Notice Park
National Assembly, Nepal
Others

अधिवेशन-२१, सङ्‌क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४६, २०८३-०५-३१

Summary

(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्‌, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको छयालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२४ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले आकस्मिक समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Assembly, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ राष्ट्रिय सभा बैठक प्रारम्भ : १:२४ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :३:३६ बजे & बैठक-४६ सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वत्‌:- ११४६ २०५३ भदौ ३१ गते बुधबार सङ्घीय संसद्‌, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको छयालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२४ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले आकस्मिक समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य धर्मेन्द्र पासवानले सडकपेटीमा गर्भवती भएको घटना उल्लेख गर्दै स्वास्थ्य चौकीहरु दलित समूदायबाट टाढा रहेकाले आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच स्थापित हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य रेनु चन्दले गरिमा चौधरीको बलात्कार र हत्याको घटना पश्चात परिवारसँग गरेको सम्झौताले कानूनी प्रक्रियामा प्रश्न उठेको, अमानवीय हिसावले सडकपेटीमा महिला गर्भवती हुनु परेको तथा बढ्दो महिला हिंसाका घटना सम्बन्धमा माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रोश्ची मेचेले अस्पतालको ढोका बाहिर सडक पेटीमा शिशूलाई जन्म दिनु परेको, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता हुन नसकेको, गरिमा चौधरीको बलात्कार पछि हत्या प्रकरण तथा भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाहरुको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | Z| Z| त्यसपछि, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य उर्मिला अर्यालले आसन्न १९औं ब्रिक्स शिखर सम्मेलनको प्रसङ्ग उल्लेख गर्दै ब्रिक्स तथा न्यू डेभलप्मेन्ट बैंकमा सदस्यताको आवश्यकता एवम्‌ वेपत्ता नागरिकको मृत्युदर्ता सम्बन्धी व्यवस्थाको सरलीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य गोमा देवी तिमल्सिनाले व्रिक्स सम्मेलनमा नेपाललाई निमन्त्रणा प्राप्त नभएको उल्लेख गर्दै सरकारले कुटनीतिक मर्यादा कायम गर्न नसकेको जिकिर गर्नुभयो। माननीय सदस्य जयन्ती देवी राईले सुरक्षित मातृत्व आमाको अधिकारको रुपमा व्याख्या गर्दै अस्पताल अगाडी बच्चालाई जन्म दिनुपरेको घटना तथा हालैको बाढीबाट अत्यन्त प्रभावित आमाछोदिङमो गाउँपालिका अवस्था सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य नर बहादुर विष्टले भोटेकोशी बाढीबाट भएको जनधनको यथार्थ विवरण प्रकाशन तथा सुर्खेतको बराहताल गाउँपालिका तथा चौकुने गाउँपालिकामा हालसम्म विद्युतीकरण हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो | Aree सदस्य नारायण दत्त मिश्रले सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेतापनि किसानले उचित मूल्य प्राप्त गर्न नसकेको उल्लेख गर्दै स्थानीय तह अन्तर्गत खाद्यन्न खरिद बिक्री इकाइ गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य मोहम्मद खालिदले उपभोग्य वस्तुको प्रभावकारी नियमन हुन नसक्दा अस्वभाविक रुपमा मूल्य वृद्धि नियन्त्रण बाहिर गइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य युवराज शर्माले खाद्य वस्तु तथा खाना पकाउने ग्याँसको मूल्य वृद्धि, सुकुम्बासी व्यवस्थापन लगायत विषय चर्चा गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न विदेश भ्रमण सम्बन्धमा आशङ्का सहित शुभकामना व्यक्त गर्नुभयो। माननीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले विगतदेखि महिलाले भोग्दै आएका उत्पीडनबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकार तथा मन्त्रीहरुले भूमिगत रुपमा कार्य गरिरहेको आरोप लगाउनुभयो । त्यसपछि, सम्माननीय अध्यक्षले बिशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य नारायण दत्त भट्टले भोटेकोशी बाढीप्रति दुःख व्यक्त गर्दै खोजी, उद्धार, राहतमा ढिलाइ भएको, स्थानीय तहसँग उचित समन्वय हुन नसकेको, विपद्‌ व्यवस्थापनमा समेत राजनीतिक पूर्वाग्रह देखिएको भन्दै सरकारको आलोचना गर्नुभयो। जेन-जी आन्दोलनका क्रममा भएका राष्ट्रिय धरोहरको आगजनी, आन्दोलन एवम्‌ सरकार गठ्नको पृष्ठभूमी, प्रधानमन्त्री एवम्‌ मन्त्रीहरुको कमजोर जवाफदेहितामाथि प्रश्न उठाउनुभयो। नागरिकप्रति संवेदनशील हुन, राष्ट्रिय एकता कामय गर्दै विपद्को सामना गर्न एवम्‌ जनभावना बुझेर अगाडी बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य विष्णु बहादुर विश्वकर्माले सरकारले नै खाना पकाउने ग्याँसको कृत्रिम अभाव सृजना गरेको, सुशासनको अवस्था थप कमजोर बन्दै गएको, महिला हिंसाका घटनामा बढोत्तरी भएको लगायत विषय उल्लेख गर्नुभयो। मुस्ताङ जिल्लाको युरेनियम उत्खनन्‌, mcc परियोजनालाई भू-राजनीतिक चलखेलको रुपमा व्याख्या गर्दै सदनमा सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। संयुक्त राष्ट्र संघको महासभामा विगतका प्रधानमन्त्री एवम्‌ प्रतिनिधिमण्डलका नेताले गरेका सम्बोधनको स्मरण गर्दै ८१ औँ महासभामा प्रधानमन्त्रीलाई जलवायू न्यायको आवाज उठाउन ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य सम्झना देवकोटाले सरकारको प्रभावकारिताको मूल्याङ्कन नागरिकको अनुभूतिबाट हुने उल्लेख गर्दै सोका लागि संस्थागत सवलिकरण, चुस्त सेवा प्रवाह एवम्‌ जवाफदेही कार्यशैली आवश्यक रहने बताउनुभयो। बबिता पासवानले सडकपेटीमा बच्चालाई जन्म दिनुपरेको घटना उदृत गर्दै सरकार आधारभूत सेवा सुविधा प्रदान गर्न असमर्थ भएको बताउनुभयो। राष्ट्रिय सङ्कटको समयमा हार्दिकता, सहकार्य र एकता कामय राख्ने विगतको राजनीतिक संस्कार स्मरण गराउँदै सरकारको कार्यशैलीको आलोचना गर्दै २०८२ भदौ २३ र २४ लाई कोतपर्व भन्दा भयानक र खतरनाक घटनाको रुपमा चित्रण गर्नुभयो। भोटेकोशी वाढीको क्रममा भएको भौतिक क्षतिको विवरण उल्लेख गर्दै विगत ३००३५ at शासन अवधिमा निर्माण भएका संरचनामा प्रभाव परेको जिकिर गर्नुभयो। उक्त शासनकालमा सुरुवात तथा शिलान्यास भएका पूर्वाधारको पूर्ण कार्यान्वयनको माग गर्नुभयो। व्रिक्स सम्मेलनमा नेपालको सहभागिता हुन नसकेको, सामाजिक अपराधका घटनामा भएको बढोत्तरी, नवप्रवर्तन, संसद्प्रतिको जवाफदेहिता, जलवायू न्याय, मध्यपूर्वका युद्धको प्रभाव, राष्ट्रिय जीवनका सम्पूर्ण क्षेत्रमा प्रभावकारी कार्यसम्पादन लगायतका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो | २ माननीय सदस्य बासुदेव घिमिरेले भोटेकोशी बाढीप्रति ge: व्यक्त गर्दै प्रतिकार्य एवम्‌ विदेशी सहयोग प्राप्तिमा ढिलाइ भएको उल्लेख गर्नुभयो। तत्कालिन कारणको रुपमा सामाजिक सञ्जालमा भएको प्रतिबन्ध तथा सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेन-जी आन्दोलन भएको चर्चा गर्दै आन्दोलनको मर्म अनुरुप सरकारले कार्य गर्न नसकेको बताउनुभयो। विगत ३५ वर्षमा शिक्षा, स्वास्थ्य, उर्जा, सडक सञ्जाल, विमानस्थल लगायतमा भएका विकासको तथ्याङ्क चर्चा गर्दै आफ्नो