दैनिक कार्यसूची २०८३-०६-१६
Summary
सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित माननीय मन्त्रीहरूबाट टेबुल गरिने। वार्षिक प्रतिवेदन पेस सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5807ad4a-c488-492f-ad6d-6527f69ed254.pdfPDF · 2 pages · 500 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हा सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ६८ दैनिक कार्यसूची २०८३ असोज १६ गते शुक्रबार बिहान ११:०० बजे प्रश्नोत्तर टेबुल सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित माननीय मन्त्रीहरूबाट टेबुल गरिने। वार्षिक प्रतिवेदन पेस सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३" पेस गर्नुहुने। व्यवस्थापन कार्य सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले "फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा TI’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले "महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले:- (क) “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | (ग) “्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | (घ) "रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलेः- (क) "राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । १०. ११. (ख) "संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । अनुपस्थितिको सूचना सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २१३ को उपनियम (१) बमोजिम १० बा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेस गर्नुहुने । राष्ट्रपतिको पत्र सम्माननीय सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनु हुने । शोक प्रस्ताव सम्माननीय सभामुखले पूर्वसदस्य प्रकाशबहादुर गुरुङको निधनमा निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्नुहुने:- “नेपाली काँग्रेसको तर्फबाट वि.सं. २०५६ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री एवम् प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएका प्रकाश बहादुर गुरुङको ७२ वर्षको उमेरमा मिति २०८३ साल असोज १३ गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जजीसहित शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।” पद्म प्रसाद पाण्डेय महासचिव