तारकेश्वर नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरणको आधार तथा मापदण्ड, २०८३
Summary
खण्ड १० संख्या १२ मितिः २०८३/०६/०२ भाग 2 तारकेश्वर नगरपालिकाको भ-उपयोग क्षेत्र वर्गीकरणको आधार तथा मापदण्ड, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः: २०८३/०५/१८ प्रमाणीकरण मितिः २०८३/०५/३१ प्रस्तावना भू-उपयोग ऐन, २०७६ तथा भू-उपयोग नियमावली, २०७९ बमोजिम तारकेश्वर नगरपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरणलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4d7deada-c909-4719-ab90-e0d0ca3554d1.pdfPDF · 3,106 pages · 11.5 MBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© coche, a on तारकेश्वर नगरपालिका Tae PRR स्थानीय राजपत्र खण्ड १० संख्या १२ मितिः २०८३/०६/०२ भाग 2 तारकेश्वर नगरपालिकाको भ-उपयोग क्षेत्र वर्गीकरणको आधार तथा मापदण्ड, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः: २०८३/०५/१८ प्रमाणीकरण मितिः २०८३/०५/३१ प्रस्तावना भू-उपयोग ऐन, २०७६ तथा भू-उपयोग नियमावली, २०७९ बमोजिम तारकेश्वर नगरपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरणलाई व्यवस्थित, वैज्ञानिक, व्यावहारिक तथा स्थानीय आवश्यकताअनुकूल बनाउन भू-उपयोग क्षेत्र वर्गीकरणका आधार तथा मापदण्ड निर्धारण गर्न आवश्यक भएकाले, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित अन्य कानूनबमोजिम तारकेश्वर नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी तारकेश्वर नगरपालिकाले यो मापदण्ड जारी गरेको छ । परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस मापदण्डको नाम “तारकेश्वर नगरपालिका भू-उपयोग क्षेत्र वर्गीकरणको आधार तथा मापदण्ड, २०८३” रहेको छ। (२) यो मापदण्ड तारकेश्वर नगरपालिका कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ | तारकेश्वर नगरपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरणको आधार तथा मापदण्ड, २०८३ २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा,- (क) “ऐन” भन्नाले भू-उपयोग ऐन, २०७६ सम्झनुपर्छ | (@) “नियमावली” भन्नाले भू-उपयोग नियमावली, २०७९ सम्झनुपर्छ | (ग) “नगरपालिका” भन्नाले तारकेश्वर नगरपालिका, काठमाडौँ सम्झनुपर्छ | (घ) “भू-उपयोग क्षेत्र” भन्नाले प्रचलित कानूनबमोजिम वर्गीकरण गरिएको कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल तथा सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र सम्झनुपर्छ | (ङ) “कित्ता” भन्नाले नापी नक्सामा कायम रहेको जग्गाको कित्ता सम्झनुपर्छ । (च) “क्षेत्राधिकार” भन्नाले सम्बन्धित सडकको स्वीकृत सडक सीमा वा क्षेत्राधिकार सम्झनुपर्छ | (छ) “सडकसँग जोडिएको कित्ता” भन्नाले कायम रहेको सडक वा फिल्डमा चलनचल्तीमा रहेको बाटोसँग प्रत्यक्ष जोडिएको जग्गाको कित्ता सम्झनुपर्छ | (ज) "स्थानीय भू-उपयोग परिषद्" भन्नाले तारकेश्वर नगरपालिकाको भू-उपयोग परिषद्लाई सम्झनुपर्छ | परिच्छेद-२ उद्देश्य तथा क्षेत्र वर्गीकरणका आधार ३. उद्देश्य : यस मापदण्डको उद्देश्य देहायबमोजिम हुनेछ : (क) नगरपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरणलाई व्यवस्थित र प्रभावकारी बनाउने | (ख) स्थानीय आवश्यकता, जनसंख्या वृद्धि तथा बढ्दो शहरीकरणलाई मध्यनजर गरी भू-उपयोग क्षेत्र निर्धारण गर्ने । (ग) कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, सार्वजनिक तथा अन्य क्षेत्रको वर्गीकरणलाई स्पष्ट बनाउने । (घ) नापी नक्सा तथा फिल्डमा कायम रहेको भू-उपयोग अवस्थाबीच आवश्यक समन्वय कायम गर्ने | (ङ) भू-उपयोग क्षेत्र वर्गीकरणमा देखिएका व्यावहारिक समस्याको समाधान गर्ने।