकन तथा छनौट गर्न देहाय वमोजिमको एक मूल्याड्नन समिति गठन गर्नेछ | (क) केन्द्रले तोकेको अधिकृत - संयोजक (ख) भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अधिकृत - सदस्य (ग) कार्यक्रम हेर्ने जिम्मेवार अधिकृत/प्राविधिक कर्मचारी - सदस्य-सचिव (२) केन्द्रले Wea समितिमा आवश्यकता अनुसार दुई जनासम्म आमन्त्रित सदस्य थप गर्न सक्नेछ | (३) मुल्यांकन समितीले मूल्यांकन गर्दा प्राप्त आवेदनहरुलाई तपसिल अनुसार अनुदानग्राहीको किसिम छुट्याउने छ। (क) VAR) इन्च व्यास स्यालो ट्यूवेल जडान मात्र (@) YOR) इन्च ब्यास स्यालो ट्यूवेल जडान तथा समरसिवल वा सरफेश (विद्युतिय वा सोलार) (ग) पुरानै जलस्रोत संरचनावाट जल उपयोग गर्न समरसिवल वा सरफेश (विद्युतिय वा सोलार) (घ) रदुई) इन्च व्यास स्यालो टयूवेल जडान समरसिबल बा सरफेश हँ छ f सोलार) (ङ) इनारबाट/सोलार प्रणालीबाट सिंचाई 3 a: 3 (४) आवेदन फारममा आवेदकचोदुँम्लागल उल्लेख भएको आवेदनहरुको सहभागीता aaa “ ॥ eS हुने अंकको आधारमा वर्गीकरण गरी छुटयाँउँने OST लागत सहभागीता उल्लेख भएका आवेदनहरुको मूल्याड्नन तथा छनौट पहिले गरी वचत हुने स्थानमा मात्र क्रमशः सहभागीता प्रतिशतको आधारमा मूल्याङ्कन तथा छनौट गर्नेछ। ५) बुँदा नं ३ अनुसार वर्गीकरणको आधारमा माग निवेदन सँख्या एकिन गर्ने र कार्यालयको कूलस्रोत साधनको आधारमा हरेक किसिमको अनुदानग्राहि समावेश हुने गरी कार्यक्रम सञ्चालन गर्ने सक्नेछ। (६) आवेदनहरु छनौटको लागी कर्मचारी परिचालन गरी स्थलगत अनुगमन निरीक्षण गराउने र आवश्यकता अनुसार निरक्षण प्रतिवेदनको azar मूल्याङ्कन प्रक्रियामा समावेश गराउनु पर्नेछ। स्थलगत निरक्षणको क्रममा कार्यक्रम सञ्चालन हुने क्षेत्रको जिपिएस (G.P.S) कोड समेत समावेश गर्नुपर्नेछ। (७) मुल्याड्रित अंक बरावर भएको अवस्थामा क्रमशः सिंचाई हुने क्षेत्रफल, जल उपयोग प्रभावकारिता र आवेदकको समाजिक तथा आर्थिक अवस्था, अन्य सुविधा पाए/नपाएको आधारमा प्राथमिकता निर्धारण गरिनेछ। (5) मूल्याङ्कन समितीले मूल्याङ्कनको आधारमा छनौट सूची तयार गर्नेछ र समितीवाट पेश भएको छनौट सूची केन्द्रले प्रमुखले स्वीकृत गरेपछि सो सूची प्रकाशन गर्नुपर्नेछ। प्राविधिक स्पेसिफिकेशन, लागत अनुमान तथा आपूर्तिकर्ता सम्बन्धी व्यवस्थाः (१) सिभिल वा oft इन्जियर/ओभरसियर/सव-ओभरसियर वा साना सिंचाई सम्वन्धी तालिम प्राप्त कृषि प्राविधिकबाट स्यालो टयुववेल जडान/इनार निर्माण/सोलर प्रणाली सम्बन्धी प्राविधिक स्पेसिफिकेशन र लागत अनुमान तयार गरी सम्वन्धित केन्द्र प्रमुखले स्वीकृत गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। लागत अनुमानमा अनुदानग्राही सहभागिता वापत व्यहोर्नु पर्ने निर्धारित अंश र कन्टिन्जेन्सि रकम समैत समावेश गरी लागत अनुमान तयार गर्नु wig | (२) केन्द्रले माथि उपदफा (१) वमोजिमको प्राविधिक स्पेसिफिकेशन र लागत अनुमान तयार गरे पश्चात सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार दर रेट निर्धारणका लागि सुचना प्रकाशन गर्नु पर्नेछ। (३) त्यसरी प्राप्त भएको