शौचालय निर्माण कार्यविधि, २०८३ ८३/८४ 09/29/2026 - 18:58 शौचालय निर्माण कार्यविधि २०८३
Summary
चुमनुब्री गाउँपालिकाभित्र रहेका विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापन, स्वास्थ्य तथा सरसफाइको अधिकार सुनिश्चित गर्न, शौचालयको पहुँचबाट वञ्चित वा सुरक्षित रूपमा प्रयोग गर्न नसक्ने परिवारलाई लक्षित गरी सुरक्षित, स्वच्छ, अपाङ्गतामैत्री तथा वातावरणमैत्री शौचालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6e50393b-ed74-4e6a-be6f-8b09e07fd145.pdfPDF · 17 pages · 261 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्ड ९ संख्या २५ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चुमनुव्री गाउँपालिका स्थानीय राजपत्र खण्ड:९ संख्या : २५ मिति : २०८३/०६/१३ भाग-२ शौचालय निर्माण कार्यविधि, २०८३ चुमनुब्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड ९ संख्या २५ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना चुमनुब्री गाउँपालिकाभित्र रहेका विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापन, स्वास्थ्य तथा सरसफाइको अधिकार सुनिश्चित गर्न, शौचालयको पहुँचबाट वञ्चित वा सुरक्षित रूपमा प्रयोग गर्न नसक्ने परिवारलाई लक्षित गरी सुरक्षित, स्वच्छ, अपाङ्गतामैत्री तथा वातावरणमैत्री शौचालय निर्माणमा सहयोग उपलब्ध गराउन आवश्यक भएकोले, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानूनको अधीनमा रही चुमनुव्री गाउँ कार्यपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ। परिच्छेद--१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम “विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि एक घर एक शौचालय निर्माण कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” रहेको छ। (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) “गाउँपालिका” भन्नाले ATA गाउँपालिका सम्झनुपर्छ | (ख) “कार्यपालिका” भन्नाले चुमनुव्री गाउँ कार्यपालिका सम्झनुपर्छ (ग) “अध्यक्ष” भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनुपर्छ। (घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ | (ङ) “कार्यक्रम” भन्नाले विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि एक घर एक शौचालय निर्माण कार्यक्रम सम्झनुपर्छ।