प्रेस विज्ञप्ति
Summary
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ३ मा सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने, सोको लेखा राख्ने र प्रतिवेदन गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयलाई तोकिएको छ । सोही ऐनको दफा ३३(११) बमोजिम आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदनको अतिरिक्त नेपाल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fac081bc-2e20-4363-9cc9-f895ea03563e.pdfPDF · 1 page · 416 KBOpen
Key details
- Organization
- Financial Comptroller General Office
- Industry
- Federal
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"er बियत्रक कार्यातय वर मरी प्रेस विज्ञप्ति आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को दफा ३ मा सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने, सोको लेखा राख्ने र प्रतिवेदन गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयलाई तोकिएको छ । सोही ऐनको दफा ३३(११) बमोजिम आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदनको अतिरिक्त नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको एकीकृत विवरण माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यू समक्ष एवम् दफा २९(१) तथा आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७५(४) बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण र सोही नियमावलीको नियम ७८(७) बमोजिम आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको सम्पत्ति तथा दायित्वको एकीकृत विवरणका अतिरिक्त आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन माननीय महालेखापरीक्षक तोयम रायाज्यू समक्ष महालेखा नियन्त्रक श्री बैकुण्ठ प्रसाद अर्यालज्यूले पेश गर्नु भयो। प्रस्तत प्रतिवेदनमा आ.व. २०८२।८३ मा नेपाल सरकारका बजेटरी निकायहरूको कुल प्राप्तितर्फ रु. ६ खर्ब ४ अर्ब ६९ करोड र भुक्तानीतर्फ रु. १५ खर्ब ६१ अर्ब ३९ करोड भई सङ्घीय सञ्चित कोष रु. ४३ af ३० करोड बचतमा रहेको छ । त्यसैगरी नेपाल सरकारका एक्स्ट्रा बजेटरी निकायहरूको प्राप्तितर्फ रु. १ खर्ब २२ अर्ब ६० करोड र भुक्तानीतर्फ रु. १ खर्ब ११ अर्ब Bs करोड भई अघिल्लो आ.व. को मौज्दात सहित रु. १ खर्ब १५ अर्ब ६४ करोड अन्तिम नगद तथा बैङ्क मौज्दात कायम रहेको छ । आ.व. २०८२।द८३ को नेपाल सरकारका निकायहरूको विनियोजन, राजस्व र धरौटी तथा अन्य कोषतर्फको आन्तरिक लेखापरीक्षणबाट रु. १० अर्ब ६८ करोड १५ लाख बेरुजु कायम हुन आएको छ ।उक्त बेरुजुमध्ये रु. ३ अर्ब ४२ करोड ६६ लाख असुल गर्नु पर्ने, रु. १ अर्ब ९८ करोड 33 ara नियमित गर्नुपर्ने र म्याद नाघेको पेश्की रु. ५ अर्ब २७ करोड १६ लाख रहेको छ | सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेख भए अनुसार आ.व. २०८२।८३ सम्ममा संघ सरकारको २ खर्ब १२ अर्ब १७ करोड ९१ लाख, प्रदेश सरकारतर्फ रु. ५० अर्ब २० लाख र स्थानीय तहतर्फ रु. ६९ अर्ब २९ करोड ८५ लाख समेत गरी तीन तहका सरकारको जम्मा रु. ३ खर्ब ३१ अर्ब ४७ करोड ९७ लाखको सम्पत्ति मौज्दात रहेको छ । मितिः २०८३ / ०७ / १६ सहमहालेखा नियन्त्रक एवम् प्रवक्ता