आपुर्तीकर्ताको आवेदनलाई नियमानुसार मूल्याड्गन गरि कार्यालयले तयार गरेको प्राविधिक स्पेसिफिकेशन र लागत अनुमानको आधारमा लागत अनुमान वा सो भन्दा कम दररेट पेश गरेका आपुर्तीकर्ताहरुको मूल्याङ्कन गरि नियमानुसार औसत दररेटको सवैभन्दा नजिक रहेको दररेट अनुदानको लागि निर्धारण गर्नु पर्नेछ। (४) उपदफा (३) वमोजिम निर्धारण भएको दररेट भन्दा बढि दररेट पेश गर्ने आपूर्तिकर्ताको हकमा निर्धारण गरिएको दररेटमा अनुदानको सिमा लागू हुनेछ तर निर्धारित दररेट भन्दा कम दररेट पेश गर्ने आपूर्तिकर्ताको हकमा पेश गरे वमोजिमकै दररेटमा अनुदानको सीमा लाग् हुनेछ । सम्झौता: (१) छनौट सूचीमा समावेश भएका अनुदानग्राहीले कार्य सञ्चालनको लागी meet ४ वमोजिमको ढाँचामा सम्झौता गर्नुपर्नेछ। op १०. ११. १२. १३. १४. (२) कार्यालयले स्यालो त कार्यको लागी कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधी २०७६ अनुसार आपूर्तिकताहरुको सूची तयार गरी अनुदानग्राहीलाई उपलव्ध गराउनेछ र उक्त सूचि मध्येवाट अनुदानग्राही आफनो स्वेच्छाले रुचाएको आपूर्तिकर्ताबाट कार्यक्रम सञ्चालन कार्य तथा आवश्यक सामग्री खरिद गर्न सक्नेछ र सम्झौता अनुसार कृषक दायित्वको रकम आफै भुक्तानी गर्नेछ। कार्यको पारदर्शिता तथा लागत जवाफदेहिताको लागी कार्यालयले कार्यक्रमको चरणवद्ध रुपमा क्रमशः अनुगमन गरी कार्य आदेश/जडान आदेश/सामग्री आपूर्ती वा अन्य उपयुक्त आदेश जारी गर्नेछ। (३) यस कार्यक्रम अन्तरगत अनुदानग्रीले स्वेच्छाले खरिद गरेको सेवा/सामग्री वापतको तोकिए वमोजिमको साझेदारी रकम अनुदानग्राहीवाटै प्राप्त गर्ने दायित्व आपूर्तिकर्ताको हुनेछ। (४) आपूर्तिकर्ताले सम्झौता वमोजिमको समय सिमा भित्र गुणस्तरीय कार्य सम्पादन गर्नु पर्नेछ। कार्य सम्पन्न भएपछि मात्र कार्यालयले अनुदान वापतको रकम भुक्तानी दिनेछ। जडान कार्य सम्पादन प्रतिबेदन: (१) आपूर्तिकर्ताले जडान कार्य सम्पन्न भएको जानकारी गराएपछि कार्यालयले उक्त कार्यको निरीक्षण गराई कार्य सम्पन्न प्रतिवेदन लिनु पर्नेछ। भुक्तानी प्रक्रिया: (१) केन्द्रबाट जारी भएको आदेश जडान कार्य सम्पन्न प्रतिवेदन तथा विल भर्पाइ लगायत केन्द्रले तोकेको अन्य विवरण सहित अनुदान वापतको रकम भुक्तानी माग गर्दा कार्यालयले अनुदान वापतको रकम अनुदानग्राही वा निजले मञ्जुर गरेको आपूर्तिकर्तालाई भुक्तानी दिनेछ। (२) केन्द्रले जडान/निर्माण भएको स्यालोटयुववेल/इनार/सोलार प्रणालीको जि. पि. एस. कोड अभिलेख राख्नु पर्नेछ। अनुगमन र नियमनः मन्त्रालय र निर्देशनालयले सम्पादित कार्यक्रमहरुको सुपरीवेक्षण तथा अनुगमन गर्न सक्नेछ। संशोधन गर्न सक्ने: मन्त्रालयले आवश्यकता अनुसार यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा संशोधन गर्न सक्नेछ। खारेजी तथा बचाउ: (१) "भूमिगत सिंचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधी, २०८२" खारेज गरिएको छ। (२) "भूमिगत सिंचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा सञ्चालन विधी, २०८२" वमोजिम भए गरेका काम कारबाही यसै बमोजिम भए गरेको मानिनेछ।