सामुदायिक सिकाई केन्द्र परिचालक छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३
Summary
परिचालकको छनोट तथा सिफारिस प्रक्रियालाई व्यवस्थित, पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन आवश्यक भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) तथा प्रचलित कानून बमोजिम मंगला गाउँपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ । १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- acf6521a-b3a9-4b87-a95f-26b01f50c845.pdfPDF · 14 pages · 807 KBOpen
Key details
- Organization
- Mangala Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सामुदायिक सिकाई केन्द्र परिचालक छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ (स्वीकृत मितिः २०८३/०६/०८) मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाबियाचौर, म्याग्दी सामुदायिक सिकाई केन्द्र परिचालक छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना: सामुदायकि सिकाई केन्द्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७८ को दफा २२ को उपदफा (३) बमोजिम स्थानीय तहले कार्यविधि बनाउन सक्ने व्यवस्था रहेको तथा सामुदायिक सिकाई केन्द्रको सञ्चालन, व्यवस्थापन, नियमन र गुणस्तर अभिवृद्धिका लागि परिचालकको छनोट तथा सिफारिस प्रक्रियालाई व्यवस्थित, पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन आवश्यक भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) तथा प्रचलित कानून बमोजिम मंगला गाउँपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ । परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “सामुदायिक सिकाई केन्द्र परिचालक छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३” रहेको छ । (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; (क) “केन्द्र” भन्नाले सामुदायिक सिकाई केन्द्रको सञ्चालन र व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७६ को दफा ३ बमोजिम स्थापित सामुदायिक सिकाई केन्द्र सम्झनुपर्छ । सो शब्दले यो मापदण्ड लागू हुनुअघि स्वीकृति पाई सञ्चालनमा रहेका सामुदायिक अध्ययन केन्द्रलाई समेत जनाउँछ | (ख) “परिचालक” भन्नाले साविकमा नियुक्ति लिई कार्यरत रहेका वा नियुक्ति हुने सामुदायिक सिकाई केन्द्रको महिला समुदाय परिचालक कर्मचारी सम्झनुपर्छ । (ग) “व्यवस्थापन समिति” भन्नाले सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन समिति सम्झनुपर्छ । (घ) “समुदाय” भन्नाले स्थानीय तहमा स्थायी बसोबास गरी निरन्तर शिक्षा, सिकाई तथा समाजको विकासमा क्रियाशील व्यक्तिहरूको समूह सम्झनुपर्छ । (ङ) “गाउँ कार्यपालिका” भन्नाले मंगला गाउँपालिका, गाउँ कार्यपालिकालाई सम्झनुपर्छ | (च) “गाउँपालिका” भन्नाले मंगला गाउँपालिका सम्झनुपर्छ | (छ) “शिक्षा शाखा” भन्नाले मंगला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा सम्झनुपर्छ ।