बीउ विजन आत्मनिर्भर कार्यक्रमको मापदण्ड तथा सञ्चालन विधि,२०८३
Summary
मधेश प्रदेशमा खाद्यान्न, दलहन र तेलहन बालीको बीउ बिजन उपलब्धता तर्फ आत्मनिर्भरताको लागि एकद्वार प्रणाली मार्फत् यसको उत्पादन, प्रशोधन, प्याकेजिङ, लेबलिङ, भण्डारण वितरण तथा बजारीकरण संयन्त्र विकास गरी बालीनालीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्नको लागि “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 19e40837-3872-4970-8670-22cd403089e7.pdfPDF · 10 pages · 3.8 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बीउ बिजन आत्मनिर्भर कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३ मधेश प्रदेशमा खाद्यान्न, दलहन र तेलहन बालीको बीउ बिजन उपलब्धता तर्फ आत्मनिर्भरताको लागि एकद्वार प्रणाली मार्फत् यसको उत्पादन, प्रशोधन, प्याकेजिङ, लेबलिङ, भण्डारण वितरण तथा बजारीकरण संयन्त्र विकास गरी बालीनालीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्नको लागि “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)” को दफा ४ को उपदफा २ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट यो सञ्चालन विधि स्वीकृत गरिएको छ। १. २० संक्षिप्त नाम र प्रारम्भ: (१) यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिको नाम “बीउ बिजन आत्मनिर्भर कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३” रहेको छ। (२) यो सञ्चालन विधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस सञ्चालन विधिमा - (क) "अनुदान" भन्नाले यस सञ्चालन विधि अनुसार कार्यक्रम सञ्चालनका लागि प्रदान गरिने आर्थिक/वस्तुगत सहुलियतलाई सम्झनु पर्छ। (ख) "आवेदन" भन्नाले यस सञ्चालन विधिको अनुसूची -३ बमोजिमको प्राविधिक तथा आर्थिक विवरण समेटिएको प्रस्तावलाई सम्झनु पर्छ। (ग) "केन्द्र" भन्नाले जिल्ला स्थित कृषि ज्ञान केन्द्र सम्झनु पर्छ। (घ) "निर्देशनालय" भन्नाले मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय सम्झनु पर्छ । (ङ) "प्राविधिक प्रतिवेदन" भन्नाले यस सञ्चालन विधिको प्रस्तावनामा निहित उद्देश्य अनुसार सञ्चालित वा सञ्चालन हुने कार्यक्रम/क्रियाकलापहरुको स्थलगत अनुगमन र सुपरिवेक्षण गरी तयार गरिएको प्राविधिक विवरण सहितको प्रतिवेदनलाई जनाउँछ। (च) "बीउ बिजन आत्मनिर्भर कार्यक्रम" भन्नाले खाद्यान्न, दलहन र तेलहन बालीको मूल/ प्रमाणित/ उन्नत बीउ उत्पादन कार्यक्रम सम्झनु पर्छ। (छ) "मन्त्रालय" भन्नाले मधेश प्रदेश स्थित कृषि विषय हेर्न मन्त्रालय सम्झनु पर्छ | (ज) "लाभग्राही" भन्नाले खाद्यान्न, दलहन र तेलहन बालीको मूल/प्रमाणित/उन्नत बीउ बिजन उत्पादन तथा बजारीकरणको लागि इजाजतपत्र प्राप्त गरेका कृषि सहकारी वा कृषक समूह वा फार्म वा कम्पनी वा उद्योगलाई सम्झनु पर्छ। प्रस्तावमा समावेश हुन सक्ने विषयगत क्षेत्रहरु: ( १) आवेदकले देहायका विषयमा प्रस्ताव पेश गर्न सक्नेछः (क) पोष्टहार्भेष्ट सेन्टर स्थापना (गोदाम भवन, बीउ सुकाउने 1001) सम्बन्धी कार्यहरु | (ख) Grama, दलहन र तेलहन बालीको गुणस्तरीय बीउ उत्पादनका लागि grey, प्रशोधन, बीउ परीक्षण, ट्रिटीङ्ग, प्याकेजिङ, लेबलिङ, ढुवानी, भण्डारण, वितरण तथा बजारीकरण सम्बन्धी कार्यहरु। (ग) सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरु | सूचना प्रकाशन तथा आवेदन सङ्कलनः- (१) कार्यक्रम सञ्चालन गर्ने निकायले कम्तीमा पन्ध्र (१५) दिनको म्याद दिई अनुसूची -१ बमोजिमको सूचना प्रकाशन गरी प्रचलित कानून अनुसार दफा ३ बमोजिमको ce कार्य गर्न चाहने इच्छुक तथा योग्य aida अनुसूची--२ बमोजिमको ढाँचामा आवेदनसँगै अनुसूची -३ बमोजिमको प्रस्ताव पेश गर्न सक्नेछ। (२) उक्त म्याद भित्र पर्याप्त आवेदन पेश हुन नआएमा सात (७) दिनको म्याद थप गरी पुनः सूचना प्रकाशन गरिनेछ र उक्त म्यादभित्र समेत गरी जे जति संख्यामा आवेदन संकलन भए पनि कार्यक्रम सञ्चालन गर्न बाधा पुग्ने छैन। (३) यस कार्यक्रममा सहभागी हुन देहाय बमोजिमका लाभग्राहीहरुले आवेदन दिन सक्नेछन्। (क) प्रचलित कानून बमोजिम बीउ बीजन उत्पादन/प्रशोधन/बिक्री बितरण र व्यवस्थापन इजाजतपत्र प्राप्त लाभग्राही, र (ख) लगानीको सुनिश्चितताका लागि लाभग्राहीहरुको पर्याप्त लगानी गर्न सक्ने क्षमता भएको र यसको लागि बैंकको कर्जा लगानीको सुनिश्चितता पत्र वा आफै सक्षम भएको अवस्थामा लगानी प्रतिबद्धता सहितको बैंक खाताको स्टेटमेन्ट । (४) यस कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माण तथा यन्त्र उपकरण खरिद सम्बन्धी कार्यको हकमा सम्बन्धित प्राविधिकबाट विनियोजित बजेटको परिधिभित्र रही नियमानुसार प्राविधिक स्पेसिफिकेशन/डिजाइन तथा लागत अनुमान तयार गराई केन्द्रको प्रमुखले स्वीकृत गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ। लागत अनुमानमा अनुदानग्राही सहभागिता बापत व्यहोर्नु पर्ने निर्धारित रकम र कन्टिन्जेन्सी बापत हुने रकम समेत समावेश गरी लागत अनुमान तयार गर्नु पर्नेछ। प्रस्ताव मूल्याङ्कन समितिः (१) पेश भएका प्रस्तावहरुको मुल्याङ्कनका लागि देहाय बमोजिमको प्रस्ताव मुल्याङ्कन समिति रहनेछः (क) केन्द्रको प्रमुख वा प्रमुखले तोकेको अधिकृत -संयोजक (ख) प्रमुख/अधिकृत प्रतिनिधि, बीउ बीजन प्रयोगशाला नसदस्य (ग) कार्यक्रम हेर्ने प्राविधिक कर्मचारी -सदस्य-सचिव (२) मूल्याङ्कन समितिले आवश्यकता अनुसार सम्बन्धित विषयको बढीमा दुई जना विषय विज्ञ आमन्त्रण गर्न सक्नेछ | (३) प्रस्ताव मूल्याङ्कन गर्दा अनुसूची - ३ बमोजिम प्रस्तावित क्रियाकलाप अपेक्षित उद्देश्यसँग सम्बन्धी भए/नभएको हेरी क्रियाकलाप अनुसारको बजेट समेतको मुल्याङ्कन गरी प्रस्तावको कूल लागत अनुमान सहित अनुसूची - ४ बमोजिम मूल्याङ्कन गर्नु पर्नेछ। (४) मूल्याङ्कन समितिले प्रस्तावहरुको दफा ५ को उपदफा ३ बमोजिमको मूल्याङ्कन पश्चात् प्राप्ताङ्कको आधारमा नामावली स्वीकृतिको लागि केन्द्र प्रमुख समक्ष सिफारिस गर्नु पर्नेछ। (५) केन्द्रले छनौट सूची प्रकाशित गर्नेछ र सोको लिखित जानकारी निर्देशनालय र मन्त्रालयमा समेत दिनु पर्नेछ । (६) कार्यक्रम सञ्चालनको लागि छनौट भएका आवेदकबाट कार्यक्रम सञ्चालन गर्ने निकायले अनुसूची -५ बमोजिमको प्रतिबद्धता पत्र लिई अनुसूची -६ बमोजिम सम्झौता गरी कार्यादेश दिनेछ। सञ्चालन हुने क्रियाकलाप वा विषयगत क्षेत्रहरुः बीउ बिजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत देहाय बमोजिमका कार्यक्रमहरु सञ्चालन हुने छन् De : “र ue २ @ ; ms क अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ। (२) मूल/स्रोत/प्रमाणित/उन्नत बीउ उत्पादन कार्यक्रमः बीउ उत्पादनका लागि छनौट भएका लाझग्राहीहरु मार्फत आवश्यक बीउ उत्पादन गराउन सकिनेछ र सोको लागि आवश्यक पूर्वाधार तथा अन्य व्यवस्थापनमा सहयोग गर्न सकिनेछ। 8) पोष्टहार्भेष्ट सेन्टर स्थापना कार्यक्रम: कार्यक्रम कार्यान्वयन हुने क्षेत्रमा उत्पादन भएका बीउलाई भण्डारण तथा गुणस्तर कायम गर्न गोदाम भवन, बीउ सुकाउने ॥