Notice Park
Central Investigation Bureau
Press Release

१ अर्ब ३४ करोड भन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ (2083-05-31)

Summary

यस केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा विभिन्न समयमा प्राप्त भइरहने गोप्य सुचनाको आधारमा मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्श्रेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म रु.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Central Investigation Bureau
Industry
Gov. Authority/Autonomo. Body
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार गृह मन्त्रालय नेपाल प्रहरी प्रधान aerate केन्द्रीय अनुसन्धान ब्यूरो (प्रशासन शाखा) फोनः- 1 अनछ” छु लाजिम्पाट, काठमाण्डौं । पत्र संख्याः-२०८३/०८ प्रेस विज्ञप्त-१९ OLA: ५१ अर्ब ३४ करोड भन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ” यस केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा विभिन्न समयमा प्राप्त भइरहने गोप्य सुचनाको आधारमा मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्श्रेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म रु. १,३४,७८,३९,१४४/- (एक अर्ब चौतिस करोड अठहत्तर लाख उनन्चालिस हजार एक सय चौवालिस) . बराबरको अवैध हुण्डी कारोबार गरेको पुष्टि हुन आएकोले उक्त कसूरमा संलग्न निम्न व्यक्तिलाई सम्मानित धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय, धनषाको संयक्त प्रहरी टोलीले मिति २०८३।०५।३० गते अन्दाजी १७:२० बजेको समयमा जि.धनुषा शहिदनगर न.पा वडा नं ४ वाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको | पक्राउ परेका व्यक्तिको विवरण: नाम/थर: अजय कुमार मुखिया (उमेर २४ वर्ष) ठेगाना: जिल्ला धनुषा, शहिद नगर नगरपालिका वडा नं. ०४ हालको अवस्था: पक्राउ परेका निज अजय कुमार मुखियामाथि 'हुण्डी सम्बन्धी कारोबार गर्न नहुने' कसूरमा थप अनुसन्धान कार्य जारी रहेको छ । साथै यस अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य तीब्रताका साथ भइरहेको छ | ॥ यस प्रकारका गोप्य सूचना प्रदान गर्ने सम्पूर्ण न्यायप्रेमी आदरणीय जनसमुदायलाई नेपाल प्रहरी केन्द्रीय अनसन्धान ब्यूरोको तर्फबाट आभार व्यक्त गर्नुका साथै शान्त र सुरक्षित समाजको लागि कुनै पनि आपराधिक घटनाको बारेमा ब्यूरोलाई सूचना उपलब्ध गराउन अनुरोध गर्दै सूचना र सूचनादाताको उच्च गोपनीयता कायम राखिने व्यहोरा समेत जानकारी गराउँदछ | मिति २०८३।०५।३१ गते | ॥ 2... ज.ब.रा.) नेपाल संवत: ११४६ ~ प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता/सुचना अधिकारी सम्पर्क नम्बरः ९ट८५१२९१३११

Like

0

Views

9

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.