केन्द्रीय लेखाकाे एकीकृत वित्तीय विवरण
Summary
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३ मा सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने, लेखा राखे तथा त्यसको वार्षिक वित्तीय प्रतिबेदन तयार गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको हुने व्यवस्था रहेको छ । यसै जिम्मेवारी अनुरुप सोही ऐनको दफा २९ को उपदफा (१) तथा आर्थिक कार्यविधि तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1dee1633-44a9-45ad-a31a-500bad5fb14d.pdfPDF · 377 pages · 60.0 MBOpen
Key details
- Organization
- Financial Comptroller General Office
- Industry
- Federal
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण (नेपाल सरकारका बजेटरी र एक्स्ट्रा बजेटरी निकायहरू) आर्थिक वर्ष २०८२/८३ eS नेपाल सरकार अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय अनामनगर, काठमाडौं उत्तरदायित्वको स्पष्टोक्ति आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३ मा सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने, लेखा राखे तथा त्यसको वार्षिक वित्तीय प्रतिबेदन तयार गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको हुने व्यवस्था रहेको छ । यसै जिम्मेवारी अनुरुप सोही ऐनको दफा २९ को उपदफा (१) तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७५ को उपनियम (४) बमोजिम आर्थिक वर्ष २०८२/८३ को केन्द्रीय लेखाको एकीकृत वित्तीय बिवरण तयार गरिएको छ। यस विवरणमा सङ्घीय सञ्चित कोषका अतिरिक्त वैदेशिक अनुदान, क्रण सहायता तथा लगानी सम्बन्धी कारोबार र नेपाल सरकारका बजेटरी तथा एक्स्ट्रा बजेटरी निकायहरूको विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषसम्बन्धी कारोबारहरू समाबेश गरिएको छ। यो वित्तीय विवरण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५६ को उपनियम (१) बमोजिम नेपाल सरकारले अवलम्बन गरेको नगदमा आधारित दोहोरो लेखा प्रणालीअनुसार राखिएको लेखाको आधारमा, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २५ को उपदफा (४) बमोजिम महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचा तथा सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम नेपाल सरकारले स्वीकृत गरेको नेपाल सार्वजनिक क्षेत्र लेखामान, २०७९ को अवलम्बन गरी तयार गरिएको छ। महालेखा नियन्त्रक कार्यालयले उपलब्ध लेखा अभिलेख तथा सम्बन्धित निकायहरूबाट प्राप्त वित्तीय विवरण एकीकृत गरी यो वित्तीय विवरण तयार गरेको छ। यस विवरणले आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको समग्र वित्तीय स्थिति तथा वित्तीय कारोबारको यथार्थ अवस्था प्रतिबिम्बित गर्दछ। प्रस्तुत वित्तीय विवरण पूर्ण र विश्वसनीय हुनुको साथै विवरण तयार गर्दा प्रचलित कानुनी व्यवस्था, स्वीकृत लेखा ढाँचा तथा लेखामानका प्रावधानहरू पालना गरिएको छ। (बैकुण्ठ प्रसाद अर्याल) महालेखा नियन्त्रक २०८३।०७।१३