नेपाल प्रशासन सेवा, लेखा समूहको जनशक्ति व्यवस्थापन मापदण्ड, २०८३
Summary
नेपाल प्रशासन सेवा, Sewer yah व्यवस्थापन मापदण्ड, २०८३ प्रशासन सेवा, व्यवस्थापन मापदण्ड, २०८ स्वीकृत मितिः २०८३।०७।०९ प्रस्तावना: नेपाल प्रशासन सेवा, लेखा समूहका कर्मचारीको पदस्थापना, सरुवा, कामकाज, काज लगायत समग्र जनशक्ति परिचालन तथा व्यवस्थापनको कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक भएकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 91df5799-a782-47e9-b18f-b0bb95322c34.pdfPDF · 4 pages · 1.4 MBOpen
Key details
- Organization
- Financial Comptroller General Office
- Industry
- Federal
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ort मन्त्रालय नेपाल प्रशासन सेवा, Sewer yah व्यवस्थापन मापदण्ड, २०८३ प्रशासन सेवा, व्यवस्थापन मापदण्ड, २०८ स्वीकृत मितिः २०८३।०७।०९ प्रस्तावना: नेपाल प्रशासन सेवा, लेखा समूहका कर्मचारीको पदस्थापना, सरुवा, कामकाज, काज लगायत समग्र जनशक्ति परिचालन तथा व्यवस्थापनको कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक भएकोले, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६० तथा निजामती सेवा ऐन, २०४९ कोदफा १८ को प्रयोजनका लागि निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम (१५) को अधिकार प्रयोग गरी महालेखा नियन्त्रक कार्यालयले यो मापदण्ड जारी गरेको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस मापदण्डको नाम “नेपाल प्रशासन सेवा, लेखा समूहको जनशक्ति व्यवस्थापन मापदण्ड, २०८३” रहेको छ। (२) यो मापदण्ड महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा,- (क) "ऐन" भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ। (ख) “कर्मचारी” भन्नाले नेपाल प्रशासन सेवा, लेखा समूहका कर्मचारी सम्झनु पर्छ | (ग) “जनशक्ति व्यवस्थापन” भन्नाले लेखा समूहका कर्मचारीको पदस्थापना, सरुवा, कामकाज, काज लगायत जनशक्ति परिचालन सम्बन्धी कार्य सम्झनु पर्छ | (घ) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ। © “न्यूनतम अवधि” भन्नाले ऐनको दफा १८ वमजिम निर्धारित न्यूनतम अवधि सम्झनु पर्छ | (च) “भौगोलिक क्षेत्र" भन्नाले नियमावलीको नियम ८०(क) बमोजिमको अनुसूची १६ मा रहेको भौगोलिक क्षेत्रलाई सम्झनु पर्छ । (छ) “विशेष अवस्था” भन्नाले कर्मचारीको असाधारण प्रकृतिको शारीरिक वा गम्भीर प्रकृतिको स्वास्थ्य सम्बन्धी समस्या वा जटिल र असाधारण प्रकृतिको पारिवारिक समस्याको कारणले कार्यसम्पादनमा असहजता भएको अवस्थालाई सम्झनु पर्छ। (ज) “सुगम तथा सुविधाजनक स्थानका कार्यालय” भन्नाले काठमाडौं उपत्यका र प्रदेश राजधानी रहेको जिल्लास्थित कार्यालय सम्झनु पर्छ | परिच्छेद-२ जनशक्ति व्यवस्थापन सम्बन्धी व्यवस्था ३. जनशक्ति