असक्षमता लुकाउन सरकारले राष्ट्रिय सभालाई आरोप लगाउने गरेको जिकिर गर्नुभयो। न्यायपालिकाको स्वतन्त्रता कायम राख्न सरकार संवेदनशील नदेखिएको उल्लेख गर्दै आगामी ५ वर्षको स्पष्ट रणनीति र योजनासहित सरकार अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो | माननीय सदस्य गोमा देवी तिमिल्सिनाले भोटेकोशी बाढीको क्रममा भएको क्षति तथा नोक्सानीको चर्चा गर्दै प्रभावकारी राहत वितरण गर्न माग गर्नुभयो। ३५ वर्षमा निर्माण भएका संरचनामा नै क्षती पुगेको जिकिर गर्दै केही नभएको भनि गलत भाष्य निर्माण गर्न नहुने बताउनुभयो। बालबालिका, वृद्ध-वृद्धा, अपाङ्गता भएका व्यक्ति लगायत बाढी प्रभावितलाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य धर्मेन्द्र पासवानले मधेश प्रदेशको शिक्षा क्षेत्रका विषयहरु तथ्यगत रुपमा प्रस्तुत गर्दै विद्यालय जाने उमेर समूहको ठूलो जनसंख्या मधेश प्रदेशमा रहेतापनि विद्यालय टिकाउ दर कमजोर रहेको उल्लेख गर्नुभयो। त्यसमध्ये पनि दलित समुदायका बालबालिकाको अवस्था थप चिन्ताजनक रहेको बताउनुभयो। गरिबी र आर्थिक अवस्था, बालश्रम, सामाजिक विभेद, विद्यालयको पहुँच, शिक्षामा गुणस्तर, माध्यमिक तहमा बढ्ने शैक्षिक खर्च, छात्रवृत्ति प्राप्त नहुनु जस्ता कारण विद्यमान रहेको चर्चा गर्दै दलित समुदाय नागरिकताबाट बञ्चित हुँदा शिक्षा क्षेत्रमा समेत प्रभाव परेको उल्लेख गर्नुभयो। विद्यालय छोड्ने विद्यार्थीको स्पष्ट तथ्याङ्क प्रकाशन, दलित समुदायका बालबालिकालाई छात्रवृत्तिको व्यवस्था, जोखिमयुक्त बालबालिकको पहिचान, विद्यालय प्रवेशसँगै उत्तीर्ण हुने दर वृद्धि, छात्रवृत्तिको रकम समयमा नै हस्तान्तरण गर्ने लगायतका कार्यसँगै मुलुकको आधाभन्दा बढी जनसङ्ख्या रहेको मधेश प्रदेशमा शिक्षा क्षेत्रको विकासका लागि ठोस योजना ल्याउन सरकारको ध्यानकर्षण गराउनुभयो । माननीय सदस्य जगत बहादुर पार्कीले भोटेकोशी बाढीप्रति ga: व्यक्त गर्दै पूर्वतयारी, सूचना प्रवाह, समन्वय, उद्धार, राहत वितरण, तीन तहका सरकारबीचको समन्वय लगायतका विषयलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। खाना पकाउने ग्याँसको अभाव, आपूर्ती प्रणालीको अवरोध, कृत्रिम अभाव एवम्‌ मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। अमेरिकी अनलाइन प्रकाशन द ग्रे जोनमा प्रकाशित रिपोर्ट बारे सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गर्दै दुई छिमेकी मुलुकहरु भारत र चीनबीचको सम्बन्ध समानता, पारस्पारिक सम्मान, सार्वभौमिकता र पारस्पारिक हितको आधारमा अगाडी बढाउनुका साथै आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। भारतमा हालै भएको ब्रिक्स शिखर सम्मेलन आयोजना हुँदा नेपाललाई आमन्त्रण नगरिनुलाई सरकारको कुटनीतिक अपरिपक्कताको रुपमा चर्चा गर्दै जलवायू वित्त, प्रविधि हस्तान्तरण, विपद्‌ व्यवस्थापन, पूर्वसूचना प्रणाली लगायतमा सम्मेलनले प्रतिवद्धता व्यक्त गरेको लगायतका विषयमा धारणा व्यक्त गर्नुभयो। त्यसपछि, मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा प्रश्नकर्ता माननीय सदस्य रुकमिणी कोइराला र श्रीकृष्ण प्रसाद अधिकारीले आफ्नो प्रश्न सोध्नु हुँदा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले माननीय सदस्यले सोध्नु भएको प्रश्नको जवाफ दिनुभयो। ३ तत्पश्चात, विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेस गर्नुभयो। तदनन्तर, सम्माननीय अध्यक्षले राष्ट्रिय सभाको अर्को बैठक २०८३ साल असोज २ गते शुक्रबार ae १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको घोषणा गर्नुभयो। (पद्मप्रसाद पाण्डेय) महासचिव

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.