0०/ स्थापना गर्न आर्थिक/वस्तुगत प्रोत्साहन गर्न सकिनेछ। COB, दलहन र तेलहनको गुणस्तरीय बीउ उत्पादनका लागि ड्राईङ्ग, प्रशोधन, गुणस्तरीकरण, बीउ परीक्षण, Ray, प्याकेजिङ, लेबलिङ र ढुवानी, भण्डारण, वितरण तथा बजारीकरण सम्बन्धी कार्यहरुः- कार्यक्रम कार्यान्वयन हुने क्षेत्रमा बीउ प्रशोधन, भण्डारण, बजारीकरण लगायतका क्रियाकलापहरुका लागि आवश्यक पर्ने विभिन्न मेसिनरी औजार उपकरणहरुमा अनुदानग्राहीलाई प्रोत्साहन/अनुदान उपलब्ध गरिनेछ। ७. अनुदानको अधिकतम सीमाः यस कार्यक्रम अन्तर्गतको प्रस्ताव स्वीकृत गर्दा क्रियाकलाप सम्बन्धी खर्च गर्न सक्ने अधिकतम अनुदान तथा निजी लगानी सम्बन्धी सीमा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संशोधन २०७७)” मा व्यवस्था भए बमोजिम हुनेछ| ०. भुक्तानी व्यवस्था: (१) लाभग्राहीसँग भएको सम्झौता बमोजिम कार्य सम्पन्न भएको बिल भर्पाइ लगायत अन्य आवश्यक कागजात सहित सम्पादित कार्यको भुक्तानी माग गर्नु पर्नेछ। तर भौतिक पूर्वाधार निर्माण र यन्त्र उपकरण खरिद तथा जडान सम्बन्धी कार्यको हकमा लाभग्राहीले सम्बन्धित प्राविधिकबाट कार्य सम्पन्न मूल्याङ्कन गराई कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानीको लागि माग गर्नु पर्नेछ। (२) रितपूर्वकको कागजात सहित भुक्तानी माग भएको प्रस्तावको सम्पन्न कार्यको प्राविधिक प्रतिवेदन प्राप्त गरी प्रतिवेदनमा सिफारिस भएको रकम तथा संलग्न बिल भरपाई मिलान गरी नियमानुसार सम्बन्धित लाभग्राहीको खातामा भुक्तानी हुनेछ| ९. अनुगमन तथा प्रतिवेदन: सञ्चालित कार्यक्रमहरु उद्देश्य अनुरुप कार्य सम्पादन तथा उपलब्धि सम्बन्धमा मन्त्रालय, निर्देशनालय बाट अनुगमन गर्न सकिनेछ। १०. संशोधनः मन्त्रालयले यस सञ्चालन विधिमा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ । ११. खारेजी तथा बचाउ: (१) बीउ बिजन आत्मनिर्भर कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि,२०८२ खारेज गरिएको छ। (२) बीउ बिजन आत्मनिर्भर कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि,२०८२ बमोजिम भए गरेका काम कारबाही यसै बमोजिम भए गरेको मानिनेछ। wr & ९ & fe ३ hs क दफा ४ को उपदफा (१) सँग सम्बन्धित बीउ बिजन आत्मनिर्भर कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना बिजन आत्मनिर्भर कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन सूचना प्रथम पटक प्रकाशित मिति : २०६ ...... /..../ यस कृषि ज्ञान केन्द्र ............ को चालु आ. व. ............ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार "बीउ बिजन आत्मनिर्भर कार्यक्रम " सञ्चालन गर्न ईच्छुक लाभग्राहीहरुले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन भित्र तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: संस्था/कम्पनी दर्ता र गत आ.व. सम्म नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहको सिफारिस, लाभान्वित वर्गको बीउ बिजनको क्षेत्रमा अनुभव, लाभान्वित वर्गको लगानीको सुनिश्चितता, प्रस्तावित कार्यक्रमले समेट्ने क्षेत्रफल/संख्या, पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि | एक वर्षभन्दा पुरानो लाभग्राहीको हकमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, ७. कार्यक्रममा सहभागी हुने कृषकहरुको जग्गाधनीपूर्जाको प्रतिलिपि, ५. आवेदक संस्थाले गर्नु पर्ने बैंकको कर्जा लगानीको सुनिश्चितता पत्र वा आफै सक्षम भएको अवस्थामा बैंक खाताको स्टेटमेन्टको प्रतिलिपि, ९, अनुसूचि-२ बमोजिमको निवेदन तथा अनुसूचि-३ बमोजिमको प्रस्ताव १०. कार्यक्रमसँग सम्बन्धित आवश्यक अन्य कागजातहरु | ~*~ हो ५५ श्र me Xx ww २२?