व्यवस्थापनको सामान्य नीति : जनशक्ति व्यवस्थापन गर्दा निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६० मा भएको व्यवस्थाका अतिरिक्त देहायका नीति अवलम्बन गरिनेछ; क कार्यालय (क) महालेखा नियन्त्रक कार्यालय र TOE Baferr एवम् नेपाल प्रशासन सेवा, लेखा समूहको कर्मचारीबाट आर्थिक प्रशासन सञ्चालन हुने कार्यालयहरूको कार्यविवरण, कार्यबोझ र कार्यप्रकृति अनुसार कर्मचारीको समूचित व्यवस्थापन गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउने, (ख) जनशक्ति व्यवस्थापन गर्दा सरकारी कोष व्यवस्थापन, आर्थिक कारोवार सञ्चालन, लेखांकन तथा प्रतिवेदन, खरिद व्यवस्थापन र आन्तरिक लेखापरीक्षण सम्बन्धी क्षमता अभिवृद्धि, अनुभव प्राप्ति र व्यवसायिकता विकासमा जोड दिने, (ग) जनशक्ति व्यवस्थापन कार्यलाई पारदर्शी, वस्तुगत एवम् थप प्रभावकारी बनाउँदै वित्तीय सुशासन कायम गर्न योगदान गर्ने, र (घ) जनशक्ति व्यवस्थापनमा संगठनको आवश्यकता, कर्मचारीको रुची, योग्यता, दक्षता, कार्यअनुभव, कार्यसम्पादनस्तर तथा वृत्ति विकास समेतलाई मध्यनजर गरी कर्मचारीको उत्प्रेरणा र मनोबल अभिवृद्धि गर्ने। ४. जनशक्ति व्यवस्थापनको सामान्य आधार: (१) ऐन र नियमावलीमा भएका व्यवस्थाका अतिरिक्त जनशक्ति व्यवस्थापनका सामान्य आधार देहाय बमोजिम हुनेछन्; (क) कर्मचारीको सेवा अवधि र हालको कार्यालयमा कार्यरत अवधि, (ख) संगठनको आवश्यकता, संस्थागत स्मरण तथा सेवाको निरन्तरता, (ग) फाजिल परेका कर्मचारीको व्यवस्थापन, (घ) कर्मचारीको कार्यसम्पादनस्तर, कार्यव्यवहार र पेशागत आचरण, © विभिन्न भौगोलिक क्षेत्र एवम् सुगम तथा सुविधाजनक स्थानका कार्यालयहरूमा काम गरेको अवधि, (च) खरिद व्यवस्थापन, आयोजना लेखा, वैदेशिक स्रोत परिचालन लगायत विभिन्न प्रकृतिका कार्यालयहरूको कार्य अनुभव, (छ) वैदेशिक अध्ययन, तालिम, भ्रमण लगायतका अवसर, (ज) विशेष परिस्थिति/अवस्थाको सम्बोधन, र (झ) कर्मचारीको माग/निवेदन | (२) प्रचलित कानूनबमोजिम पूरा गर्नुपर्ने न्यूनतम अवधि पूरा नगरी सामान्यतया कर्मचारीको सरुवा गरिने छैन। (३) न्यूनतम अर्वाधि पूरा भएको कर्मचारीलाई कार्यालयको आवश्यकता, रिक्त दरबन्दी, सेवा, अनुभव तथा यस मापदण्डमा उल्लिखित आधारबमोजिम व्यवस्थापन गरिनेछ । (४) एउटै कार्यालयमा न्यूनतम अवधिभन्दा वढी अवधिदेखि निरन्तर कार्यरत कर्मचारीहरूमध्येबाट सबै भन्दा बढी सेवा गरेको अवधिको आधारमा सरुवा गरिनेछ | (५) महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयबाहेकका कार्यालयहरूमा ५ बर्ष वा सोभन्दा बढी अवधिदेखि निरन्तर कार्यरत कर्मचारीको प्राथमिकताकासाथ सरुवा गरिनेछ | (६) एउटै कर्मचारीलाई पटक पटक एउटै प्रकृति, भूगोल र उस्तै कार्यबोझ भएका कार्यालयहरूमा नखटाई देहाय बमोजिमका कार्यालयहरूको समेत अनुभव हुने गरी जनशक्ति व्यवस्थापन गरिनेछ: